नवलपरासीमा कार दुर्घटना एक जनाको मृत्यु, दुई जना गम्भीर घाईते

नवलपरासीमा कार दुर्घटना एक जनाको मृत्यु, दुई जना गम्भीर घाईते

  • बिहिबार, बैशाख १८, २०७७
  • रबिन्द्र यादव

  • 5.6K
    SHARES

नवलपरासी पश्चिम, १८ वैशाख । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं १६ केराबारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु २ जना घाईते भएका छन ।

बिहिवार साझ बर्दघाट देखी त्रिबेणी जादै गरेको बा।१२ च २००९ नम्बरको कार तिब्र गतिका कारण अनियन्त्रित भई बिपरित दिशामा रहेको बिजुलीको पोलमा गएर ठोक्किदा सवारी चालक बर्दघाट नगरपालिका वडा नं ४ बस्ने ४५ बर्षिय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए ।

यसै गरि पछाडी सवार सोही ठाँउ बस्ने राम प्रसाद पाण्डे र गोकर्ण शर्मा घाईते भएको हुदाँ उपचारको लागी भरपुर पठाईएको थापाले जानकारी दिए ।

सवारी दुर्घटनामा परि मृत्यु भएको सबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल परासी पठाईएको प्रहरीले बताएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ