अछाम १९ बैशाख ।
जिल्ला अस्पताल अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा ५ घर भएका ५१ वर्षीय महिलाको हिजो अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । कोरोना भाइरस आशंकामा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत पीसीआर परीक्षणका लागि स्वाब सुर्खेत पठाइएको थियो ।
रिपोर्टमा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुगानाले बताउनु भएको छ । कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको आशंकामा बैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline