कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई आवश्यक बन्दोबस्त समाग्रीको अभाव,नगरपालिकाद्धारा केही उपकरण सहयोग

कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई आवश्यक बन्दोबस्त समाग्रीको अभाव,नगरपालिकाद्धारा केही उपकरण सहयोग

  • सोमवार, बैशाख २२, २०७७
  • डम्मर राज भट्ट

  • 7.2K
    SHARES

बेलौरी नगरपालिकाद्धारा सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाउन सुरक्षा उपकरण डम्मर राज भट्ट कन्चनपुर, बैशाख , २१ कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतसंग जोडिएका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको व्यापक परिचालन गरेको छ ।

एक्कासी ठुलो संख्यामा भारतसंग सीमा जोडिएको कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेपछि गस्ती बढाउनका लागि आवश्यक बन्दोबस्त समाग्रीको अभाव भएको छ ।

सीमा क्षेत्रमा अहोरात्र खटिने सशस्त्र प्रहरीलाई गस्ती गर्न सहजका लागि कञ्चनपुरको बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीलाई ईलेक्ट्रोनिक सुरक्षा समाग्री सहयोग गरेको छ । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले सीमा क्षेत्रमा कोरोना रोकथामका लागि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका हुने भएकाले नगरपालिकाबाट सहयोग समाग्री उपलब्ध गराएको बताए । ‘अहिले कोरोना रोकथामका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी अहोरात्र खटिएको छ, ‘मेयर चौधरीले भने, ‘गस्ती गर्न सहज होस भन्नका लागि सक्दो सहयोग उपलब्ध गराएका छौँ ।’ मेयर चौधरीका अनुसार बेलौरी क्षेत्रको सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई सोलार १० थान, टर्चलाईट २० थान, फिल्टर ८ थान, जस्तापाता ४बण्डल, टेण्ट ५थान, स्टेण्ड फ्यान ५ थान हस्तान्तरण गरिएको छ ।

आइतबार एक कार्यक्रमका विच सशस्त्र प्रहरी नायब उपरीक्षक गंगादत्तपन्तलाई हस्तान्तरण गरिएको छ । यस अघि पनि बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीलाई गस्ती गर्न सहजताका लागि ८थान मोटरसाईकल समेत दिएको थियो । ‘बेलौरी नगरपालिका पुरै खुला सीमा क्षेत्र हो, ‘मेयर चौधरीले भने, ‘सुरक्षा गर्न थुप्रै चुनौती छन, अहोरात्र खटिने सुरक्षाकर्मीलाई सहजताका लागि साईकल सहित सुरक्षा उपकरण उपलब्ध गराएका छौँ ।’ मेयर चौधरीले बेलौरीमा तीन स्थायी सशस्त्र प्रहरीका सुरक्षा क्याम्पस २, ८ र १० नम्बर वडामा बिओपी र सशस्त्र प्रहरी नायब उपरीक्षकको दरबन्दीको माग गरिएको बताए । बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीले कञ्चनपुरमा कोरोना रोकथाम तथा चेन तोडन सफल भएकोमा उच्च सुरक्षा सर्तकता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले बेलौरी नगरपालिकाप्रति आभार प्रकट गरेका छन् ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति बीरसिह शाहुले सशस्त्र प्रहरीको कामको मुल्याङ्गन गरेको भन्दै बेलौरी नगरपालिकालाई धन्यवाद दिए ।

सशस्त्र प्रहरी उपरीक्षक शाहुले स्थानीय सरकारले सशस्त्र प्रहरीको कामप्रति गरेको मुल्याङ्गको कदर भएकाले थप काम गर्न हौसला भएको बताए ।

कन्चनपुरमा गस्ती गर्दै शसस्त्र प्रहरी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ