अन्तराष्ट्रिय मजदुर आन्दोलनः ट्रेड युनियनको कमाई खाने भाडो नवनोस्

अन्तराष्ट्रिय मजदुर आन्दोलनः ट्रेड युनियनको कमाई खाने भाडो नवनोस्

  • शुक्रबार, बैशाख १९, २०७७
  • हरि वहादुर श्रेष्ठ

  • 21.2K
    SHARES

अन्तराष्द्रिय मजदुर आन्दोलनको भषण गर्दै विश्वका टेडयुयिनले कमाइ खाने भाडो वनाएको पाइन्छ । सुरुमा क्रान्तिकारी भवना देखए पनि पछि पुजीवादी साहुहरुले धनको लोभ देखाएर मजदुर माथि गदारी टेडयुनियनका नेतालाई पुजीको लोभ देखाउने र कम्पनीको सिअर होल्डर वनाएर मजदुरको ज्याला न्यूनतम पारित गरेको पाइन्छ । अन्तरराष्द्रिय मजदुर अन्दोदोलनका पेरु अमेरिकाको सि कागो शहरका मजदुर आन्दोलनलाई भाषणको माध्यम वनाउने पँुजीवादी साहु र उद्योगीसग सहकार्य गरी टेडपयुयिनवादी नै साहु हुने गरेको पाइन्छ । यो नेपालमा वढी देएिको छ ।

धनीहरु झन धनी हुर्दै गए गरिव झन गरिव हुन थाले । मजदुर माथि अतिरिक्त शोषण हुदै गयो मेसिनको तालमा मजदुरलार्य काम लगाउदै जान थालियो । जहाँ पुजीवादले आफ्नो नाफा कमाउन महिला वालवलिकालाई न्युन ज्यलामा काम लगाउथे ।

नेपाली मजदुरको तलव भत्ता न्युन तोकेकोे पाइन्छ । अन्तराष्द्रिय मजदुर आन्दोलनमा हेर्दा खास गरी सामन्तवादी नभईकन सोझै पँुजीवादी समाजको जन्म भएको अमेरिकामा १८६० को हाराहारी मजदुरको ज्याला न्युन ताकेको पाइएको छ । जहाँ १७६६ मा इङग्ल्याडवाट स्वतन्त्र भएको अमेरिका आफुलाई आत्मा निर्भर हुन कृषी अर्थतन्त्र र औद्योगी दिशामा अगाडी वढ्यो । यसरी अगाडी वढ्ने क्रममा अमेरिकाले एक शदाव्दी जति ऐहिासिक पुरा गरेको थियो यो पुरा युरोपलाई एक हजार वर्ष लगेको थियो । यसरी अगाडी बढ्ने क्रममा अमेरिकाले १८३० मा रेल लाइन विछाउने फलाम, तामा,कोइला र काठपात जस्ता कच्चा पदार्थको भण्डार गर्ने कच्चा पर्दाथ सदुपयोग गरी औद्योगी करणलाई अगाडी वढाएको पाइन्छ ।

१८४० देखि १८५० सम्म अमेरिकाले औद्योगी क्रान्ति मात्र गरेर विश्वको पाचौ स्थानमा उकालो लागेको अमेरिका योे ल्याउन यहाँको लाखौ मजदुरको श्रम र पसिना खर्च भएको देखिन्छ । सन १८६० को सेरोफेरोमा सुयुक्त राज्य अमेरिकाको कुल जनसङ्या ३ करोड १० लाख थियो । यो जनसङयाको कपडा काखानामा ५३ लाख, यातायतमा १८ लाख १० लाख खेतीमा, ७० हजार तेल मजदुर थिए । यी मजदुरहरुलाई विहान वेलुकाको गर्जाे टार्न १६ देखि २० घण्टा जोतिनु पर्दथियो पुँजीवादको चरम शोषण सिमाहिन थियो । १० वर्षका वालवालिकाहरुले समेत १३–१४ घण्टा काम नगरे खानु नपाउने अवस्था थियो । पँुजीवादको कारण १८६५ मा अमेरिका विश्वको पाचौवाट चौथो स्थानमा पुग्यो । यसरी अमेरिकाको तेज गतिले गएर पुजीवादको विकास सगै मजदुरमाथि शोषण पनि तिव्र हुर्दै गयो । धनीहरु झन धनी हुर्दै गए गरिव झन गरिव हुन थाले । मजदुर माथि अतिरिक्त शोषण हुदै गयो मेसिनको तालमा मजदुरलार्य काम लगाउदै जान थालियो । जहाँ पुजीवादले आफ्नो नाफा कमाउन महिला वालवलिकालाई न्युन ज्यलामा काम लगाउथे ।

जहाँ महिलालाई हप्ता भरी काम लगाए वाफत ६ डलर मात्र दिइथियो भने वालवालिकालाई नगन्य थियो । त्यसे कारण मजदुरको दिन भरी काम गरेर झाप्रोमा फर्कदा खाने कुरा केहि हुदैन थियो । तसर्थ मजदुर सवभन्दा सस्तो सुख्खा रोटी खाएर सुत्थे । दिउसो सुख्खर वा सुख्खा एक माछामा नुन हालेर रोटी खान्र्थे । सुगुर गोरुको मासुसग रोटी खाएको दिन सुखीले गदगद हुन्थे । डेरामा भाडा तिर्न नसकेपछि एक कोठामा ८–१० जना कोचिएर सुत्न वाध्य हुन्र्थे । लगाउने कपडा एक दुई जोर मात्र हुन्थियो । मजदुरको चेतना त्यति विकास भैसकेको थिएन ।
१८७० को दशकमा जादा खपी नसक्नुको दमन र अत्यचारवाट पिडित भएका मजदुरहरुले लामो समय कामको र अत्न्त न्यून ज्यालाको विरुद्धमा आवाज उठाउन थाले । १८७० देखि १८८० बीच १० वर्षके अवधी मजदुहरुको सघर्षको वर्षको रुपमा लिन सकिन्छ । यो अवस्थामा रेल र कोइलाखानी मजदुरको हडतालको रुपमा लिन सकिन्छ । यो समयमा रेल लाइन विछ्याउने र कोइला खानीमा काम गर्ने मजदुरहरु आर्थिक र राजनितिक हडताललाई उत्कर्षमा प¥याए । तर पुँजीपतिहरुले ती हटताललाई असाध्यै निर्दयतापुर्व दवाउथे । १८७७ मा अमेरिकामा रेल मजदुरले प्रथम पल्ट विशाल आम हडताल गरे यो हडताललाई पुँजीपतिले कम्युनिष्ट भनेर सङज्ञा दिए । शहरमा लफङगा र गुण्डाहरुलाई पैसा खुवाएर मजदुर विरुद्ध आक्रमण गर्ने लगायो । पत्रपत्रिकामा आम हडताल रोक्न माग गरियो । तर आम हडताल थामिएन । सरकारले ठप्प भएको रेल जवर जस्ती सुचारु गर्ने खाज्यो । तर प्रदसन मजदुरको आम हडतालले ती रेल सुचारु हुन सकेनन । उल्टै सुचारु भएका रेल रोकिन थाले । त्यस पत्तिचात ती पुजीपति वर्गको प्रति प्रनिधित्व गरेको सरकारले मजदुरका कामको घण्टा घाटाउने र ज्याला वढाउने मागलाई सम्वोधन गरेनन । उल्टो मजदुरको भिडमा गोली वर्साउने सेनलाई आदेश दियो ।

पुँजीपति वर्गको दमनले मजदुर आन्दोलन कमजोर भएन । यसलाई साथ दिन अन्य औद्योगी मजदुर किसानहरु समेत रेल मजदुरको आम हडताल समर्थनमा उत्रिए । तर पुजीपति वर्गको सरकारले दमनको सहारा लियो बिशेष पिटर्स वर्ग, बाल्टिमोर, सिकागो शहरहरुमा सरकारका हतियारधारी , सिपाही, र मजदुरवीच ठुलो भिडन्त भयो । यो भिडन्तमा करिव ३०० मजदुर सहिद भए । यो हत्यकाण्डले सयुक्त राज्य अमेरिकाका लाखौ मजदुरलाई स्तम्व बनायो । तर मजदुर पछि हटेनन । पुजीपतिका विरुद्धमम सघर्ष गरी रहे । पुँजीपतिको विरुद्धमा जीवन मरणको लडाई नलडी नछोडने सफत खाएर । सघर्षको घोषण गरे । मजदुरले नयाँ सिरावाट मजदुर आन्दोलन उठाउन ८ घण्टा कामको माग राखेर आन्दोलनलाई अगाडी वडाउन थाले । पुजीपति वर्गको सरकारले यो सघर्षलाई कुल्चने साहस ग¥यो । हजारौ मजदुरहरु सहित भए । अमेरिकाको दक्षिण प्रान्तको मुख्य राज्य टेक्सासदेखि सेन्टलुईसम्म रगतको भल वग्यो । यसमा मजदुरको भिषण आन्दोलनले पुजीवादीसग हार पिडा व्यहोरे पनि तर पुँजीपति वर्गको दमन अध्यारो शासन कायम राख्ने सपना भने पुरा भएन । केहि महिना पश्चान नै पुन मजदुरहरुले आठ घण्टा काम आठ घण्टा मनोञ्जन र आठ घण्टा आरमको माग राखेर आन्दोलन गर्ने तयारी गर्न थाले । यर्थाथ पेरिस कम्युनको हारपछि सुस्ताएको मजदुर आन्दोललाई अमेरिकाका महसुस मजदुरहरुले फेरी व्यँुझाउने काम गरेको थियो । यो आन्दोलनले १८८६ एउटा बृहत् निर्णयक मे आन्दोलनका निमित पृष्ठभुमी तयार गरेको थियो । अगगस्त २० १८६६बाल्टिमोरमा भेला भएको मजदुर सङ्गठनहरुको भेलाले सर्वप्रथम ८ घण्टा कामको माग राखेर नेसनल लेबर युनियन भन्ने एक संगठनको निर्माण गरेका थिए । यो संगठनका एचवी सिल्भस प्रथम अन्तराष्टियका नेताहरुसग थिए नेसनल लेवर युनियनको १८६७ को अधिवेशनले अन्तराष्टिय मजदुर आन्दोललनलाई सहयोग गर्ने निर्णय गरेको थियो । यो संगठनलाई काल मास्ले पनि जोडले समर्थन जनाएका छन । यो अमेरिकाको मजदुर आन्दोलनलाई मास्ले निग्रो र गोरा मजदुरको कुरा पनि उठाएको पाइन्छ । यसमा काला र गोरा मजदुरहर वीचको भेदभाव पनि हटाउन जरुरी भएको मास्सले वर्गीय एकतामा जोड दिएको पाइन्छ । सन १८८६ को मजदुर आन्दोलनका विश्व सर्वहारा वर्गका माहान नेता मास्सको मृत्तु भई सकेको थियो । एड्गेल्स जीवति थिए । त्यो समयमा अमेरिका मा आठ घण्टा कामको माग लिएर ३ लाख ५० हजार जनता आन्दोलनमा उत्रिए । आन्दोलन सफल सिखरतिर पुगेको थियो सिकागोका मजदुरहरुले ज्याला बृद्धी र आठ घण्टा कामको मागलाई लिएर मे १ १८८६ का दिन मुलुक भरी ठप्प पार्ने गरी एउटा निर्णयक आन्दोलन गर्नेतयारी अगाडी वढाए । प्रतिक्रिावादीका अखवरहरुले यो तयारीलाई बिभिन्न कोणवाट वदनाम गर्ने प्रयास गरे । यसलाई सिकागोमा कम्युनिष्ट विद्रोहको प्रचार गरे । यी अखवरहरुले हडतालिहरुलाई बमले उडाउनु पर्छ भन्ने विचार समेत प्रकट गरे तर मजदुरहरु आफ्नो निर्णयमा अडिग रहे । आन्दोलनको तायरी हुर्दै गयो प्रतिक्रियावाद अखवरहरुले सड्कको हरेक वस्तीको खम्वालाई एउटा कम्यनिष्टको लासले सिगानु पर्दछ हुदङ्गलाई गोली नेतालाई डोली जस्ता शिर्षकमा समाचार प्रवाह गरे । यस्तो धम्कीवाट मजदुर तर्सेनन् । मे १ १८८६को दिन वाट सिकागो मजदुरहरुले आम हडतालको घोषण गरे पहिलो दिनको आन्दोलनमा ४० हजार मजदुर सड्कमा आए । दोस्रो दिनको आन्दोलनमा न्युयोर्क, बाल्टिमोर , वासिङ्गटन, सेटलुई आदी शहर हुर्दै देश भरी फैलियो । मजदुरको सङ्या बढेर डव्लल ८० हजार पुग्यो । मे १२ को मजदुर आन्दोलनवाट पुँजीपति वर्गको सरकार आत्तालिन पुग्यो । जसको मजदुर आन्दोलनवाट अतिएको सरकारले मे ३ को तेस्रो दिन एक लाख सहभागी आन्दोलनमा सरकारले गोली चलाउने आदेश दियो ।

मे ३ का दिन निशस्त्र शान्तिपुर्ण हडतालमा उत्रेका मजदुरमाथि निर्मतापुर्व पुजीवादी सरकारले निमुखा मजदुर माथि गोली वसाइयो । जसमा गोलीले ५ जना मजदुरको ज्यान गयो, ५० जना घाइते भए । यसले पुजीपति वर्गको सरकारप्रति मजदुर थप कोध्रित हुन पुगे । मजदुरले मे १४ को दिन सरकारको हिंसक र बर्बर आक्रमणका विरुद्ध हे मार्केटमा बिशाला जनसभाको आयोजना गरे । बिशाल जनसभा भव्य रुपमा सम्पन्न हर्दै थियो । सभामा अन्ततिर मजदुरलाई भडकाउन सरकारलाई दमनको लागि वातावरण निर्मार्ण गर्न का निमित एक जना सरकारी दलाल व्यात्तिले पुलिस जत्थातिर एउटा शक्तिशाली वम फ्याकेर भग्यो । सो वम विस्फोटनका कारण एक जना सार्जेन्टको ज्यान गयो । त्यस पश्चात भड्केको मजदुको हिंसामा ७ जना पुलिस र ४ जना मजदुरको ज्यान गयो । यहि निहुमा सरकार मजदुको विरुद्धमा क्रुर दमनमा उत्रियो । सभामा सरकारवाट पुलसिले लाठी, मुङ्गा र गोली बसाउन पुग्यो ।

यो आन्दोलनमा त्यहाँका युनियनहरु एक भएको देखिन्छ । सेन्द्रल लेवल युनियन,फेडरेसन नाइट्स अफ लेबर र सोसलिस्ट लेवर पार्टीसित सम्वधीत सबै मजदुर सङ्गठनहरु मेर्चागत रुपमा सहभागी भए । सरकारले सो वमकाण्डको अरोप मजदुर नेता माथि थुपा¥यो । मजदुर नेताहरुका विरुद्ध एकलौटी रुपमा हत्यारा सावित गर्ने प्रपञ्च मिलायो र मजदुर नेतालाई प्रतिक्रियावादी अदालतमा खडा गरियो । अदालतले मजदुर नेताहरुलाई पारसन स्पाइस फिसर र एङ्गेललाई फाँसीको सजाय सुनायो र कयौ मजदुर नेताहरुलाई कडा कारवासको सजाएले मजदुर आन्दोलनलाई सिसथल र कमजो वनाउन । करुण र मूख्य दोसीका रुपमापुँजीवादी न्यायलयले फासीको तख्तामा झुण्डाउने फैसला गर्दा ती द्ध जना महान सहिदहरुले आफ्नो वीरता र मजदुरको आन्दोलनलाई अटल विश्वासलाई यसरी प्रदशन गरेका थिए ः तिमीहरु हामीलाई फाँसी दिएर दुख कष्टमा बाँची रहेका लाखौ , करोडौ थिचिएका श्रमिक जनताहरुको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौं र यही तिमीहरुको मत छ भने हामीलाई झुण्ड्याउ तर तिमीहरुले थाहा पाउनु पर्छ एक टुक्रा फिलिङ्गोलाई मात्र कुचदै छौ , जुन जसको ज्याला तिम्रा अगाडी पछाडी ढल्की रहेको छ । यो ज्याला जनातको वीचमा दन्की रहेको छ । यसलाईदवाउने तगत तिमीहरुको छैन ।

चार जना मजदुर नेताहरुलाई फाँसीको सजाय दिएको घटना विश्व व्यापी भयो । मे एक आन्दोलनले समर्थन रमजदुर नेताहरुको हत्याको विरुद्धमा युरोपभरी विसाल मजदुर प्रदसनहरु भए । १८८९ मा संसारका प्रतिनिधिहरुको एउटा वैठक सम्पन्न भयो । सो वैठकले मे १ लाई अन्तराष्टिय मजदुर दिवस मनाउने निणर्य ग¥यो । १८९० मा ८ घण्टा कामको मागलाई लिएर समग्र युरोप भरी विराट मजदुरको आन्दोलनहरु भए । लडनमा भएको आन्दोलन एङ्गेसले भाग लिएका थिए । चार जना मजदुरलाई फाँसी दिएको ४ वर्षपछि अमेरिकी सरकार मजदुरलाई ८ घण्टा कामको विवस पुरा भयो । भने मजदुरले सघर्षवाट ८ घण्टा काम, ८ घण्टा मनोरोञ्न, ८ घण्टा आरमको सम्झातामा अमेरिकाको पुजीवाद झक्न वध्य भएको देखिन्छ ।
यसरी अन्तराष्टिय मजदुरहरुको लडभग ३० दशक लामो आन्दोलनले विश्व मजदुरलाई आफ्नो हक अधिकारमा लड्न सिकाएको पाइन्छ । तर आज ती मजदुरको आन्दोलनलाई भर्जार विश्व राजनितिक दलका खोल खोडेका युनियनले मजदुरलाई यो सिकागो सहरको आन्दोलन प्रवचन गर्ने र मजदु माथि प्रणघातिक सम्झौता गरी हिजोको पुजीवाद र आजको पुजीवाद नेपाली मजदुर माथि श्रम शोषण गरेको पाइन्छ । जहाँ काम गर्न मजदुरको विहान वेलुकी छाक टार्न गा¥हो अवस्थामा आज मजदुर छटपडाई रहेको छ । उद्योगी आफ्नो लगानी वढाएको वढाई छ । हिजो मजदुरको आन्दोलन सुरुवातमा धनी झन धनी गरिव झन गरिव थिए आज पनि उद्योग व्यापार गर्ने माथि पुगेको छ । श्रम गर्नेलाई एक छाक टार्न एक सहरो लगाउन थेरै ग¥हो भएको छ । यी वस्तुलाई चिर्न अव संसारका मजदुर वर्ग फेरी आफ्नो अधिकारबो लागि लड्न जरुरी देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी