ओलीको त्यो राजनीतिक क्षेप्यास्त्रः निशानामा को , लक्ष्य के ?

ओलीको त्यो राजनीतिक क्षेप्यास्त्रः निशानामा को , लक्ष्य के ?

  • बिहिबार, बैशाख १८, २०७७
  • एण्डीज शर्मा

  • 12.4K
    SHARES

बैशाख १८ काठमाण्डौं । नयाँ नयाँ उखान तुक्का मार्फत विपक्षीको दिमाग खल्बल्याउन सक्ने प्रधानमन्त्री केपी ओलीले बहुमत पार्टी नेताहरुले अनुमान गरे विपरीत नयाँ राजनीतिक क्षेप्यास्त्र प्रहार गरेका छन् पार्टी भित्रै ।
उनले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन माग गर्ने नेताहरुले सोचे भन्दा फरक ढंगले राखेको त्यो प्रस्ताव को अर्थ र रहस्य के हो ? अरु सबै चकित परेका छन् । जस्तो राजीनामा दिन्छु पनि भने तर अहिले होईन कोरोना सकिए पछि ? कोरोना कहिले सकिन्छ त भन्दा अहिले टुंगो छैन ? उनको कार्यकाल कति बाकीँ छ भन्दा करीब अढाई बर्ष । अनि त्यतिबेला सम्म कोरोना सकिएन भने ? ओलीको आशय स्पष्ट छ राजीनामा हुदैन ।
यसको अर्थ पुरै कार्यकाल भईरहने उनको जुक्ति अनुसार वामदेवलाई प्रधानमन्त्री बनाउने नयाँ प्रस्ताव एक हिशाबले राजनीतिक क्षेप्यास्त्रकै रुपमा नेता कार्यकर्ताले बुझेका छन् ।
बैठकमा अर्का अध्यक्षले अध्यादेश र सांसद अपहरण काण्ड पछि सरकार र पार्टी बदनाम भएको भन्दै दुबै पदबाट राजीनामा दिन प्रस्ताव राखे । ओलीले शुरुमै बोल्न प्रचण्डलाई मौका दिएका थिए ।
प्रचण्डले राजीनामाको प्रस्ताव राखे पछि ओलीले भने , ठीक छ म कोरोना पछि प्रधानमन्त्री छाडौला , तर अब प्रधानमन्त्री वामदेव गौतमलाई बनाउनु पर्छ र अर्को पनि अध्यक्ष थपेर माधव कुमार नेपाललाई ल्याउनु पर्छ ।
त्यस पछि नेताहरु थप हैरान भए । कारण के छ भने तिनै प्रधानमन्त्री ओलीले गत फागुणमा बसेको सचिवालयको बैठकले राष्ट्रिय सभाको सदस्य बनाउन सर्वसम्मत प्रस्ताव पारित गरेको केही घण्टा पनि नवित्दै वामदेवलाई सिफारीस गर्दिन जे गर्न सक्नु हुन्छ गर्नुस्, म सामना गर्छु । भन्दै गौतमलाई राष्ट्रिय सभामा समेत लान अस्वीकार गरेर मृगौला प्रत्यारोपण गर्न शिक्षण अस्पतालमा भर्ना भए ।
अहिले गौतमलाई राष्ट्रिय सभामा समेत लगिएको छैन । कार्यकाल सकिएका युवराज खतिवडालाई राष्ट्रिय सभाको कार्यकाल सकिएको भोली पल्टै फेरी अर्थ र सञ्चार मन्त्रालयमा सपथ खुवाईसकिएको छ ।
प्रधानमन्त्रीको राजीनामा माग्ने कुरामा बरिष्ठ नेता माधव कुमार नेपाल पनि थपिएका थिए ।
तर ओलीको त्यो जवाफ पछि केहीबेर फेरी अरु सदस्यहरुले बोले र बादलले दुबै अध्यक्ष बिरुद्ध आक्रोस पोखेर निरर्थक कुरामा लागेको भन्दै मध्यमार्गी धार प्रस्तुत गरे ।
‘वामदेवजीले प्रधानमन्त्री हुन गरिरहेको रहर पनि पूरा हुने गरी कोरोनापछि बरु उहाँलाई प्रधानमन्त्री बनाएर जान म तयार छु। मैले प्रधानमन्त्री पद छाड्नै पर्ने भए नयाँलाई अवसर दिऔं। त्यो उपयुक्त व्यक्ति वामदेव हुनुहुन्छ। साथीहरू प्रधानमन्त्री भइसक्नुभएको छ। कोही एकपटक, हामी दुई जना त दुईपटकसम्म पनि भइसकेका छौं। नयाँलाई नै किन अवसर नदिने ? दिऔं, म तयार छु’, प्रधानमन्त्रीेले यसरी प्रस्ताव राखे पछि नेताहरु छक्क परेका थिए ।
आफूले तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाड्ने दोहोर्याउन भ्याएका उनले बरु माधव नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउने कुरा राख्नु भयो एक नेताले भने ।
त्यस पछि झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले पनि घुमाउरो भाषामा पार्टीको जनमत जोगाउन नेतृत्वले विकल्प दिनु पर्ने भनेर राजीनामा मागेका थिए ।
यस्तो प्रस्ताव प्रधानमन्त्रीले गरे पनि वामदेव आफैले भने प्रधानमन्त्रीको राजीनामा मागेनन् । बरु उनले प्रधानमन्त्री ईमान्दार बन्नु पर्ने, विधि र प्रकृृयाबाट चल्नु पर्ने बताए । यसमा महासचिव पौडेल पनि सहमत थिए ।
प्रधानमन्त्रीको पक्षमा बोल्दै रक्षा मन्त्री ईश्वर पोखरेलले भने अहिले विवाद हैन सरकारलाई बलियो बनाउनु पर्ने पक्षमा तर्क गरे ।
त्यस पछि कुनै पनि निर्णय नगरी खाली बैशाख २० गते सचिवालयको बैठक बस्ने निर्णय गरी ४ घण्टा लामो बैठक सकिएको थियो ।

प्रधानमन्त्रीको अस्त्रले कसलाई पासोमा पार्छ ?

सांसदहरुको हस्ताक्षर समेत जुटाउन थालिएको भनेका बेला अचानक प्रधानमन्त्रीले राखेको नयाँ विल्पको मुख्य निशाना प्रचण्ड देखिन्छ ।
प्रचण्ड अहिले ओलीले राजीनामा दिए पछि शक्तिशाली अध्यक्ष आफू बन्ने र प्रधानमन्त्री माधव नेपाललाई बनाउने मुडमा थिए । गौतमलाई चाहीँ राष्ट्रिय सभामा पुर्याउने ।
तर यो नयाँ प्रस्ताव अनुसार गौतम, नेपाल सहमत भए भने के हुन्छ ? एक नेता भन्छन् , त्यसो भयो भने प्रचण्डको पार्टी भित्रको भूमिका कमजोर हुनेछ । पूर्व एमाले पक्ष बलियो हुनेछ र माओवादी पक्ष कमजोर । प्रचण्डसगैँ सहकार्य गरीरहेका गौतमलाई प्रधानमन्त्री हुदैन भन्न पनि अप्ठ्यारो, उता माधव नेपाललाई प्रधानमन्त्री बनाउन आफैले गरेको प्रस्ताव । प्रचण्ड यस मानेमा पनि थप दुविधामा पर्नेछन् ।
यस मामलामा उनले गर्ने कुनै एक कमजोरीले माधव र दुवैले साथ छाड्न सक्नेछन् । त्यस्तो अवस्थामा यो तीरले प्रचण्डलाई नयाँ पासोमा पार्न सक्ने अनुमान गरिएको छ ।
तर यस बिषयमा माधव नेपाल र वामदेव गौतम दुवैले सहमति नजनाएकाले अहिले केही भन्न सकिने अवस्था नरहेको ती नेताले बताए ।
खास गरी पछिल्लो समय प्रचण्ड खेमाकै नेताहरुलाई बालुवाटारमा भेट्दै आफ्नो पक्षमा बोल्न लगाउन थाल्नु पनि प्रचण्डलाई कमजोर पार्ने रणनीतिको एक अंश हुन सक्ने ती नेताको दाबी छ ।
यसमाथि प्रचण्डले पार्टी भित्र आम सहमति गरेर परिस्थिति अनुकुल नबनाउदा उनलाई जनयुद्धकालिन मुद्धाको अस्त्रबाट पनि ठेगान लगाउने मनशाय बनेको हुन सक्ने अड्कलबाजीहरु केही कानुनविद्को छ ।
जे भए पछि ओलीको यो तीरको सामना अरुले कसरी गर्नेछन् , आगामी दिनमा त्यसैमा सबैको हैसियत निर्भर गर्नेछ ।
यो तीरको मुख्य आशय भनेको चाहँी ओलीले आफू निरन्तर सरकार र पार्टी सत्तामा हाबी भईरहने हो विज्ञहरु भन्छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी