ईन्डोनेशियाकी कलाकार सीता त्यासुतामीले ज्वरो आएर, सुख्खा खोकी लागेर आफ्नी आमा मारियासगैँ अस्पताल भर्ती भएका बेला देशका राष्ट्रपतिले टिभीमा भाषण गरेको सुने पछि आफू पनि कोरोना संक्रमित भएको थाहा पाएको बताएकी छिन् ।
त्यासुतामी ईन्डोनेशियाकी व्यवशायीक नृत्यकार हुन् । उनीहरुलाई कोरोना भएको थाहा नभई नै अस्पतालमा ज्वरो आदि कारणले भर्ती भएका थिए ।
आमा छोरीलाई नै एउटै लक्षण थियो तर फरक फरक वार्डमा राखिएको थियो उनीहरुलाई । जब राष्ट्रपतिले देशको नाममा संवोधन गरे र अस्पतालमा रहेको टिभी सेटमा त्यो प्रशारण भयो उनीहरुले पनि हेरे ।
त्यसमा राष्ट्रपति जोको विडोडोले भने कि ईन्डोनेशियाली नागरिकलाई पनि कोरोना संक्रमण भएको छ । यो कोरोनाको पहिलो २ वटा संक्रमित भेटिएको छ । दुवै जना महिला हुन् । एक जना ६४ बर्षका र अर्का चाँही ३१ वर्षका । र अस्पतालमा उनीहरु दुबैको उपचार जारी थियो । ।
राष्ट्रपति निवासभन्दा बाहिर उनले पत्रकारहरुको भीडबाट सवोधन गर्दै यो घोषणा गरेका थिए ।
त्यति बेला सम्म पनि आफू आमा छोरी नै त्यो पहिलो संक्रमित हो भन्ने त्यासुतामीलाई अनुभव भएको थिएन । उनीहरुले पटक पटक स्क्रीनमा हेरे कि राष्ट्रपतिले के भने भनेर ।
राष्ट्रपतिले नामै नलिए पनि उमेर र लक्षण मिलाए पछि उनीहरुलाई पीर पर्न थाल्यो । उमेर, लक्षण र कन्ट्रयाक हिस्ट्री सबै मिले पछि उनीहरुको मन अलि आत्तिन थाल्यो । त्यस पछि उनले अस्पतालको नर्सलाई प्रश्न गरिन् ।

उनले आक्रोसित हुदै के यस अस्पतालमा कुनै कोरोना संक्रमित विरामीको उपचार हुदैछ ? भनेर सोधे पछि नर्सले जे जवाफ दिईन् त्यसले त्यासुतामीलाई पेटमा मुक्का हाने जस्तो भयो ।
अब हामी आमा छोरी नै पहिलो संक्रमित हौँ भन्ने कुरा उनीहरुलाई लाग्न थाल्यो ।
म ब्याकुल थिए, आक्रोसित थिए र निराश पनि । मैले सम्झनै सकेको थिईन कि के गर्ने भनेर । किन भने मिडियामा हरेक ठाँउमा यो खबर फैलिएको थियो ।
असल नृत्यकार, राम्रो कलाकार एउटा असल बहीनी, साथी भनेर चिनिएकी त्यासुतोमीले आफ्नो पहिचान घटेर केबल कोरोना भाईरस केसमा बदलिएकोमा निकै अपमानजनक महसुस गरिन् उनले ।
मेडिकल रिपोर्ट लिक गरिदिएका कारण मिडियाले अफबाह फैलाए पछि उनीहरु झन हैरानीमा परेका थिए ।
समग्रमा केही घण्टामै उनी आमाछोरी कोरोना संक्रमणको अनुहारमा बदलिएका थिए । १७ फेब्रुअरीमा सामान्य भन्दा बढी ज्वरो आउन थाले पछि मात्रै उनीहरु अस्पताल भर्ती भएका थिए ।
शूरुमा उनीहरुलाई टाईफस र निमोनियाको लक्षण भनेर उपचार गरेको थियो स्थानीय अस्पतालले । उनले डाक्टरलाई त्यसै बेला सोधेकी थिईन् कि के हामीले कोरोना परीक्षण गर्न जरुरी छ भन्दा डाक्टरले पर्दैन भनिदिए ।
तर ठीक नभए पछि २७ फेब्रुअरीदेखि उनीहरुलाई अस्पतालमा राखेर उपचार भयो । उनले डान्स ईभेन्टमा एक जापानी महिला साथीसगँ भेट भएको र पछि ती महिला संक्रमित भएको पाईएको बताईन् ।
त्यासुतामीलाई जब चिकित्सकले कन्ट्रयाक्ट हिस्ट्ी बताईन तब उनलाई खतराको गहिराई महसुस भयो ।
कानुन व्यवशायीहरुले त्यासुतामीको रिपोर्ट मिडियामा लिक गर्नु र उनीहरुलाई मेडिकल रिपोर्ट जानकारी नदिई जनतामा सार्बजनिक गर्नु गलत थियो भनेका छन् । बिबिसीले उल्लेख गरेको छ ।
उनीहरुको मेडिकल रिपोर्ट ह्वाटस् एपमा भाईरल बनेको थियो ।

कोरोना पुष्टी हुनु अघि त्यासुतामीको ईन्सटाग्राममा २ हजार भन्दा कम फलोअर थियो । तर कोरोनाको सन्देश फैलिए पछि उनको फलोअर १० हजार पुग्यो र उनका तस्वीरहरुमा भद्धा टिप्पणी र सन्देश आउन थाल्यो उनले दुखेसो पोखिन् ।
उनल सञ्चारमाध्यमहरुलाई समेत गलत तरीकाले रिपोर्ट गर्नु के सही थियो भनेर प्रश्न गरेकी छन् ।
अन्ततः १४ दिनको आईसोलेसन र उपचार पछि उनी आमा छोरी निको भएर घर फर्किसकेका छन् ।