देशैभर मानवअधिकारको अवस्था अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगद्धारा समिति गठन

देशैभर मानवअधिकारको अवस्था अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगद्धारा समिति गठन

  • बुधबार, बैशाख १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

बैशाख १७ काठमाण्डौं । राष्ट्रिय मानवअधिकार आयोगले देशैभरको मानव अधिकारको अवस्था अनुगमनका लागि ७७ वटै जिल्लामा समिति गठन गरेको छ ।
कोभिव १९ को महामारीबाट उत्पन्न संकट पछि मानवअधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघबीच सहकार्य हुने गरी ७७ वटै जिल्लामा त्यस्तो समिति बनेको राष्ट्रिय मानव अधिकार आयोगले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
यसै गरी आयोगका सदस्य गोविन्द शर्मा पौडेलको नेतृत्वमा उच्च स्तरीय मानवअधिकार अनुगमन तथा समन्वय समिति, आयोगका निर्देशक यज्ञ प्रसाद अधिकारीको नेतृत्वमा केन्द्र स्तर मानवअधिकार अवस्था अनुगमन समिति,प्रदेश कार्यलय प्रमुखको संयोजकत्वमा प्रदेश स्तर समिति र बार, पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघका कोही सयोजक रहने गरी जिल्लामा मानव अधिकार अवस्था अनुगमन समिति बनेको आयोगका प्रवक्ता वेद भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ