साईकलमा सरर शसस्त्रः गणपति सशस्त्रका कमाण्डर शाहु आफै गस्तीमा !

साईकलमा सरर शसस्त्रः गणपति सशस्त्रका कमाण्डर शाहु आफै गस्तीमा !

  • बिहिबार, बैशाख २५, २०७७
  • डम्मर राज भट्ट

  • 10.6K
    SHARES

कन्चनपुर बैशाख , २४ ।  लकडाउन प्रभावकारी बनाउन कञ्चनपुरमा सशस्त्र प्रहरी बलले साईकल गस्ती शुरु गरेको छ । कोरोना भाईरस ९कोडिभ १९०रोकथामका लागि सरकारले आगामी ५जेठसम्म लकडाउन गर्ने निर्णयसंगै सशस्त्र प्रहरीले जिल्लामा साईकल गस्ती शुरु गरेको हो । पछिल्ला दिनहरुमा नागरिकबाटै समाजिक दुरीको वेवास्ता गर्दै लकडाउन उलङघन हुन थालेपछि सशस्त्र प्रहरीले यस अघि गर्दै आएको पैदल र सवारी साधनको गस्तीपछि साईकल गस्ती गर्न लागिेको छ ।
सशस्त्र प्रहरी प्रहरी बल ३५नम्बर गण शैलेश्वरीले कञ्चनपुरभरी साईकल गस्ती गर्न मातहतका निकायलाई निर्देशन समेत जारी गरेको छ । बुधबार शैलेश्वरी गणका गणपति बीरसिह शाहु आफै शुक्लाफाँटा नगरपालिका ५ बनसमिति शैलेश्वरी गणदेखि कञ्चनपुरको पुर्वी सीमानासम्म आफै साईकल चढेर गस्तीमा हिडे । पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बनसमितिदेखि जिल्ला प्रवेसद्वार कृष्णपुर नगरपालिका ५ गुलरिया गजरौलासम्म साईकल गस्ती गरिएको थियो । समान्यतया सशस्त्र प्रहरीमा उपल्ला दर्जाका वा कमाण्डरहरुले साईकल शोकका लागि चढ्ने भएपनि ३५ नम्बर गणका गणपति शाहु शसस्त्र प्रहरी जवानसंगै साईकल चलाएर गएका थिए ।
सशस्त्र प्रहरी उपरीक्षक शाहुले लकडाउन प्रभावकारी बनाउनका लागि साईकल गस्ती समेत गरिएको बताए । उनका राजमार्ग, सीमा क्षेत्र, वन क्षेत्र, ग्रामीण भेगबस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले साईकल गस्ती गरेर अपराध न्यूनिरणका लागि भूमिका निर्वाह गरेको बताए । सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ ।
बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीलाई गस्ती प्रभावकारी बनाउन ८ थान साईकल र सुरक्षा उपकरण दिएको बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले बताए । भारतसंग सीमा जोडिएको १ सय २९।५ किलोमिटर दुरीमा सशस्त्र प्रहरीले नियमित पहरा बनाएको छ । सीमा क्षेत्रमा आवतजावत रोक्नका लागि यस अघि १० अस्थायी पोष्ट सहित गस्ती बढाएको हो । सश्स्त्र प्रहरीले कञ्चनपुरमा कोरोनाको चैन तोड्नेदेखि अवैध हतियार बोक्ने जनप्रतिनिधी, मदिरा सेवन गरेर लकडाउन तोड्ने, लागु औषधका तस्करलाई तह लगाउँदै आएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा सशस्त्र प्रहरीको काममा चौतर्फि प्रसंसा गरिएको छ । स्थानीयले सशस्त्र प्रहरीसंग लकडाउन थप कडाई र भारतबाट आउने कुनैपनि बस्तु आयातामा रोक्न भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी