स्वास्थ्यमन्त्री ढकालको घरमा विप्लवले बम विष्फोट गराउन सक्ने भन्दै सुरक्षाकर्मी परिचालन !

स्वास्थ्यमन्त्री ढकालको घरमा विप्लवले बम विष्फोट गराउन सक्ने भन्दै सुरक्षाकर्मी परिचालन !

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

बैशाख २४ काठमाण्डौं । कोरोना नियन्त्रण गर्ने स्वास्थ्य सामाग्री खरीदमा अनियमितता भएको, ओम्नी लगायतका समुहसगँ साठगाँठ गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको घरमा कुकर बम विष्फोट गराउन सक्ने भन्दै व्यापक सुरक्षाकर्मि परिचालन गरिएको खबर छ । यो खबर जनआस्थाको अनलाईन संस्करणले लेखेको छ ।

जसरी निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा बालकोटस्थित प्रम केपी ओलीको निवासमा बस्ने जानकारी हुँदाहुँदै उनको लोकन्थलीस्थित निवासमा बमविष्फोट गराइयो,अहिले निशानामा परेका छन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । जनआस्थाले लेखेको छ ।

मन्त्री नियुक्त भएयता भानुभक्त पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्छन् । उनको बल्खुस्थित निजी घर भुइँ तल्ला भाडामा लगाएर आइसोलेसन वार्डका रुपमा प्रयोग गर्ने गरी तोकिएको छ । तर, त्यही घर विप्लव नेकपाको निशानामा परेको र कुनै पनि बेला त्यहाँ प्रेसर कुकर बम बिस्फोट गराइनसक्ने सूचना नेपाल प्रहरीको बिशेष ब्यूरोले पाएसङ्गै रातभर ‘कर्डन एण्ड सर्च’ का लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको समाचारमा उल्लेख छ ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा बिरहीलाई उपचार गराउन जाँदा आफ्नै गृहजिल्ला चितवनमा त्यहीँबाट प्रतिनिधित्व गर्ने पूर्व सहकर्मी तथा गृहमन्त्री रामबहादुर थापा बादलले हिजो पक्राउन लगाएको बदलास्वरुप पनि स्वास्थ्यमन्त्रीको निजी निवासमा बम पड्काएर बदला लिन लागिएको हुनसक्ने सरकारी अनुमान छ । उक्त समाचारमा लेखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ