तत्काल विद्यार्थी भर्ना नगर्न र अनलाईन कक्षाको शुल्न समेत नलिन शिक्षा मन्त्रालयको निर्देशन

तत्काल विद्यार्थी भर्ना नगर्न र अनलाईन कक्षाको शुल्न समेत नलिन शिक्षा मन्त्रालयको निर्देशन

  • सोमवार, बैशाख २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

वैशाख २२, काठमाडौँ । सरकारले विद्यालयहरुलाई तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको हो । सोमबार विज्ञप्ति प्रकाशित गरेर मन्त्रालयले विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत भनेको छ ।
प्रवक्ता दिपक शर्माका अनुसार मन्त्रालयले कुनै पनि विद्यालयले कक्षा वा भर्ना नगर्न निदेर्शन गरेको हो । शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो । विज्ञप्तिमा भर्नाको नाममा शुल्क नलिन र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन र बैंकमा पैसा जम्मा गर्न नलगाउन निर्देशन छ ।
लकडाउनका कारण विद्यालयहरुको पठनपाठन बन्द रहेको छ । विद्यालयहरुले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका छन् ।
त्यसैगरी एसईई र कक्षा ११ र १२ का परीक्षाहरु स्थगित गरेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थिति सुक्ष्म अध्ययन परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा सञ्चालन सम्बन्धनमा हालसम्म कुनै नयाँ निर्णय नभएको मन्त्रालयले जनाएको छ।
संस्थागत विद्यालयउहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्कमध्य आवास शुल्कबाहेक अन्य प्रकारको शुल्क छुट दिने सरकारको निर्णय कार्यन्वयन गर्न अभिभावक तथा स्थानीय तहलाई जानकारी गराएको छ।

प्याब्सनले आगामी २६ गतेबाट विद्यार्थी भर्ना गर्न देशभरका निजी विद्यालयहरुलाई निर्देशन दिएको थियो । कतिपय सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रिया अघि बढाएका थिए । सरकारले निजी विद्यालयहरुलाई चैत महिनाको आवासीय शुल्क बाहेक अन्य शुल्क नलिने आग्रह गरेको थियो । प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा शुल्क छुट बारेको जानकारी विद्यालयहरुले सम्बन्धि स्थानीय तहमा दिनुपर्ने उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी