ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा ७ घर जलेर नष्ट

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा ७ घर जलेर नष्ट

  • शनिबार, बैशाख २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES
सांकेतिक तस्बिर ।

तापलेजुङ, बैशाख २० । ताप्लेजुङ फुङलिङ नगरपालिका-५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको छ ।
हिजो राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट अचानक आगलागी हुदा सो आगो फैलन गई वरपर रहेका सात घर र पाँच वटा घुम्तीमा आगलागी भएको हो ।

देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज बाट आगलागी हुदा छिमेकी नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा संचालनमा रहेका होटल तथा लजहरु पूर्णरुपमा  जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसै गरी सोही आगो फैलन गई नजिकै रहेका बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ती काउण्टरको घुम्ती समेत जलेर पूर्णरुपमा नष्ट भएको छ ।

उक्त आगलागी के कसरी भयो खुल्न सकेको छैन भने सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आज बिहान पौने ५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ