महिला पुरुष सबै मिलेर फाँड्न थाले गाँजा, गंजडी समुहलाई निरुत्साहित पार्ने अभियान (तस्वीरहरु)

महिला पुरुष सबै मिलेर फाँड्न थाले गाँजा, गंजडी समुहलाई निरुत्साहित पार्ने अभियान (तस्वीरहरु)

  • मङ्लबार, बैशाख २३, २०७७
  • डम्मर राज भट्ट

  • 17.4K
    SHARES

कन्चनपुर बैशाख २३ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । लकडाउनका कारण बजार बन्द भएपछि लागु औषध सेवनकर्ता गजेडीको समुहहरू यतिबेला ग्रामीण भेगतिर प्रवेस गरिररेहका छन् ।

उनीहरु जता गाँजा खेती छ, त्यही गएर गाँँजा खाने र अपराधिक कृयाकलाप गर्नका लागि उद्यत हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित जगदम्बा विकास टोलमा रहेकोे प्राकृतिक रुपमा उम्रीएको गाजा खेती नष्ट गरिएको छ । महिला पुरुष सबै गाँजा खेती नष्ट गर्न लागिपरेका छन् ।

जगदम्बा विकास टोल उपभोक्ता समितिका अध्यक्ष मिन बहादुर शाहले टोलमा रहेका प्राकृतिक रुपमा आफै उम्रेको गाजा नष्ट गरिएको बताए । नहरदेखि उत्तर क्षेत्रमा उम्रेको गाजा नष्ट गरिएको छ । ‘हाम्रो यहाँ ट्यापे समुहका गजेडी आउँन थाले, दिनभर गाजा लगाउने खाने, ‘उनले भने, ‘रातीपख चोरी डकैतीगर्ने भएकाले स्थानीयले गाजा नष्ट गरिएको बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल एव जगदम्बा विकास टोल समितिका सल्लाहकार डा। भुपेन्द्र विष्टले समाजिक कार्यका लागि स्थानीय अग्रसर भएको बताए ।‘यतिबेला महामारी चलेको छ, ‘उनले भने, ‘राम्रो कामका लागि राज्यको मुख ताक्नु प्रदैन्, समाजिक कार्यका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्छ ।’

जगदम्बा विकास टोल उपभोक्ता समितिका सचिव पार्वती नेगी९कार्की० सहितका स्थानीयको अग्रसरतामा गाजा खेती नष्ट गरिएको हो । मुलुक नै संकटमा परेको बेला गलत गतिबिधी बिरुद्ध नागरिक नै जागरुक हुनुपर्नेमा स्थानीय अगुवाहरूको जोडछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी