अमेरीका र चीनबीच पुरानो र चिसो बन्दै गरेको सम्बन्ध कोविड १० को महामारी र आउन लागेको अमेरीकी राष्ट्रपतिको निर्वाचनका कारण फेरी शिखरतिर जादैछ ।
यस हप्ता फेरी दुबै देशका शाब्दिक युद्ध तेज भएको छ । आखिर चीनमाथि अमेरीका जुन तरहले प्रस्तुत भईरहेको छ यसको पछाडी कुन रणनीतिले काम गरेका ेछ या उसबाट उसलाई के प्राप्त हुन्छ ?
दोस्रो पटक पुनः राष्ट्रपति बन्ने आफ्नो उदेश्यमा आधारीत रहेर ट्रम्पले एक तरीकाले खेल नै बदलेका छन् ।
समाचार एजेन्सी रोयटर्ससगँ उनले भने, राष्ट्रपति निर्वाचनमा मलाई हराउनका लागि चीनले जे पनि गर्न सक्छ, ।
यस्तो लाग्दैछ कि चीनको विरुछ ट्रम्पको हल्ला अमेरीकी राष्ट्रपति निर्वाचन अभियानको एक नयाँ चरणमा प्रवेश गरेकोछ । ट्रम्प कोरोना महामारीको संकट नजिक घुमिरहेको निर्वाचन अभियानको एजेन्डा बदल्ने प्रयासमा लागेको देखिन्छ ।

रिपब्लिकन पाटीको रणनीति
यस्तो संकेत देखिन्छ कि दुनियाको सबै भन्दा ठूला दुई अर्थव्यवस्थाका बीच उत्तार चढावपूर्ण सम्बन्धले अझै धेर कठिन परिस्थितिको सामना गर्न पर्ने छ । राष्ट्रपति ट्रम्प आफ्नो फक्रिदै फुल्दै गरेको अर्थव्यवस्थालाई निर्वाचन अभियानका बेला प्रमुखताका साथ जनताका बीच राख्न चाहन्थे तर त्यो धराशायी बन्यो ।
चुनावी मत सर्वेक्षणहरुले यो देखाईरहेको छ कि प्रमुख राज्यहरुमा ट्रम्पको समर्थन घटेको छ । कोरोना संकटको सामना गर्ने क्रममा उनको प्रदर्शनको आलोचना भईरहेको छ ।
यी सबैका बीच चीन, जहाँ महामारकिो शुरुवात भएको थियो । त्यसमाथि यो आरोप लागिरहेको छ कि कोरोना विश्वचर फैलिनबाट रोक्नका लागि ढिलो कदम चालियो ।
हुनतः ट्रम्पको रिपव्लिकन पार्टीको रणनीति पूर्व उपराष्ट्रपति जोई विदेनमाथि निशाना साध्नु हो । यसै बर्ष हुन लागेको अमेरीकी निर्वाचनमा जोई विदेन डेमोक्रयाटीक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेद्धार बन्ने निश्चित प्राय देखिएको छ ।

चुनावी एजेण्डामा चीनको मुद्धा
ट्रम्पको सहयोगी संगठन अमेरीका फस्र्ट एक्सनले बेईजिगं बिदेन शीर्षक राखेर विज्ञापन जारी गरेर उनीमाथि चीनप्रति नरम भएको आरोप लगाईएको छ । दोस्रो खेमाले पनि पलटवार गरेको छ । जोए विदेनका तर्फबाट यो आरोप लगाईएको छ कि ट्रम्पले महामारी नियन्त्रणका लागि शुरुमा ढिलासुस्ती गरे र आफ्नो नाकामीको दोष अरुमाथि थोपर्ने कोशिस गरीरहेको छ ।
चाहे डेमोक्रयाट्स होस या रिपव्लिकन दुबैका तर्फबाट चीनप्रति कडा नीति छ । दुवैको उदेश्य एकै हो चीनको कडा रुपले प्रतिवाद गर्नु ।
अमेरीकी फस्र्ट एक्सनका कैली सैडलर भन्छन, यदी तपाई पिउ पोल र गैलपको सर्वेक्षण हेर्नुहुन्छ भने चीनप्रति अमेरीकीहरुमा ऐहिासिक रुपले चरम अवस्थाको अविस्वास छ । चाहे रिपव्लिक होस् या डेमोक्रयाट्स् यो मुद्धामा सहमत छन् ।

चीनमाथि जानकारी लुकाएको आरोप
यसमा कुनै शंका छैन कि सत्ता सम्हाले यता राष्ट्रपति ट्रम्प चीनसगँ ब्यापार युद्धमा अल्झिएका छन् । त्यही बेलादेखि चीनप्रति अमेरीकामा नकारात्मक रुझान नाटकीय रुपमा वृद्धि भईरहेको छ । चीनमाथि कोरोना संकटको जिम्मेवार ठहर्याउने बेलामा राष्ट्रपति ट्रम्प सुविधा र दुविधाको राजनीतिका बीच अल्झिएको देखिन्छ ।
उनी कहिले मुक्त कण्ठले राष्ट्रपति सि जिन पिगंको प्रशसा गर्दछन् त कहिले चाईनीज भाईरस भन्दै डंक पिट्छन् । तर अहिले ट्रम्पको क्याम्पले चीनप्रति कडा व्यवहार गर्न शुरु गरेको छ । चीनबाट नोक्सान भराउने सुगन्धित बासना लिईराखिएको छ । चीनका विरुद्ध आक्रामक वक्तव्यहरुमा अब ट्रम्प प्रशासन र काँग्रेसका सदस्यहरु सामेल भएका छन् ।
माईक पम्पियोको भूमिका
अमेरीकी विदेश मन्त्री माईक पम्पियो यो हल्ला बोलको मोर्चामा सबै भन्दा अग्रस्थानमा छन् । उनले नियमित रुपमा चीनको कम्युनिष्ट पार्टीमाथि भरोसा गर्न नसकिने बताउदै आईरहेका छन् ।
कोरोना भाईरसको समस्या अगाडी आए पछि चीनले त्यसलाई रोक्न नसकेकोमा माईक पम्पियोको जिकिर छ । उसनले चीनको प्रयोगशालाको सुरक्षाबारे प्रश्न उठाईरहेका छन् । यद्यपि, चीनले यस आरोपहरुको पूर्ण रुपले खण्डन गर्दै आएको छ ।
पूर्व राष्ट्रपति जज बुशको प्रशासनमा एशिया मामलाका सल्लाहका रहेका माईकल ग्रीन भन्छन्, चीनको व्यवहार प्रतिको रबैया चिन्ताको स्थिति हो । तर ट्रम्पका सुरक्षा सल्लाहकार टिमका सदस्यहरुको राय के छ भने अमेरीकाको घाटा र चीनलाई फाईदा हुने मात्रै काम भएको छ , त्यसैले उनीहरुको ध्यान चीनलाई रोक्नमा केन्द्रीत छ ।
चीनको प्रोपोगण्डा
माइकल ग्रीन भन्छन् , “राष्ट्रपति सि जिनपिंगको रणनीति पनि उनका पूर्ववर्तीहरुको तुलनामा धेरै आक्रामक छ । चीनले पनि आफ्नो प्रोपोगण्डा चलाईरहेको छ । जसमा यो संकेत दिईएको छ कि कोरोना भाईरस फैलाउनमा अमेरीकी सेनाको हात हुन सक्छ ।”
तर पनि दुवै देशको राष्ट्रवादका कारण बिबाद बढेको छ । सहयोगको संभावना कम भएको छ । दुवै देश मिलेर यो महामारी विरुद्ध लड्न सक्दथे । कुनै नयाँ महामारी आउनबाट रोक्न सक्थे ।
ग्रीन यो सम्झाउन चाहन्छन् कि ट्रम्प सत्तामा आए देखि अमेरीकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल को दुई दर्जन भन्दा धेरै अमेरीकी र चीनीया वैज्ञानिक यस मुद्धामा चीनमा काम गरीरहेका थिए ।
कोरोना संकट शुरु हुनु अघि यो समय यी वैज्ञानिकहरुको संख्या घटाएर तीन या चार राखिएको छ । माईकल यसमा दुवै देश जिम्मेवार रहेको बताउछन् । अमेरीकी राष्ट्रिय सुरक्षा सल्लाहकार टिमका मानिसहरुलाई ट्रम्पका नजिकका मानिसहरुबाटै चुनौती भईरहेको छ कि उनीहरुले के दृष्टिकोण दिएका छन् भने कारोबारका लागि अमेरीकालाई चीनको आवस्यकता छ ।
गरमपन्थी र नरमपन्थी
चीनीया मुलका अमेरीकी गैरी लक राष्ट्रपति ओबामाको कार्यकालमा बेईजिगंमा राजदुत थिए । उनी भन्छन्, चीन र अमेरीकाको सम्बन्ध खाल्डा खुल्डीको बाटोमा अघि बढेको छ । एक अर्काको विरोधी भए पनि आर्थिक मोर्चामा दुवै देशका बीच सहयोगको जरुरी छ । किन भने धेरै अमेरीकी किशानहरु चीनमाथि यसकारणले निर्भर छन् कि उसको उत्पादन चीनले खरीद गरिदिन्छ । जति जति चुनाव नजिक आईरहेको छ त्यति नै ट्रम्प चीनप्रति आक्रामक भएका छन् र यो बताउन खोजिरहेका छन् की चीन विरोधी भावना भएका मानिसलाई प्रभावित पार्न सकियोस् । मित्रताको सुरमा कुरा गर्नेहरुलाई पाखा लाग्नेछन् । ट्रम्पको सल्लाहकार टिममा दुबै खालका मानिसहरु छन् ।
ट्रम्पका ती काँग्रेस सदस्यहरुको पनि समर्थन प्राप्त भईरहेको छ जो चीनका विरुद्ध कडा नीति चाहन्छन् ।
चीनमाथि अमेरीकी निर्भरता
काँग्रेसका केही सदस्यहरुले त यस्तो कानुनको मस्यौदा या विचार राखेका छन् जसमा सूचना लुकाएको या गलत जानकारी दिएकाले चीनलाई सजाय दिनु पर्ने कुरा राखिरहेका छन् । मिसुरी र मिसिसिपी जस्ता राज्यले नोक्सान भराउन चीन विरुद्ध मुद्धा हाल्ने कदम चालेका छन् । चीनका जबरजस्त आलोचना गर्ने रिपव्लिकन पार्टीका नेता टम काटनले चीनले जानी जानी कोरोना भाईरस छोडीदिएको आरोप सम्म लगाएका छन् । चीनले आफ्नो आर्थिक नोक्सान भईरहेको र अरु फले फुलेको देख्न नसकेकाले यो भाईरस फैलाएको उनको जिकिर छ ।
यस महामारीमा औषधी र मेडिकल सामाग्रीका मामलामा चीनमाथि अमेरीकी निर्भरताले सबैको ध्यान खिचिदिएको छ ।
नस्लवादी हिंशाका घटना
चिन्ता यस कुरालाई लिएर पनि बढीरहेको छ कि चीन विरोधी आवाज बढीरहदाँ अमेरीकामा नस्लीय हिंशाको आधार तयार भएको छ । अमेरीकामा कोरोना महामारीका कारण एशियाली मुलुकका मानिसहरुका बिरुद्ध टिका टिप्पणी र आक्रमणहरु बढेका छन् ।
गैरी लक भन्छन्, केवल यस कारणले कि म चीनीया मुलको अमेरीकी हुँ । यसको मतलव यो होईन कि म चीन सरकारको अधिकारी हुँ ।
हालै उनलाई पनि निशाना बनाएर आलोचना भएको थियो ।
यो साचो हो कि अहिले अमेरीकी निर्वाचन चीन विरोधी एजेण्डामाथि लडिदैछ । यस्तो बेला जब मतदाता असन्तुष्ट छन्, उनीहरुको रोजीरोटी खोसिने चिन्ता छ । नोभमेम्बर सम्म उनीहरुको असन्तुष्टी र गरीबी दुबै बढ्ने छ । तब ब्यालेट बक्समा थाहा हुने छ कि मतदाताहरुले यसका लागि कसलाई कसुरदार ठहर्याउनेछन् ।
बिबिसीबाट