ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा सरसफाईकर्मीलाई सम्मान

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा सरसफाईकर्मीलाई सम्मान

  • शनिबार, बैशाख २०, २०७७
  • राहुल गुप्ता

  • 7.7K
    SHARES

बिरगंज, बैशाख २० । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले बिरगंज महानगर पालिकाका सरसफाइ कर्मीहरुलाई प्रोत्साहनका लागी सम्मान गरेको छ ।

कोभिड (१९ कोरोना भाईरसको कारण बिश्वको जनजीवन त्रासमय भैइ रहेको अवस्थामा नेपालमा पनि यसबाट बच्नको लागी सरकारले चैत्र ११ गते देखि लकडाउन गर्दै आईरहेको र सम्पुर्ण उद्योग , कलकारखाना , यातायात , व्यवसाय , कृषि , पर्यटन व्यवसाय र शैक्षिक क्षेत्र समेत बन्द रहेको छ ।

बिरगंजमा पनि कोरोना भाईरसको संक्रमितहरु देखा परेको अवस्थामा महामारीको जोखिम तथा संक्रमण दिनानुदिन बढदै गैइरहेको बेला पनि बिरगंजमा सरसफाईको काम भने रुकेको छैन हरेक दिन आफ्नो ज्यानको बाजी राखेर बिरगंज महानगर पालिकाका सरसफाइ कर्मिहरु दिन रात लागी रहेकोले त्यस्ता सरसफाई कर्मीहरुको मनोबल र हौसला बढाउन प्रोत्साहनका लागी ग्रिनसिटि सामुदायिक सेवा केन्द्र , आदर्शनगरले शनिबार उनिहरुलाई खादा ओढाएर फुलको गुच्चा दिएर सम्मान गरेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र , आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनु भएको थियो ।

सो सम्मान कार्यक्रममा प्रहरी चौकी आदर्शनगरका प्रमुख प्रहरी नायब निरीक्षक सुर्य नारायण चौधरी तथा बिरगंज महानगर पालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाको प्रमुख आतिथ्यमा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको थियो ।ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरु मुकेश खेतान , बिकाश रुङ्ग्टा , कैलास बजाज , गिल्पेक चन्द्र दारुका, चन्द्र अग्रवाल , रेडियो बिरगंजका कार्यकारि निर्देशक धुर्व साह , सन्चारकर्मी आरके पटेल , धिरज दारुका , शिव गुप्ता , छोटेलाल प्रसाद कुस्वाह लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ