कन्चनपुर बैशाख,२१ । लकडाउनका बेला मदिरा सेवन गरेर शिक्षकमाथि कुटपिट गर्ने एक जना प्रहरी नियन्त्रणमा आएका छन् ।
गयराती भीमदत्त नगरपालिका १५ निम्बुखेडामा मदिरा सेवन गरेर शिक्षक सोबेन्द रानामाथि कुटपिट र लुटपाटको आरोपमा स्थानीय नर बहादुर चन्द पक्राउ परेका छन् । सिद्धनाथ अमर मावि नेपाली विषयका शिक्षक रानामाथि मदिरा सेवनकर्ता र उछृङगल समुहले लुटपाट गरेको शिक्षक सोवेन्द्र रानाले बताएका छन् ।
कुटपिट र लुटपाटबाट घाईते भएका रानाको सेती अस्पतालमा उपचार भईरहेको छ । घटना बारे अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । घटनाका आरोपी नर बहादुर चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता रविन्द्र पौडेलले बताए । घटनाको शिक्षकहरुले बिरोध जनाउदै शिक्षकमाथि लुटपाट र कुटपिट गर्न समुहमाथि कार्बाहीको माग अघि सारेका छन् ।
कञ्चनपुरका शिक्षक अगुवा नेतात्रय प्रमानन्द नाथ, बिरराम सार्की, पुष्पमणी जोशी लगायतका शिक्षक नेता, संघ संगठनका अगुवाले घटनाको भत्र्सना गर्दै दोषि लुटेरा समुहमाथि कार्बाहीको माग अघि सारेका छन् ।