सीमावर्ती भारतका क्वारेन्टाईमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउः नेकपा

सीमावर्ती भारतका क्वारेन्टाईमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउः नेकपा

  • बिहिबार, बैशाख २५, २०७७
  • डम्मर राज भट्ट

  • 7.5K
    SHARES

कन्चनपुर बैशाख , २५ । विप्लव नेतृत्वको नेकपा कन्चनपुरले सीमा क्षेत्र भारतीय क्वारेन्टाईनमा रहेका नेपालीलाई नेपाल भित्र्राउन माग अघि सारेको छ ।

नेकपा विप्लव कञ्चनपुरले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै सीमावर्ती भारतीय बनबासा लगायतका क्वारेन्टाईनमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन माग अघि सारेको हो । यस्तै नेकपा विप्लवले स्थानीय तहले केही समयसम्म राहत वितरण गरे पनि विभिन्न दाताहरुले दिएको राहत समेत वितरण नगरेको आरोप लगाएको छ ।

‘अहिले राहत वितरण बन्द गरेका छ्न, बन्दाबन्दी खुल्ने कुरा अनिश्चित हुँदा यथाशक्य मजदुर, सकुम्बासी, डेरामा बस्ने विद्यार्थी र वास्तविक पीडितलाई राहत वितरण गर्ने आग्रह गर्दै पार्टीले हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने चेतावनी दिईएको छ ।

जिल्लामा रहेका वित्तिय संस्थाहरुले संकटको बेलामा पनि गाउँगाउँमा गएर ऋण उठाउने र जनतालाई दुस्ख दिने गरेको भन्दै विप्लवले तत्काल रोक्न संबंधित निकायलाई आग्रह गर्दै नरोकिए जनकार्बाहीको चेतावनी दिएको छ । यस्तै नेकपा  कञ्चनपुरले महाकाली अस्पतालमा स्वास्थ्य सामग्री खरिद प्रकरण र भवन निर्माणमा भएको अनियमितता बारे अहिलेसम्म सम्म पनि सत्यतथ्य छानविन गरि दोषीहरु माथी कार्वाही नभएको हुँदा तत्काल भ्रष्टाचारी,कमिशनखोरमाथी कार्वाही गर्न माग अघि सारेको छ ।

नेकपा कञ्चनपुरका सचिव रवि र इन्चार्ज सहदेवद्वारा हस्ताक्षररित गरिएको विज्ञप्तीमा संबंधित निकायले तत्काल पहलकदमी अगाडी बढाउन आग्रह गर्दै अन्यथा जनताका सवाल जोडिएको विषयमापार्टी जस्तोसुकै चुनौती मोल्न तयार रहेको अवगत गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ