वीरगंजका पाँच पसललाई ५ देखि १० हजार सम्म जरिवाना

वीरगंजका पाँच पसललाई ५ देखि १० हजार सम्म जरिवाना

  • मङ्लबार, बैशाख १६, २०७७
  • दिपक चौरसिया

  • 10.1K
    SHARES

पर्सा १६ वैशाख । लकडाउनको मौका छोपेर वीरगंजका किराना पसलेहरुले उपभोक्तालाई ठगि गरिरहेको गुनासो आएपछि संयुक्त बजार अनुगमन टोली आज बजार अनुगमन गरेको छ । अनगुमनका क्रममा गैरकानुनी कार्य गरिरहेका ५ वटा पसलहरुलाई कारबाही गरिएको जनाईएको छ ।

अनुगमनको क्रममा वीरगंज–८ को रत्न जनरल स्टोर्स, वीरगंज–५ को राजेश किराना सप्लायर्स, रोशन किराना पसल, वीरगंज–१२ उजाला स्टोर र वीरगंज आरसी फुड प्रोडक्टसलाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले जनाएको छ । आरसी फुडलाई १० हजार र अन्य पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रवक्ता दिलिप खंग खत्वेले जानकारी दिए ।

‘साना, साना पसल थिए, खरिद बिल माग्दा कसैले पनि देखाउन सकेनन्’ उनले भने, ‘त्यसैले उनीहरुलाई जरिवाना गरेका छौं ।’ अनुगमन टोलीमा कार्यालयका प्रमुख जीतबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत लगायतको सहभागीता रहेको थियो ।

अनुगमनका क्रममा पसलमा मुल्य सूची नराख्ने, बिल बिजकहरु र मागेका कागजातहरु देखाउन नसक्ने पसलहरुलाई कारवाही  गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । बिगत समयमा पनि संयुक्त अनुगमन टोलीले वीरगंज बजारमा अनुगमन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ