बैशाख १९ ललितपुर । समाजसेवी पुणम शाह तथा बौद्ध घ्याङ गुठीका सल्लाहकार मनिष गोङ्वाको पहलमा विहिबार मजदुरले उचाल्नै नसक्ने राहत पाएका छन् ।
ललितपुर बालकुमारी क्षेत्रमा बसोबास रहेका पीडित ३० जना मजदुरहरुलाई विहिबार व्यवसायी नेता शिव कट्टेलको सहभागितामा १ बोरा चामल, दाल,तेल लगायत राहत सामग्री वितरण गरिएको छ ।
वडा कार्यालयले राहत वितरण गर्छ र खाउँला भन्ने आशमा तडपिएका मजदुरहरुलाई आफ्नो पहलको राहतले धेरथोर सहयोग मिलेको बौद्ध घ्याङगुठीका सल्लाहकार मनिष गोङ्वाले बताइएका छन्।राहत पाएपछि मजदुरहरु मख्ख छन् राहत वितरणमा सहभागी व्यवसायी नेता शिव कट्टेलले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline