इलाममा भिडन्त हैन, प्रहरीले एकतर्फि फायरिङ गरेर ३ जना कार्यकर्ता पक्राउ गर्योः नेकपा

इलाममा भिडन्त हैन, प्रहरीले एकतर्फि फायरिङ गरेर ३ जना कार्यकर्ता पक्राउ गर्योः नेकपा

  • मङ्लबार, बैशाख २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

इलाम, २३ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना जिल्ला इन्चार्ज सहित तीन जना कार्यकर्तालाई प्रहरीले फायरिङ गर्दै पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
मेची–कोशी व्यूरो इन्चार्ज प्रतावले मंगलवार बिज्ञप्ति जारी गरि नेकपाका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, पासाङतामाङ र पासाङ शेर्पालाई सोमवार राति सुतिरहेको अवस्थामा त्रास फैलाउने गरि फायरिङ समेत गरेर गिरफ्तार गरेको भन्दै भत्सना र निन्दा गरेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, ‘पार्टी इन्चार्जसहित तीनै जनालाई वैशाख २२ गते राती करिब १२ बजे सुतीरहेको स्थानबाट जनताको वस्तीमा त्रास फैलाउने गरी फायरिङ समेत गर्दै गुण्डागर्दी शैलीमा गुण्डागर्दी शैलीमा इलामको माई नगरपालीका ९ बोरुङगबाट विनाकारण गिरफ्तार गरेकोमा नेकपा मेची कोशी व्युरो घोर निन्दा तथा भत्सना गर्दछ ।’
साथै नेकपाले गिरफ्तार तीनै जनालाई यथाशिघ्र रिहा गर्न पनि माग गरेको छ । न्याय र परिवर्तनको आवाज बन्दुकको बलबाट रोक्ने कुचेस्टा गरिए त्यसको परिणाम गम्भिर हुने समेत नेकपाले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ