अग्रगमनको आवरणमा प्रतिगमनको खेल

अग्रगमनको आवरणमा प्रतिगमनको खेल

  • आइतवार, बैशाख २१, २०७७
  • – नारद पोखरेल

  • 16.4K
    SHARES

आन्दोलन होस वा युद्घ त्यसमा नियम हुन्छ । नैतिक बन्धनले काम गर्छ । शान्तिपूर्ण आन्दोलनमा नागरिकले एकत्रित भई विरोध गर्छन् । भिड जति ठूलो होस,नेतृत्वको निर्देशन विना डगमगाउदैन । विरोधका आवाज प्रखर देखिएपनि त्यहाँ उश्रृङखलताले स्थान पाउदैन । त्यसैगरी युद्घको पनि नियम हुन्छ । आक्रमण र प्रतिकार गर्ने प्राकृतिक सिद्वान्त हुन्छ । शत्रुलाई सिध्याउँने अठोट लिई सिधै लल्कारिन्छ । आम्ने साम्ने लडाँई हुन्छ । यहाँ पनि कयौं पटक सत्याग्रह भयो । युद्घ समेत गरियो । सुरक्षाकर्मी र विद्रोहीपक्ष बिच लडाँइभयो । त्यो अप्राकृतिक थिएन । पछिल्लो समयमा त्यसलाई विकृत बनाइयो । चोर जस्तो लुकेर वा पासो थापेर निर्दोष मानिसको हत्या गर्नु युद्घ नीति विपरित मानिन्छ ।त्यस्तो घृणित काम बहादुरी होइन, कायरता हो । चोर डाकाले पनि आततायी काम गर्छन् । अपराधिक समुहले त्यस्ता कुकर्मलाई प्रोत्साहित गर्छ । ज्यान मार्यो भन्दैमा त्यसलाई युद्घको संज्ञा दिन मिल्छ?
यहाँ जे नहुनु थियो त्यही हुन्छ ।निर्दोष जनता मार्न उकास्नेहरु राजनितिका गुरु ठहरिए । कछाड लाएर खेत जोत्नेहरु सामान्ति कहलिए । निष्ठाको पाठ घोकाउनेहरु भ्रष्ट र नैतिकहिन भए । गरिखानेलाई जवरजस्ती बन्दुक भिराउनेहरु शान्तिका पुजारी ठहरिए । २०६३मा तेत्रो महान् परिवर्तन के का लागि थियो ?शान्ति र लोकतन्त्र भन्दै नागरिक सडकमा आएका होइनन् ?एउटा वर्गलाई नवसामान्ति बनाउँदै स्वाभिमानी नागरिक समाप्त पार्ने खेल मात्र भएको छ अहिलेको प्रणालि ।पञ्चायति सत्ता लोकत्रान्त्रिक थिएन तर त्यसले मुलुकको अर्थतन्त्र माफियालाई सुम्पिने धृष्टता गरेन ।आजमाफियाले कानुनका ठेलि खल्तिमाबोकेर हिँडेका छन् । गरिखानेलाई विस्थापित गरि लुिटखाने लाई स्थापित गरीएको छ । यहि प्रबृतिलाई यहाँ अग्रगामी कदम भन्दै रटान लगाइन्छ । जब आफ्नोपन छोडेर विदेशीको शरणलिन मूल नेतृत्व पुग्छ तब मुलुकले यसरीनै दुर्गति व्योहोर्नु पर्छ । विगत पन्ध्र वर्षदेखि अग्रगमनको नाममा हाम्रा आदर्शर मूल्य मान्यतामाथि यसरी नै चिथोर्ने काम भएको छ ।
यहाँको राजनितीमाविदेशीस्वार्थ गाँसिएकोछ ।यसका पात्रले बोलिमा मात्र निष्ठा र नैतिकताको लोलि मिलाउछन् । यथार्थमा उनिहरुको आचरण अनैतिक हुन्छ । विश्व राजनितिमा उदाएका कयौंखलपात्रबाट यस्ता तथ्यको पुष्टी भएको छ । यहा पनि पथभ्रष्टहरुको जमात राजनितिमा उदाए । साम्यवाद स्थापनागर्ने भन्दै नागरिकलाई वलिवेदीमा चढाए । युद्धमा हार जित हुन्छ । यहाँ त्यसो भएन । हजारौंको बलिदान पछि विदेशीले लेखेको तमासुकमा सहि छाप गरियो । यहाँसम्म कि, त्यही तमासुकले साम्यवादमा पुगिन्छ भन्ने भ्रम छरियो ।कही नभएको जात्रा हाँडिगाँउ भने जस्तै गरियो ।  अझै जनता भ्रमित बनाउने कार्य रोकिएको छैन । कतै कागजमा सहि छाप गरेर कम्युनिजम आउँछ ?लाटाले पनि नपत्याउने खेल खेल्न अलिकति पनि लाज मानिएन । त्यसैले यहा जे हुनुपर्ने त्यो हुदैन , नहुनुपर्ने मात्रहुन्छ ।
परिश्रमको फल लाभदायक हुन्छ तर त्यसका लागि अल्छिपना बाधकमानिन्छ । यो सर्वमान्य सिद्घान्त हो । यहाँ त्यो सिद्घान्त अबलम्बन गरिएन । परिश्रमी पाखुरा र सृजनशाील दिमाग विश्व बजारमा निर्यात गरियो । विकल्पमा मेहेनतन नगरी फल टिप्ने झुण्ड तयार पारियो । अहिले तिनै लुटिखाने जथ्थाको समाजमा वर्चश्व कायम छ । खोसेर खाने बानी परे पछि किन मेहेनत गर्नु ? पछिल्लो राननितिक परिवर्तनले प्रतिभावान तथा आशा गरिएका युवा समेत नेतृत्वको खेलौना भइदिए । दलको पाराधिन पात्र हुनुमा उनिहरु आफुलाई गौरव ठान्छन् । संसारमा राजनैतिक परिवर्तन र त्यसलाई व्यवस्थापनगर्ने जिम्मा मुख्यतया युवाकै काँधमा आइपर्छ । उनिहरुको नयाँ सोच तथा जोस र जाँगरले समाजमा थप उर्जा प्राप्त गर्छ । सहि व्यवस्थापन र कुसल परिचालनमा तुलनात्मक रुपमा युवाहरु नै अग्र भागमादेखिएकाछन् । यो वास्तविकता विश्वको राजनितिक इतिहाँसले सिद्घ गरेको छ । त्यसैले यहाँ पनि युवा पंत्तिमा नेतृत्वको बागडोर समाल्ने अवसर प्रदान गर्दा केही आशागर्ने ठाँउ देखिन्छ । तर अघिल्लो पुस्ता यति अहंकारी र सत्ता लम्पट देखियो कि, यस प्रकारको नागरिक चाहाना यिनीहरुबाट पुरा हुने कतै संभावना देखिदैन ।

अहिले नेताको वरिपरी राजनितीलाई घिसारिदैछ । यिनीहरु यति विघ्न सत्तामा लठ्ठिन्छन भन्ने नागरिकले यकिन गरेनन् । जुनदिन यो सबै विदेशीको अपुतालि भएको हेक्का आउछ त्यहीबाट यो नाटकको पर्दा अवस्य च्यातिनेछ । समयले मुलुक त्यसतर्प अग्रसरभएको आभाष हुँदैछ ।

प्राणि होस वा वनस्पति, पुरानो पछि नयाँ सृर्जना हुन्छ । यो प्राकृतिक सिद्घान्तमा आधारित साश्वत पक्ष हो । राजनितीमा पनि यो नियम अपरिहार्य छ तर यसका संचालकले सत्ता स्वार्थ भन्दा आफुलाई पृथक ठान्नुपर्छ । यहाँको राज्य सत्ताले सब्ल्याटो मार्ग देखेन । एउटै दलको बहुमत हुदा पनि पटक पटक अस्थिरताको नाटक मञ्चन भयो । हालै पनित्यही अभिनय देखाइयो । नचाहेर पनि नागरिक त्यसलाई हेर्नबाध्य छन । अस्थिरताको आगो निभाउनुको साटो झन बालिएको छ ।लोकतन्त्रमाजनअपेक्षा अनुरुप सत्ताले काम गर्नुपर्छ । अहिले नेताको वरिपरी राजनितीलाई घिसारिदैछ । यिनीहरु यति विघ्न सत्तामा लठ्ठिन्छन भन्ने नागरिकले यकिन गरेनन् । जुनदिन यो सबै विदेशीको अपुतालि भएको हेक्का आउछ त्यहीबाट यो नाटकको पर्दा अवस्यच्यातिनेछ । समयले मुलुक त्यसतर्पm अग्रसरभएको आभाष हुँदैछ ।
नैतिकवान शिक्षकले विद्यार्थी आफुजस्तै संस्कारिक बनाउछ । खराब गरुद्वारा दिक्षीत शिष्य कुमार्ग हिड्न रामाउँछ । यहाँ खराब प्रबृति हावि भयो । त्यसैले यहाँ नराम्रो गर्नेले राम्रोको जस लिन्छन । राम्रो गर्ने अपजसको भागि बन्छन । मूल पात्रले असल नजरबाट समाजलाई हेर्नुपर्छ तर यहाँ त्यसो भएन । आफुजस्तैअरुलाई पनि स्वार्थको आँखालेहेरियो । तथ्य लेख्दा र सत्य बोल्दा अप्रिय लाग्छ । आखिर सत्य सधै साश्वत रहन्छ । सत्ता स्वार्थले गर्दा नै यहाँ प्रजातन्त्रवादिलाई अराष्ट्रिय तत्व भनियो । विखण्डनवादिलाई राष्ट्रवादि करार गरियो । त्यसैले विगतदेखि नै सक्नेले जे गर्दा पनि भएको छ , नसक्नेले अन्याय र थिचोमिचो सहनुपर्छ । आम नागरिकको लागि साम्यवाद होस वा लोकतन्त्र होस । कागलाई वेल पाक्यो हर्ष न विश्मात भएको छ । यहि उखानले नेपाली राजनितीको धरातलिय यथार्थलाई चरितार्थगरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी