चालक र सहचालकले हात धनु आनकानी गर्दा पक्राउ पर्याे भारतीय रुपिँया

चालक र सहचालकले हात धनु आनकानी गर्दा पक्राउ पर्याे भारतीय रुपिँया

  • मङ्लबार, बैशाख २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

विराटनगर, बैशाख २३ । चालक र सहचालकले हात धुन आनाकानी गरेपछि भारतीय ट्रकमा लुकाएर ल्याएको एक करोड ९ लाख ६९ हजार भारतीय रुपिँया विराटनगरमा नियन्त्रणमा परेको छ ।
भारत वेष्ट बंगालकोे डब्लुबी ७३ ई ७६३५ नम्बरको मालवहाक सवारीका चालक रविकुमार र सहचालक पप्पुकुमारले विराटनगर आईसीपी प्रवेशपछि हातधुन आनाकानी गरेपछि शंका लागेर गरिएको चेकजाँचका क्रममा भारतीय रुपिँया बरामद भएको हो ।
ट्रान्स नेपालका अध्यक्ष गणेश घिमिरेका अनुसार पछिल्लो १५ दिनदेखि आईसीपी परिसरमा सबै मालवहाक सवारीको निसंक्रमण अनिवार्य गरिएको छ । त्यस बाहेक चालक दलमा रहेका सदस्यले अनिवार्य साबुन पानीले हात धोएपछि हात र खुट्टा निसंक्रमण गर्नुपर्ने नियम छ ।
तर, मंगलबार दिउँसो आईसीपी परिसरमा प्रवेश गरेपछि उक्त मालवहाक सवारीका चालक र सहचालक गाडी छोडेर हातधुन निस्किन मानेनन्, घिमिरेले भन्नुभयो–त्यसपछि शंका लागेर सशस्त्रले चकेजाँच गरेको थियो । आईसीपी परिसरमा रहेको सशस्त्र प्रहरीको चेकपोष्टले गाडीलाई चेकजाँच गरेको हो । चालकदलले अन्य व्यक्ति ल्याएको हुनसक्ने आशंकामा क्याबिन चेकजाँच गर्दा सामान भरिएको कार्टुन भेटियो, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नेत्र बहादुर कार्कीले भन्नुभयो–सामानसहित दुवैजनालाई चेकपोष्टमा ल्याएर खोल्दा भारतीय रुपिँया फेला पाइएको थियो ।
भारतबाट नेपाल प्रवेश गर्ने मालवहाक सवारीको निसंक्रमणसँगै चालक र सहचालकलाई अनिवार्य हात धुनुपर्ने अनिवार्य नियम छ । साविक रानीको पुरानो भन्सार हुँदै नेपाल प्रवेश गर्ने खाली ट्रकलाई पछिल्लो १५ दिनदेखि नै आईसीपी हुँदै प्रवेश गराइएको थियो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार कोरोना संक्रमण भित्रनबाट रोक्नका लागि साविक रानी भन्सारबाट आउजाउ गर्ने मालवहाक सवारीलाई आईसीपी परीसरबाटै प्रवेश अनुमति दिइएको थियो । नेपालबाट निकासी हुने वस्तु लिएर भारत जानका लागि आएको सवारी यहाँ भन्दा अघिल्लो पटक कहिले आएर फर्केको थियो र कसको मालवस्तु लान आएको थियो भन्ने कुरा खुलिनकेको भन्सार प्रमुख भण्डारीले बताउनुभयो ।
सशस्त्र प्रहरीले चालक र सहचालकसँग बयान लिने कामसँगै एकाईस हजार ९५५ थान पाँच सय भारतीय रुपिँयाको नोटको नम्बर यकिन गरिरहेको एसपी कार्कीले जानकारी दिनुभयो । नोट नम्बर एकिन भएसँगै राजश्व अनुसन्धानले विदेशी मुद्रा अपचलनमा अनुसन्धान र कारवाही अगाडी बढाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ