नेकपा युवा नेता एव सभामुखका स्वकीय सचिव ऐरद्वारा अनाथालयमा खाद्यान्न

नेकपा युवा नेता एव सभामुखका स्वकीय सचिव ऐरद्वारा अनाथालयमा खाद्यान्न

  • बिहिबार, बैशाख २५, २०७७
  • डम्मर राज भट्ट

  • 9.6K
    SHARES

कन्चनपुर बैशाख २५ । कोरोना भाईरस (कोडिभ १९) भाईरसले विश्व मानव जगत आतङकित पारेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले समेत नेपाललाई लकडाउन गरेको छ । लकडाउनका कारण विपन्न एव अशक्त असायहरु समस्यामा परेका छन् ।
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (कञ्चनपुर)का युवा नेता तथा सभामुख अग्नी प्रशाद सापकोटाका स्वकीय सचिव नवराज ऐरले महाकाली अञ्चल बाल अनाथालयमा खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाईरस संक्रमणका बेला खाद्यान्न संकटको मध्य नजर गर्दै नेता ऐरले महेन्द्रनगर स्थित महाकाली अञ्चल बाल अनाथालयमा बुधबार खाद्यान्न हस्तान्तरण गरेका हुन् । कञ्चनपुरका पुर्व विद्यार्थी नेता समेत रहेका ऐरले अनाथालयका अध्यक्ष पूर्ण बहादुर चन्दलाई उक्त खाद्यान्न समाग्री हस्तान्तरण गरेका थिए । १५ बोरा चामल, १५ किलो दाल, १ पेटी तेल, १ पेटी चाउचाउ र १५ पोका नुन हस्तान्तरण गरेका हुन् । नेता ऐरले संकटका बेला अनाथालयमा सक्दो सहयोग गरेका बताएका छन् । महाकाली अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्ण बहादुर चन्दले कोरोना भाईरसबाट अनाथालयमा संकट भएका बेला पुर्व कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका नेकपा युवा नेता एव सभामुखका स्वकीय सचिव ऐरले गरेको सहयोगको प्रसंसा गरेका छन् । मनकारी ऐरप्रति आभार प्रकट गर्दै अध्यक्ष चन्दले सहयोगी हातहरुप्रति अभार प्रकट गरे । आगामी दिनमा समेत अनाथालयमा सहयोग गर्ने ऐरले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ