विराटनगर, २३ वैशाख । भारतबाट लुकाईछिपाई नेपाल ल्याउदैँ गरेकाे अवस्थामा प्रहरीले १ करोड ९ लाख ७९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।भारतको सुपौलबाट आएको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले मोरङको रानीबाट एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेकेा हाे ।
भारतबाट आउँदै गरेको डब्लु बि ७३इ७६३५ नम्बरको मालबहाक ट्रकमा ५०० को नोट २१९५५ वटा र अन्य गरी १ करोड ९ लाख ७९ हजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सिमा क्षेत्र आइसिपीमा चेकजाँचको क्रममा सो ट्रकमा रकम फेला परेको हो ।
भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा प्रहरी र सश्त्रको संयुक्त टोलीले केहीबेर अघि कार्टुनमा राखिएको अवस्थामा उक्त रकम बरामद गरेको हो । बरामद रकम गन्ने क्रम जारी रहेकाले अझै बढ्न सक्ने सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले बताए ।
लकडाउनको बेला सीमा नाका सिल भएपनि अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको थियो ।यसअघि रक्सौलबाट भित्रिएको इन्धनको ट्यांकरबाट र विराटनगरमै राहतको सामान वितरणका लागि रााखिएको गाडीबाट लागूऔषधसहित मानिस पक्राउ परेका थिए ।