अपडेटः पर्साका कोरोना संक्रमित १७ जना एउटै परिवारका,सबैलाई अस्पताल ल्याईदै

अपडेटः पर्साका कोरोना संक्रमित १७ जना एउटै परिवारका,सबैलाई अस्पताल ल्याईदै

  • बुधबार, बैशाख २४, २०७७
  • दिपक चौरसिया 

  • 9.8K
    SHARES

पर्सा २४ वैशाख । वीरगंज महानगरपालिका वडा नं ३ छपकैयाबाट एकै परिवारका १७ जनामा कोरोना संक्रमण देखिएको छ । जस्मा दुई महिना, ६ महिनाको बालबालिका देखि लिएर ६६ वर्ष सम्मका १७ जना रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
नेपालमा पहिलो पटक दुई महिनाको शिशुमा समेत कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये सात महिला र १० पुरुष छन् । यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।
संक्रमित सबैजनालाई वीरगंज स्थित नारायणी अस्पतालमा ल्याउने तयारी भईरहेको अस्पताल स्रोतले जनाएको छ । हाल नारायणी अस्पतालमा हाल १०० बेडको आईसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ । नारायणी अस्पतालमा हाल ११ जनाको आईसोलेसन वार्डमा उपचार भईरहेको र आजै अस्पतालमा १७ जनालाई ल्याउने तयारी भएको अस्पतालका एक चिकित्सकले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ