नवलपरासी पश्चिम, १९ बैशाख । भनिन्छ दानिलाइ कहिल्यै हानि हुँदैन ! हो, यहि भनाइलाइ चरितार्थ गर्दै नवलपरासी पश्चिमको आरती एग्रो प्रालिका संचालक , यवा नेता तथा उद्योग वाणिाज्य संघ नवलपरासीका उपाध्यक्ष नगेन्द्र अग्रहरीले लकडाउनमा अपांगता भएका घरपरिवारलाई राहतको रुपमा खद्दान समाग्री वितरण गरेका छन् ।
अग्रहरीले अपांगता भएका २५ घरपरिवारलाई राहत स्वरुप १० किलोग्रामको दरले चामल र ५ केजी चिउरा बितरण गरेका हुन् । नव जीवन अपांग संस्था रामग्राम परासीलाई एक मुस्ठ रुपमा राहत दिइएको संस्थाका नारायण कुर्मीले बताए ।
लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अपांगता भएका घरपरिवारलाई राहत वितरण गरेको अग्रहरीले बताए ।

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९ ) महामारीको कारण सरकारले गरेको लकडाउनमा जिल्ला भित्र रहेका अति विपन्न अपांग भएको परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आ -आफ्नो ठाउबाट अति विपन्न र अपांगता घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेकोमा अग्रहरीले जोड दिए ।
यसअघि पनि नगेन्द्र अग्रहरीले स्थानिय तहमा आर्थिक सहयोग गरि सक्नु भएको छ ।