अन्तराष्ट्रिय श्रमिक दिवस र भोका मजदुरको प्रश्न

अन्तराष्ट्रिय श्रमिक दिवस र भोका मजदुरको प्रश्न

  • शुक्रबार, बैशाख १९, २०७७
  • सर्वराज वि सी

  • 17.1K
    SHARES

आज मे १,२०२० जस अनुसार अनुसार बैशाख १९,२०७७ अन्तराष्ट्रिय श्रमजीवि बर्गको ऐतिहासिक दिन हो । आठ घन्टा श्रमको माग पुरा गराउन सफल अमेरीकाको सिकागोमा भएको श्रमिक आन्दोलन संस्मरणमा १९९०को मेइ १ देखी अन्तराष्ट्रिय श्रमीक दिवस मनाउन शुरु गरीएको थियो । यो दिनलाइ नेपालमा पनि श्रमीक दिवशको रुपमा मलाउदै आएको छ । आज विश्व व्यापी महामारीका रुपमादेखा परेको कोभिड १९ नमामक घातक भाइरसको समाना गर्न विश्वनै संघरर्षरत छ । यतिवेला संसारभरका मजदुरहरुको रोजगारी गुमेको छ । दैििनक ज्यालादारी र मजदुरी गरेर रोजीरोटी गर्ने श्रमीक मजदुरहरु आज भोक भोकै बस्नु परेको अवस्था छ ।
नेपालको विभीन्न परीवर्तनको आन्दोलनमा हजारौं श्रमीक मजदुरहरुले ज्यान गुमाएका छन । हजारौ घाइते अपाङग भएका छन, आन्दोलनको नेतृत्व गर्ने मजदुरका नेताहरु आज मन्त्री सभासद सम्म भएका छन तर मजदुरहरुको हकहितको लागी अहिलेसम्म कुनै पनि कार्यक्रहरु ल्याउनसकेका छैनन । मजदुरलाइ विभीन्न आन्दोलमा प्रयोग गरेर सिढी चड्ने भड्याङ बनाइएको छ । ति आन्दोलको नेतृव गर्ने नेताहरुको जिवन शैलि फेरीय पनी आन्दोलनमा सहभागी हुने मजदुरहरुको जिविका पार्जन गर्न मुस्कील अवस्थामा छ । दैनिक रुपमा बढ्ेको मुल्य बृद्धि र कालोबजारी , भ्रष्टचारको सिकार श्रमीक मजदुर वर्ग भएका छन । अझै पनि महीला पुरुषको समान ज्याला निर्धाण गरीएको छैन सरकारले महीनाभरी काम गरेको ज्याला तेह्रहजार तोकीए पनि र धेरै जसो कम्पनिहरु र मालीकहरुले तिन हजार तलवमा काम गराउने गरेको पाइएको छ ।त्यही श्रमीकको पसिना र रगतले तिरेको कर विदेशमा ५५ डिग्रीको तातो घाममा काम गरेर नेपाल पठाएको रेमिटान्सले देश धानेको छ । सरकारले त्यको सही सदुपयोग गर्न सकेको अवस्था छैन । बरु सत्तामा बसेका सासकहरुलाई मजदुरको रगत र पसिना बगाएर तिरेको करमा भ्रष्टचार, र कालोबजारी, भोकमारी निम्त्याएको छ ।
दलाल संसदीय ब्यवस्थाले चरम शोषण,उत्पीडन गरीरहेको बेला शासन सत्ताको नालाएकीपन श्रर्मिक जनता माथिको बर्बरता हामी सवैले भोगीरहेका छौं । इतिहासका असफल पात्रहरुले राज्यसत्ताको बागडोर समालिरहेको यो अवस्थामा भोका नाङगा निमुखा जनताहरुले झन ठुलो सास्ती ब्यहोनु परेको छ । अन्याय अत्यचारका खुनी पन्जाहरु फीजाइ भोकाइएका गीद्धहरु जस्तै मजदुर बर्गमामा अमानविय ब्यवहार गरीरहेका छन ।
अभाव बेरोजगारी भोकमारी र अन्याय अत्याचारको पर्याय बनेको विश्व पुँजिबाद र नेपालको कथित कम्युनिष्ट पाटीको सरकारको गैरजिमेवारीका कारण यतिखेर नेपालको श्रमक्षेत्र चौपट भएको अवस्था छ । श्रमीक वर्ग अव केही दिनमा दोहोरो मार खेप्नुपर्ने अवस्था उत्पन्न भैरहेको छ । कोरोनाको डर तरासगै रोजगारी खोसीदै छ । बैदेसिक रोजगारीमा गएका युवाहरु विचल्ली परेका छन । बार्षीक ९ अर्वको रेमिटान्स भित्रयाउने श्रमीकहरु आफ्ना देशमा फ्रर्कन पाएका छैनन । लामो लकडाउनको कारण दैनिक गुजारा चलाउन अभाव भएपछि सडकमा रुदै कराउदै गरेको आवाज सुनिन थालेका छन । श्रम ऐन र कानुनका कितावका ठेलीमा सिमीत छन । सरकाले एकपक्षीय ढङ्गले घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम श्रमीकको पक्षमा छैन । एनजीओ र आईएनजीओसंग साँठगाँठ गरीरहेका सङघसंगठनहरु श्रमीकको विचमा मुखर्दसी बनेका छन । देशमा कालोबजारी ,भ्रष्टचार,र कमीसन जस्ता खेलहरु चलिरहेका छन । यी सवै विकृतिको मुल कारण असफल संसदीय व्यवस्था हो । त्यसैले यो व्यावस्थाको अन्त्ये गर्न क्रान्तीकारी र राष्ट्रवादीहरुसगँको एकृकित आन्दोलनको आवश्यक छ ।
हामी यतिखेर इतिहासको कठीन संकटपुर्ण घडिको यात्रामा छौं ।सत्तामा रहेका सत्ता चलाइरहेका के पी शर्मा ओली र संसदीय दलका नेताहरु आम मजदुर श्रमीक वर्गको अविभावकको भुमिका निर्वाह गर्ने समयमा कुर्सि र पदको लागी शक्ती बाँडफाँडमा लाग्नुले आम नेपाली श्रमीक मजदुर बर्गमा निरासा पैदा भएको छ । यदी राज्य सरकारमा रहेका सासकहरु जनताप्रति उत्तरदायी नहुने हो भने श्रमीक जनता भोक भोकै घरको बन्द कोठामा बस्न सक्दैनन । त्यसले गर्दा सरकारले ठुलो मुल्य चुकाउन पर्नेछ । यो कोभिड १९ संकटमा श्रमजिवी वर्गको पक्षमा रुपमा कलम चलाउने, पत्रकार र बुद्धिजिवि र क्रान्तीकारी शक्तीहर एकजुट होऔ श्रमिक आन्दोन र पर्वको रुपमा मात्र नभएर आमश्रमजिवी वर्गको मुक्ती र सत्ता स्थापनाको लागी एकीकृत जनआन्दोल बाट प्राप्त गर्न सकीन्छ भन्ने कुराको आत्मसाथ गरौं । श्रम्पुर्ण श्रमीक मजदुर वर्गमा अन्तराष्ट्रिय श्रमीक दिवसको हार्दीक शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी