कसका कारण मिल्यो नेकपाका नेताहरुको मन, के हुनेछ अब ?

कसका कारण मिल्यो नेकपाका नेताहरुको मन, के हुनेछ अब ?

  • आइतवार, बैशाख २१, २०७७
  • एन्डीज शर्मा

  • 9.7K
    SHARES

पार्टी फुटे फुटोस् तर राजीनामा नदिने मनशायमा थिए नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली । उनका पक्षमा हस्ताक्षर गर्न भन्दै शारदा भट्टलाई धम्की दिईएको पनि सार्वजनिक भयो । लविगं तीव्र छदै थियो ।
कोटेस्वर र खुमलटारमा प्रचण्ड र माधव नेपालको सक्रियता थियो प्रधानमन्त्रीलाई दुबै पदबाट राजीनामा दिलाउने, सके सम्म माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने ।
१८ गतेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालले स्पष्ट रुपले प्रधानमन्त्रीको राजीनामा मागे ।
सोही बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिने कोरोना पछि तर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखे ।
१९ गते बालुवाटारमा प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल सगँ छुट्टा छुट्टै छलफल गरे । त्यसमा प्रचण्डलाई पार्टीको एकल अध्यक्ष हुन प्रस्ताव भएको भनेर हल्ला चल्यो ।
त्यस पछि माधव नेपाललार्ई तेस्रो अध्यक्ष हुन फेरी बालुवाटारमा ओलीले भन्दा नेपालले त्यसलाई स्वीकार गरेनन् ।
२० गतेको बैठकमा फेरी गर्मागर्मी बहस हुने पुर्वानुमान थियो ।
तर भेडेटारको मौसम एक घण्टामा ४ पटक सम्म बदलिए जस्तै वालुवाटरभित्रको राजनीतिक मौसम परिवर्तन भयो ।
त्यस पछि प्रधानमन्त्री ओली मैले गल्ती गरे, पार्टीसगँ समन्वय गरेर अघि बढ्छु भनेर माफी नै मागेर नेतृत्वमा बरकरार रहन सफल भएको संकेत दिए ।
प्रचण्डलाई अन्य सदस्यकै लाईनमा राखिएमा उनको कुर्सी ओलीको नजिक ल्याईयो । त्यस पछि प्रचण्ड पनि आफ्नो पनि कमीकमजोरीको आत्मालोचना गर्दै मिलेर जान तयार भएको संकेत दिन थाले ।
वामदेव गौतम त झनै परिवर्तित भए , उनी आफूलाई प्रतिनिधि सभाको उम्मेद्धार बनाउने र प्रधानमन्त्री बनाउने बाटो खोल्ने भए पछि अब गुटबन्दीतिर नलागौ मिलेर जाऔं भन्न थाले ।
माधव नेपाल भने केही अडानमा देखिए । उनले मिलेर जाने कुरालाई राम्रो माने पनि दुई नेताको मात्रै चोचोमोचो मिलेर नहुने , स्वीकार्य नहुने स्थायी समितिको बैठक राख्नै पर्ने अडान राखे ।
नभन्दै २५ गतेलाई स्थायी समितिको बैठक पनि राखियो ।
पार्टी भित्र पार्टी जस्तो समुह बनाएर अघि बढीरहेका नेताहरु नै मिले भने स्थायी समिति सदस्य , केन्द्रीय सदस्य त मिलिहाल्छन् शायद ।
यसरी मिल्ने कुरामा गए पछि अध्यादेशको समिक्षा पनि हरायो, राजीनामाको प्रस्ताव पनि हरायो, सांसद अपहरण भनिएको काण्डको समिक्षा पनि हरायो ।
अब स्थायी समितिमा केही बहस होला तर नेकपा विभाजन, प्रधानमन्त्रीको राजीनामा यो तत्काल हुदैन यो कुरा चाहीँ निश्चित प्राय देखिन्छ ।
आखिर यो नेकपाभित्रको राजनीतिक मौसम बद्लियो कसरी ?
एक पार्टी भित्रै आरोप प्रत्यारोप, राजीनामा माग जस्ता कुराले पेचिलो बनेको नेकपा केही दिन भित्र अचानक मेलमिलापतिर जानुमा नेताहरुले आत्मसमिक्षा गरेर जिम्मेवार भएका हुन ? कार्यकर्ता र जनताको दबाबले हो ? वा चीनीया सक्रियताका कारण हो ? भन्ने अड्कलबाजीहरु काटिन थालेका छन् ।
हुन पनि कार्यकर्ता स्तरमा नेताहरुको गतिविधिको आलोचना भएकै थियो । पार्टी विभाजन गर्न हुदैन भन्ने नेताहरुको मनशायले पनि काम गरेको हुन सक्छ । यो मिनलाई झलनाथ खनालले बैठकमा बोले जसरी नै नक्कली हैन सक्कली बनाउने हो भने नेताहरुले आफूले आफैलाई बदल्ने र देश र जनताप्रति बफादार हुने दिशातिर जानु पर्दछ ।
तर चीनीया सक्रियताको चर्चा भने भईरहेको छ ।

के के गर्यो चीनले ?
शुरुमा दुई पार्टी एकता गराउने कार्यमा चीनीया कम्युनिष्ट पार्टीको भूमिकाको चर्चा पनि भएको थियो । त्यो होला भन्न कसरी पनि पत्याउन सकिन्थ्यो भने राष्ट्रपति सि जिन पिंगको भ्रमण पछि दुवै देशका पार्टी स्तरमा विकास भएको सम्बन्ध, साझा कार्यक्रम र नेकपाका सबै केन्द्रीय सदस्यहरुलाई चीन भ्रमण गराउन थालिएको थियो तर कोरोना पछि कतिपयले भने भ्रमण गर्न पाएका छैनन् ।
गत सोमबार साझँ चीनीया राष्ट्रपति सि जिन पिंगले नेपाल स्थित राजदुत होउ यान्छीको फोनबाट राष्ट्रपति विद्यादेवी भण्डारीसगँ ४५ मिनट लामो टेलिफोन संवादमा केही सुझावहरु आएको आकलन गरिएको छ ।
त्यस पछि तीनै राजदुतले बिहिबार प्रधानमन्त्री ओलीसगँ बालुवाटारमा भेटवार्ता गरिन् । जुन ढिलो गरी सार्वजनिक भयो ।
त्यस पछि शुक्रबार अर्का अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालसगँ समेत अलग अलग भेटवार्ता गरे पछि नेकपा भित्रको विवाद मिलाउन केही भूमिको चीनको देखिएको एक स्थायी समिति सदस्यको दाबी छ ।
यस अघि नेपालको राजनीतिमा सरकार ढाल्ने , बनाउने कार्यमा भारत र उसको खुफिया एजेन्सी रअको भूमिकामाथि चर्चा हुने गर्दथ्यो । तर यस पटक भारतीय भूमिका त्यति देखा परेन खुलेर । तर चीनीया भूमिका खुलेरै देखा पर्यो । जसका कारण पनि नेकपाको विवाद अस्थायी रुपले समाधान भएको देखिएको छ ।
वामदेवलाई प्रधानमन्त्री बनाउने तयारी , तर कहिले ?
लामो समयदेखि प्रधानमन्त्री हुने पालो पर्खेर बसिरहेका गौतम मत्थर हुनुको कारण उनलाई प्रधानमन्त्री बनाउने आस्वासन नै हो । पार्टीले यस अघि राष्ट्रिय सभामा सिफारीस गर्दा समेत कार्यन्वयन नगरेका ओलीले एकाएक उनैलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याए पछि सबै चकित परेका थिए ।
त्यसको कार्ययोजना अनुसार पाल्पा १ का दलबहादुर राना मगरलाई राजीनामा गराएर ६ महिना भित्र उपनिर्वाचन गराई गौतमलाई प्रधानमन्त्री बन्ने ढोका खोल्ने समझदारी भएको छ ।
डोल्पादेखि काठमाण्डौं सम्म यस अघि भएको यस्तो चर्चाको निकै आलोचना भएको थियो । शायद यो कार्यन्वयनमा जाने खबत फेरी अर्को ठूलो आलोचनाको सामना गर्न नेकपा बाध्य हुनेछ ।
प्रचण्ड र माधवमाथि अख्तियारको तरबार ?
आफू विरुद्ध घेराबन्दीमा लागेको भनेर प्रचण्ड र माधव कुमार नेपाललाई अख्तियार मार्फत भ्रष्टाचारको फाईल अघि बढाएर तह लगाउने रणनीति ओलीले बनाएको दाबी केही नेताको छ ।
प्रचण्डलाई लडाकु शिबिर घोटाला काण्डको ४ अर्ब बढीको र माधव कुमार नेपाललाई पनि अख्तियारको तरबार चलाउने ओलीको तयारी थियो भन्ने दाबी कति सत्य हो व्यवहारमा आएन । तर उनले आधा रातमा बालुवाटारमा अख्तियारका प्रमुखलाई बोलाएर गरेको छलफल भने अर्थपूर्ण छ । संवैधानिक आयोगका प्रमुखहरुसगँ रातारात छलफल गर्नुले केही गंभीर सकेत गरे पनि तत्कालका लागि पार्टीको आन्तरीक एकता भएकाले अब त्यो अघि नबढ्ने देखिन्छ ।

नेकपामा यो एकता स्थायी भने बन्ने छैन, त्यसको संकेत २५ गते बस्ने स्थायी समितिको बैठकले दिने अनुमान गर्न सकिन्छ । साथै एमसीसी नेकपा भित्र विवाद निकाल्ने अर्को मसला बन्न सक्ने छ । लकडाउन र संभवत कोरोना नियन्त्रण पछि ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी