रेडियो पत्रपत्रिका सहज रुपमा सञ्चालनका लागि पत्रकार महासंघ कञ्चनपुरको माग

रेडियो पत्रपत्रिका सहज रुपमा सञ्चालनका लागि पत्रकार महासंघ कञ्चनपुरको माग

  • शनिबार, बैशाख २०, २०७७
  • डम्मर राज भट्ट

  • 9.4K
    SHARES

कन्चनपुर बैशाख २० । विश्वभरी कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण बढेको छ । नेपालमा पनि कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लकडाउन गरिएको छ । गत १० चैत्रदेखि लकडाउन भएपछि कञ्चनपुरका सम्पूर्ण पत्रपत्रिका पूर्ण बन्द भएका छन् ।

लकडाउनका कारण त्यसको प्रत्यक्ष असर संचार क्षेत्रमा पनि परेको छ । लकडाउनका कारण कञ्चनपुरबाट प्रकासित हुने दैनिक तथा साप्ताहिक पत्रिका बन्द भएपछि नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले सरकारसंग अनुदानको माग गरेको छ ।

शनिबार महेन्द्रनगरमा बसेको महासंघको बैठकले रेडियो, पत्रपत्रिका सहज रुपमा संचालनका लागि अनदानको माग गरिएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा उत्पन्न विषम परिपस्थति र लकडाउनका कारण पत्रपत्रिका बन्द हुनुका साथै रेडियो र अनलाईन संचार माध्यामहरु निकै मारमा परेकोले लोक कल्याणकारी विज्ञानको रकम निकासीका लागि सुचना विभागमा अनुरोध गर्ने निर्णय गरिएको बताए ।

अध्यक्ष अवस्थीले विषम परिस्थितिमा दिनरात अहोरात्र खटिने जिल्लाभरीका सम्पूर्ण पत्रकारलाई हार्दिक बधाई तथा सुरक्षा संयमितता अपनाउन अनुरोध गरेको छ ।

यस्तै पत्रकार महासंघ शाखा कञ्चनपुरले महासंघको भवनको माथिल्लो तला र पर्खाल घेरबार निर्माणनका लागि सुदूरपश्चिम प्रदेश सरकार र भीमदत्त नगरपालिकाले बजेट विनियोजन गरेकोप्रति हार्दिक धन्यवाद दिदै निर्माण कार्य ठेक्का मार्फत गर्ने सम्बन्धीत निकायसंग अनुरोध निर्णय गरिएको छ । यस्तै बैठकका सहभागि पत्रकारलाई भीमदत्त नगरपालिको मास्क र सेनिटाईजर सवतरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ