विष्पोटक पदार्थ पड्किदा दोधाराचाँदनीका अबोध बालक घाईते

विष्पोटक पदार्थ पड्किदा दोधाराचाँदनीका अबोध बालक घाईते

  • बुधबार, बैशाख २४, २०७७
  • डम्मर राज भट्ट

  • 6.9K
    SHARES

कञ्चनपुर, २४ बैशाख  । कञ्चनपुरमा समाजिक विरोधी तत्वका कारण एक अबोध बालक झण्डै ज्यान गुमानबाट बाँचेका छन् । विष्पोटक पदार्थ पटकिदा कञ्चनपुरका एक अबोध बालक घाईते भएका छन् । बुधबार बिहान महाकाली नगरपालिका ३ दोधाराका ९ बर्षिया बालक महेन्द्र नेपाली घाईते भएका हुन् ।

लकडाउनका बेला विद्यालय बन्द भएपछि गाउँमा खेल्न गएका बालक महाकाली नगरपालिका ६ शान्तिटोलको पटेराघारीमा भेटिएको संस्कास्द बस्तु खेलाउने क्रममा पटकिएपछि महेन्द्र घाईते भएका थिए । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले खेल्न गएका बालक महेन्द्रले नौँलो बस्तु फेला पारेपछि समातेर ल्याएको बताए ।

‘नजिकैको पटेराघारीमा फेला परेको बस्तु खेलाउने क्रममा पटकिटदा बालक घाईते भए, ‘प्रवक्ता सिजालीले भने, ‘बालकको सेती अस्पतालमा उपचार भईरहेको छ ।’ दुवै हातमा गम्भिर चोट लागेको प्रवक्ता सिजालीले बताए । घटना स्थलमा नेपाली सेना र प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्थानीयका अनुसार शिकारी बँदेल मार्ने महाकाली नगरका केही शिकारीले उक्त क्षेत्रमा परम्परागत पटकिने बस्तु बनाएको बताएका छन् । शिकार गर्न र जंगली जनावरलाई उक्त बस्तु खान दिएर मुखभित्र चपाउने क्रममा पटकिने र माछा पार्न समेत सहज हुने भएपछि शिकारीले माछा वा जंगली जनावर मार्नका लागि बनाएको हुनसक्ने आशंका गरिएको छ ।

तर, प्रहरी र सेनाले भने कसले किन के उदेश्यका लागि उक्त बस्तु त्यहाँ ल्याएर राखेको विषयमा अनुसन्धान थालेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले उक्त बस्तु बम नभई लो एक्सक्लोसिप बस्तु भएको बताए ।

प्रवक्ता पौडेलले पनि घटनाको अनुसन्धान भईरहेको भन्दै उक्त बस्तु राख्ने समुह, व्यक्तिको खोजिकार्य भईरहेको बताए । शिकारी वा कुनै अन्य व्यक्ति समुहबाट राखिएको विस्पोटक पदार्थ पटकिदा अबोध बालक घाईते भएको भन्दै स्थानीयले समेत यस्ता समुहको खोजिकार्य गरेर कार्बाहीको माग अघि सारेको छ ।

१८ बैशाखमा रोल्पामा जंगलमा लुकाएर राखेको बम पटकिदा चार बालको दुखत निधन भएको घटना सेलाउन नपाउदैँ कञ्चनपुरको महाकाली नगरपालिकामा भएको घटनाले स्थानीय त्रसित भएका छन् । प्रहरीले नयाँ बस्तु र शंस्कास्पद बस्तु भेटिए नजिकैको प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ