बन्दाबन्दीमा १७६ महिला तथा बालिका हिंसाका घटना दर्ता

बन्दाबन्दीमा १७६ महिला तथा बालिका हिंसाका घटना दर्ता

  • मङ्लबार, बैशाख २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

ललितपुर, २३ वैशाख । लकडाउनको अवधिमा (चैत ११ देखि वैशाख १९ गतेसम्म) महिला पुनःस्थापना केन्द्र (ओरेक) मा १७६ वटा महिला तथा बालिका हिंसा सम्बन्धी घटना दर्ता भएका छन् ।

ओरेकले सञ्चालन गरिरहेको तीन हटलाइन र २८ जना मनोपरामर्शदातामार्फत यी घटना दर्ता भएका हुन् । महिला तथा बालिका हिंसाका घटनामा १०३ घरेलु हिंसा, १५ सामाजिक हिंसा, २६ बलात्कार र पाँच बलात्कारको प्रयास रहेका छन् । यो अवधिमा एउटा हत्या, दुई हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको, सात यौन दुव्र्यवहारका घटना, ११ आत्महत्या, दुई हत्याको प्रयास र दुई साइवर अपराधसँग सम्बन्धित घटना रहेका छन् ।

सामान्य अवस्थामा जस्तै पीडक परिवारकै सदस्य बढी भएको पाइएको छ । हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ७८ जना श्रीमान् र ३७ जना परिवारका सदस्य रहेको पाइएको छ । यस अवधिमा सङ्कलन भएका २६ बलात्कारको घटनामध्ये दुई सामूहिक बलात्कार, १८ छिमेकी, एक बाबु, एक आफ्नै दाजु, एक परिवारका सदस्य, तीन प्रेमी ठानिएका व्यक्ति, र दुई पहिचान नखुलेका व्यक्ति रहेका ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।

यी घटनालाई उमेर समूहका आधारमा हेर्दा सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ५५ महिला हिंसाबाट प्रभावित भएका पाइएको छ । २६ देखि ३५ वर्षका ४५, ३६ देखि ४५ उमेरका २७, ४६ वर्षभन्दा माथि उमेरका १७, १६ वर्षभन्दा कम उमेरका २५ बालिका र उमेर समूह थाहा नभएका सात जना हिंसाबाट प्रभावित भएको ओरेकले जनाएको छ ।

ओरेकका अनुसार यी घटनामा ७४ प्रहरीमा उजुरी दर्ताका लागि गएका, २२ मेलमिलाप समितिमा गएका, २१ हिंसा सहन नसकेर आमाबाबु वा आफन्तको घरमा बेसेका र बाँकी प्रभावितले कुनै निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेका देखिन्छन् । विश्वभरि फैलिएको कोरोना महामारीको समयमा पनि महिला तथा बालिकामाथि हुने वा हुन सक्ने हिंसालाई उचित किसिमले सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको ओरेकले बताएको छ ।

क्वारेन्टाइनमा बस्ने महिला तथा बालबालिकाको हितमा ओरेकले छुटै स्थानको व्यवस्थापन गरिदिन माग गरेको छ । बन्दाबन्दीमा बढी महिला हिंसाको सिकार भएको जिल्ला सिरहाबाट ३५, मोरङबाट २६, धनुषाबाट २३, कैलालीबाट २०, दाङबाट १४, सुनसरीबाट १२ र रुकुमबाट नौ आदि रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ