पिडारीगुठीमा राहत वितरणका क्रममा स्थानीय र प्रहरी बिच झडप

पिडारीगुठीमा राहत वितरणका क्रममा स्थानीय र प्रहरी बिच झडप

  • सोमवार, बैशाख २२, २०७७
  • दिपक चौरसिया

  • 7.3K
    SHARES

पर्सा २२ बैशाख । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठीमा राहत वितरणका क्रममा आज स्थानीय र प्रहरी बिच झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी चार्जबाट स्थानिय ९ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मनोज साह, जयनारायण महत्तो, कृष्णा चौबे, सोनालाल पटेल, सुनिल पटेल, ललन चौबे, विन्ध्यांचल मुखीया, विनोदसाह तेली र मनोज महत्तो रहेका छन् । घाइते मध्ये मनोज साहको हात भाच्चिएको र उनको सेढवा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अरु ८ जनाको पिडारीगुठीको स्वास्थय चौकीमा उपचार भइरहेकोे स्थानियबासीले जनाएका छन् । वडाध्यक्ष मगरुराउत गद्धीले फारममा भर्पाइ गरिएको भन्दा कम राहत वितरण गरेको भन्दै स्थानीयले बिरोध गरेपछि झडपको स्थिति भएको हो ।

विवाद बढेपछि वडाध्यक्ष गद्धीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए । राहत वितरणका लागि वडा कार्यालयले प्रति परिवार चामल २५ केजी, आलु ५ केजी, दाल २ केजी, खाने तेल २ लिटर, प्याज २ केजी, सोयाबीन १ केजी र साबुन ४ थान वितरण गरिने भर्पाइमा उल्लेख गरेकोमा वितरण गर्दा चामल २५ केजी, आलु २ किलो र प्याज आधाकिलो मात्रै बाड्न थालेपछि स्थानीयले विरोध गरेका थिए ।

वडाध्यक्ष गद्धीले गाउँपालिकाले पठाएको राहतमा दाल नरहेको र अरु सबै सामान वितरण गरेको दावी गरेका छन । उनले केहि व्यक्तिले हुलदंगा गर्न खोजेपछि सुरक्षाकर्मीलाई बोलाएको बताए । विपक्षी दलका नेताहरुले राजनीतीक पुर्वाग्रह राखेर आफुलाइ बदनाम गराउन खोजेको उहाँको आरोप रहेको छ । हुलदंगा भएपछि राहत वितरण कार्य स्थगीत गरिएको वडाध्यक्ष गद्धीले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ