राज्यलाई कोरोना भन्दा विप्लवको त्रास ?

राज्यलाई कोरोना भन्दा विप्लवको त्रास ?

  • मङ्लबार, बैशाख २३, २०७७
  • -तुफान कालिकोटे

  • 19.9K
    SHARES

बिश्वका २१५ देशभन्दा बढीको देशहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको महामारीको असर उग्र बनिरहेको छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । एकातिर देश पुरै लकडाउनमा छ अहिलेसम्म नेपालमा ८२ जना पोजेटिभ देखिए पनि १६ जनालाई उपचार पछि निको भैसकेको छ ।
यति बेला बिश्वको ध्यानाकर्षण कोरोनालाई कसरी नियन्त्रण गर्ने भन्ने तिर छ ।
तर बिडम्बना नेपालको कम्युनिस्ट सरकार भन्न रुचाउनेहरु विद्रोही नेकपा लाई कसरी गिरफ्तार गर्ने भन्ने दाउमा देखिन्छ । यसै गरि लकडाउन कै बेला जनतालाई प्रत्यक्ष सयोग राहत सेनिटाईजर लगाएतका सामाग्रीहरु बितरण गर्दै गर्दा गिरफ्तार त कतै होम क्वारेन्टाइनमा बसि रहेका नेता त कतै उपचाररत नेता। यो सबै राज्यको ध्यानाकर्षण किन यसरी एउटा राजनितीक आस्था बोकेको पार्टी माथी लोकतान्त्रिक गणतन्त्र भएको देशमा व्यक्तिगत स्वतन्त्रता कति पनि देखिएन । यो भन्दा राणा शासन नै ठिक थियो भन्ने सम्म जनताको मुखबाट सुनिन थालेको छ । गफाडी प्रधानमन्त्री ८० करोड राहत सरकारले बाड्यो भन्दै कम्युनिस्ट सरकार भए सम्म कोइ भोकै मर्ने दिन आउदैन भन्न पछि पर्दैनन् । तर ।ग्रामिण ती बस्तिहरुमा एक पटक हेर्ने कि ? यो सरकार ले यो सबै भुली सकेको छ उस्को ध्यान छ त कसरी भ्रष्टाचार गर्ने र देशलाई एमसीसी पास गराई अमेरिकाको जिम्मा दिने भन्ने तिर केन्द्रित छ । अर्को विद्रोही नेकपाले कहाँ के गरि रहेको छ भन्ने मुख्य डर कोरोना भन्दा बिद्रोहि नेकपाको रहेको देखिन्छ । होइन भने बिद्रोहि नेकपा महासचिव बिप्लवले एउटा विज्ञप्ति नै निकालेर देश महामारीको चपेटामा परेको बेला सम्पूर्ण राजनीतिदल र संघसंगठन सगँ मिलेर , सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गर्नु भएको बेला समेत यो दलाल राज्यका मालिक लाई थाहा थिएन ?
सबै संघर्षका कार्यक्रम रोकेर पीडितहरुको राहत र उद्धामा जुटेको जनसेवामा लागिरहेका नेता कार्यकर्ताहरुलाई अझै पनि धमाधम पक्राउ गर्नु, अदालतले छाडेकाहरुलाई पुनः गिराफ्तार गर्नु आदिले राज्य कोरोना भन्दा विद्रोही कम्युनिष्ट समाप्त पार्न कोशिसमा लागेको छ भन्ने देखिन्छ ।
आज पनि हजारौं बेरोजगारी युवाहरु काठमाडौमा भोकभोकै बस्नु परेको छ खोइ तेता तिर ध्यान ? खाडी मुलुक मा लाखौं लाख नेपालीहरु पासपोर्टको भिजा सकिएको र लकडाउन ले गर्दा टिकेट क्यान्सिन भएका ती नेपाली मजदुरको पीडायो अन्धो राज्यले कहिले देख्छ ? केही कुरा त अरुबाट पनि सिक्नु पर्छ भन्ने मान्यता कत्ति पनि देखिदैन लाज पचेकाहरुलाई । तेसैले गिरफ्तार तिर होइन कोरोना नियन्त्रणमा सहकार्य गर्दै अगाडि बड्नु को अर्को कुनै बिकल्प छैन सयौँ राजबन्दीहरु स सम्मान रिहाई गरियोस् । अन्तत दमनले विद्रोह जन्माउछ त्यो हामी चाहन्नौ ।
जब राज्यले जनताको गाँस, बास, कपास , शिक्षा स्वास्थ्य , रोजगारीको व्यवस्था गर्दैन, त्यो बेला सम्म केही नेता कार्यकर्ताको हत्या गर्दैमा , प्रतिवन्ध लगाउदैमा वा केहीलाई थुन्दैमा बिद्रोह रोकिदैन । विदेशमा रहेका ५० औं लाख युवाहरु फर्किएको अवस्थामा जुलुस गरे के हुन्छ भनेर सरकारी नेकपाकै नेताहरु तर्सिन थालेबाट पनि सरकार कसरी आफ्नो कुर्सी जोगाउने भन्ने तिर लागेको देखिन्छ । कसरी जनता जोगाउने, कसरी जनतालाई बचाउने , विदेशमा सय जनाको हाराहारीमा नेपालीहरुको मृत्यु भईसकेको छ कैयौ बिचल्लि परेर बसिरहेका छन् । कैयौ सिमाना सम्म आएर पनि आफ्नो घर आउन पाएका छैनन् । तिनीहरुको पीर नगर्ने , उनीहरुको व्यवस्थापन नगर्ने हो भने राज्यका विरुद्ध जनताले स्वतः विद्रोह गर्ने कुरा निश्चित छ । त्यसैले जनताको समस्या समाधानमा लागौँ , नेता कार्यकर्ता गिराफ्तारीतिर हैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी