नयाँ राजनीतिक धुर्विकरण समयको माग

नयाँ राजनीतिक धुर्विकरण समयको माग

  • मङ्लबार, बैशाख १६, २०७७
  • आर सी न्यौपाने

  • 15.8K
    SHARES

आमुख :  कम्युनिजमको दर्शन विध्यमान मानव सभ्यताको चरणमा वर्तमान समाजको जिवन्त शास्वत सत्य हो ।ईतिहाँसको यही सत्यलाई मूर्तिकरणमा ढाल्न शक्ति सन्तुलनको संवोधनको रुपमा २०४६ को संयुक्त आन्दोलनले लामो अन्योलता चिर्दै नया राष्ट्रिय दिषावोध गरेको थियो । यसबाट निरुत्साहित रविचलित साम्राज्यवादी शक्तिले संसद भित्र र बाहिरबाट एउटै रणनीतिक उदेश्यको लागि संयोजित कार्वाही चलायो । संसदीय अराजकता तथा माओइष्ट इन्सर्जेन्सी यसैका उपज थिए ।
आवरणमा क.प्रचण्डलाइ यसको नेतृत्वमा देखाइए पनि यसको रणनीतिक नेतृत्व रबागडोर क.मोहनवैद्ध र क.सि पी गजुरेलले सम्हालेका थिए । छिमेकी चीनको दृढ समर्थन र छिमेकी भारतको संयोजनमा २०६२ मशिर ७ को १२ वुँदे जगमा २०६३ मङ्शिर ५ को वृहत शान्ति प्रक्रियाले मुर्तता प्राप्त गरे । यस पछि कमरेड प्रचण्डको भुमिका फेरिन पुगि राष्ट्रिय राजनीतिले नयाँ रचनात्मक बाटो पक्डिन गएको हो । शान्ति प्रक्रियाको पोष्ट म्यानेजमेन्टमा क।प्रचण्डको अपेक्षित भुमिकामा कमजोरी रहे पनि पश्चिमा साम्राज्यवाद संगको रणनीतिक सम्वन्धमा ठुलो प्रहार हुन पुगेको विषयलाइ नजरअन्दाज गर्न सकिदैन ।क।किरण रसिपी अहिले पनि पुरानै रणनीतिको मोर्चा सम्हाली रहेका छन् भने क।प्रचण्ड आफुलाई विगतको भुल सच्याउदै नयाँ राजनीतिक अभ्यासमा अगाडी वढ्ने प्रयासमा हुनुहुन्छ । अघिल्लो समय ओलीको र पछिल्लो समय प्रचण्डको विशेष अगुवाइमा राष्ट्रिय राजनीति ।

राजनीतिक आवरणको मुकुण्डो ओढेर क्रिश्चियनको काट्टो खांदै राज्य सत्ताकै चरम दुरूपयोगका साथ स्वार्थ रक्षार्थ नाङगो रूपमा उभिन पुगेका जो कोहीबाट मूलुकले केही पनि आशा राखेको छैन ।

नेपाल चीनविच वढ्दो बहु आयामिक संवन्ध विश्तारमा महत्वपूर्ण भूमिका निर्वाह हुन पुग्यो ।२०७६ असोज २५ र२६ मा चिनिया राष्ट्रपति सि चिन फिङकको नेपालको राजकीय भ्रमण सफल बनाउन हर तरहले खेलेको जिम्मेदार भुमिका र त्रिपक्षीय साझेदारी र ब्रिकस ईन्फ्राष्टक्चर बैङ्कमा नेपालको सदस्यता र बिआरआइमा साझेदारी तथा सहभागिता र ईण्डो प्यासिफक,बिमेषटेक विरुद्ध स्पष्ट नीतिगत अडान र भेनेजोएलामा भएको साम्राज्यवादी हस्तक्षेपको र एमसिसी विरुद्ध ,सरकारका केही मन्त्रिको घोटाला आरोप लगायतका विषयमा खरो उत्रिनुले कमरेड प्रचण्डका विरुद्ध राष्ट्रिय रअन्तराष्ट्रिय प्रतिक्रियावादी केन्द्र र जोडिएका अवयवहरु मोर्चावन्धि कसेरै लागेका छन ।

 विषय विस्तार : नेपालको राष्ट्रिय राजनीति लामो समय देखी राजनीतिक सङक्रमणकालिन अवश्थाबाट गुज्रदै आएको परिपेक्षमा पछिल्लो समय संवैधानिक सङ्क्रमणबाट गुज्रिरहेको छ । वाम गठवन्धन पछि वामको नेतृत्वको सरकारले यी सबै खालका समस्या समाधान गरी राष्ट्रिय राजनीतिलाई सहि दिशा निर्देश गर्ला भन्ने आम जन चासो पनि संवोधन हुन सकेन । यसै अरोह अवरोहका विच नेपालको राज्य सत्ताको बागडोर सम्हालिरहेको नेकपा९नेकपा० ले जनभावनालाई उचित संवोधन गर्नबाट चुक्न पुग्नुको परिणाम राजनीतिक अश्थिरताको विजले टुसाउने अवसर त पाएको छैन प्रश्न गंभिर छ । राष्ट्रिय राजनीतिले राष्ट्रिय एकता र शक्ति सन्तुलनको मर्म संवोधनमा चुक्न पुग्नुको परिणाम नेपालमन वाहिय शक्तिले प्रसस्त खेल्ने र आफनो प्रभाव विश्तारको अवसर पाएको छ । यसको ज्वलन्त उधाहरण हो होलीवाइन प्रकरण , एमसिसी प्रकरण ,धर्मान्त्रण अभियान र एनजिओरआइएनजीओ को समानान्तर सत्ता अभ्यास । परिघटनाहरू केलाउदा (प्रथम समाजवादी सत्ता सोभियत यूनियनको बिघटन गर्न अमेरिकी जासुसी संस्था सिआइए द्वारा परिचालित अन्तराष्ट्रिय हतियार माफिया क्रिश्चियन सञ्जालको नाइके डा.सन म्याङ मुन विश्वकै जुनसुकै धर्ममा आश्था राख्ने मानिसका लागि घृणित पात्र हो । यिनै जोडिको विर्य र डिम्वबाट निर्मित घृणित होली वाइन नेपालका केही सत्ताधारी ,पर्तिपक्ष र कथित नागरिक समाजका अगुवाहरूले पवित्र रसको रूपमा रसास्वादन गरी यस भुमिलाइ कलङकित पारेको विगत नेपाली जनताले भुलेका छैनन ।

नेपालको राष्ट्रिय राजनीतिलाई धमिल्याउन साम्राज्यवादी स्वार्थ रक्षामा होलिवाईन मेलाले राष्ट्रको शिर समेत झुकायो । नेपाल लगायत एसियाको राजनीति इतिहाँस ,मौलिक धर्म संस्कृति सनातन हिन्दु ,वौद्ध ,लाओत्से , कन्फ्यूसियस आदि धर्म संस्कृतिको मौलिकता मास्न उद्धत पंति अझै पनि यो वा त्यो आवरणमा अस्थिरताको खेति गर्न उद्धत छ । राजनीतिक आवरणको मुकुण्डो ओढेर क्रिश्चियनको काट्टो खांदै राज्य सत्ताकै चरम दुरूपयोगका साथ स्वार्थ रक्षार्थ नाङगो रूपमा उभिन पुगेका जो कोहीबाट मूलुकले केही पनि आशा राखेको छैन । आज सम्म यि संलग्नहरुबाट सार्वजनिक आत्म आलोचना समेत नआउनु र सत्ता स्वार्थमा नाँगा नाचे नौ दाउको भूमिकामा सक्रिय रहनु कागलाई वेल पाक्यो हर्ष न विश्मात जस्तै हो ।त्यसैले म ठोकुवाका साथ भन्छु जुनसुकै दल वा स्वार्थ समुह तथा नेतृत्व नै किन नहोउन जसले दिर्घकालिन प्रकृतिका मूर्त राष्ट्रिय एजेन्डा, सामाजिक सरोकारका अहं मुद्धा शिक्षा, स्वास्थ्य र रोजगारी र आवासमा राज्यको दयित्व अश्विकृत गर्दछन । साथै जनतामा निहित सार्भभौम सत्ता र कानुनी राजलाई निस्तेज पार्न उद्दत हुन्छन । ती सबै पक्ष सारत शक्ति सन्तुलन र राष्ट्रिय सहमति सहित राष्ट्रिय एकताका वाधक हुन ।यस मामलामा हाम्रो पार्टी नेकपा९नेकपा० पनि जनता पर्ति जिम्मेवार र जवाफदेही बन्न सकेको छैन । बेलैमा यस उपर समिक्षाका साथ जनभावना संवोधनमा पार्टी लागोस ।अन्यथा यसले पार्ने असर भयावह हुनेमा कुनै संका छैन ।निहित सत्ता स्वार्थ संग जोडिएको अरण्य रोदन कुनै पनि हालतमा राष्ट्रिय सरोकार बन्न सक्दैन ।इतिहाँसको प्रवाहले स्वरुप वदल्न सक्दछ तर राजनीतिक धर्म परिवर्तन हुदैन ।

अमेरिकी जासुसी संस्था सिआइए द्वारा परिचालित अन्तराष्ट्रिय हतियार माफिया क्रिश्चियन सञ्जालको नाइके डा.सन म्याङ मुन विश्वकै जुनसुकै धर्ममा आस्था राख्ने मानिसका लागि घृणित पात्र हो । यीनै जोडिको विर्य र डिम्वबाट निर्मित घृणित होली वाइन नेपालका केही सत्ताधारी ,प्रतिपक्ष र कथित नागरिक समाजका अगुवाहरूले पवित्र रसको रूपमा रसास्वादन गरी यस भुमिलाइ कलङकित पारेको विगत नेपाली जनताले भुलेका छैनन ।

नेपालको कम्युनिष्ट आन्दोलनको राप ताप तथा जनता जनार्धनको मार्गदेशबाट स्थापित नेतृत्व देश र जनता पर्ति जिम्मेवार र जवाफदेही बन्नु पर्छ । जिम्मेवारीपूर्वक अघि बढेको यो नेतृत्व कतिपय परिपेक्षमा भूमिका निर्वाहक्रममा बाटो बिराएको बटुवा जस्तो बन्न पुगेको यथार्थ छिपाएर छिप्दैन । पटक पटक परीक्षित भइसक्नुभएको वर्तमान नेतृत्वलाई राजनीतिक इतिहासको यो समय र कालक्रममा पार्टी सुद्धिकरण र सुधृढीकरणको लागि यो अन्तिम अवसर चुनौति र संभावना दुवै हो ।नेपाली कम्युनिष्ट आन्दोलन र यसको लोककल्याणकारी भूमिकालाई एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउन नीति र विधिलाई बलियो गरी आत्मसाथिकरणमा विलम्व गर्नु हुदैन । साथ साथै पार्टीलाई राजनीतिक बैचारिक र ब्यवहरिक समग्र हिसाबले सवल, सुदृढ र गतिशीलका साथ जनपक्षिय बनाउने सवालमा कहिँकतै अल्मलिन जरुरी छैन ।
नेकपा नेकपा तथा देश र जनताको उज्वल भविश्य राजनीतिक आर्थिक ,सामाजिक ,सांस्कृतिक वैचारिक दृष्टिमा संगठनलाई जनभावना मुताविक नीति ,विधि ,कार्यक्रम र ब्यवहारमा ढाल्दै जानु पर्छ ।विधि नीति सिद्धान्त लत्याउदै नेता विशेष समुहको निहित स्वार्थ पुर्तिमा अवसरको जोड घटाउमा मात्र पार्टीलाई अल्मनाउन कसैलाई छुट छैन ।
पार्टी तथा सरकारलाई नीति विधिमा चलाउन मूल नेतृत्व चुक्दा कम्युनिष्ट पार्टीको सरकार पछिल्लो समय काण्डै काण्डमा फसिरहेको छ । कथनी र करनीको समान ध्यय र दिशा निर्धारण हुन नसके सम्म कम्युनिष्ट आन्दोलनले मुर्त लक्ष चुम्न सक्दैन । एका तर्फ समाजवादी सिद्धान्तको पैरवी गर्दै कार्ल मार्क्स ,फ्रेडरिक एङेगेल्स , लेनिन ,जोसेफ स्टालिन , माओ सेतुङ ,हो चिन मिन्ह , फिडेल कयाष्ट्रो , चे ग्वेभारा , पुष्पलाल आदि सिद्धान्नतनिष्ट दार्शनिक एवं राज नेताहरुको ट्याग झुण्ड्याउदै राजनीतिक अभियान छेडने । अर्को तर्फ राष्ट्रिय उधोगको बेच बिखन , शिक्षा सवास्थ्यको निजिकरण , युवा शक्तिको विदेश निर्यात ,संस्थागत नीतिगत भ्रष्टाचार , धर्म निरपेक्षता रख्रिष्टानिकरण , इण्डो-प्यासिफिक , होलिवाइन , राष्ट्रघाति एम सि सि बोक्ने , बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हडप्ने धन्दा ,नेपाल ट्रष्टको समपत्ति नीतिगत दोहन ,सेक्युरिटी परिन्टिङ प्रेस ७५ करोड प्रकरण , मेडिकल सामाग्री ओम्नी गोरखधन्दा प्रकरण आदि ईत्यादि वाम जनमत विरोधी गलत एजेण्डाहरु बोक्दै राष्ट्र र नेपाली समाज धवस्त पार्न उद्धत रहने दोहोरो चरित्र किमार्थ कम्युनिष्ट आचरण, मर्यदा र जिम्मेवारी भित्र पर्दैन । सिङगो विज्ञानलाई नै चुनौति दिन सामर्थ राखेको कोरना भाईरस कोभिड १९ ले विश्व जगतलाई उथुलपुथुल हायल कायल बनाउनेमा कुनै दुविधा छैन । यस्तो बेला सिङ्गो पार्टी र राष्ट्र एकतावद्ध भएर यस्ता समस्याको समाधानमा जुट्नु पर्नेमा सरकार तथा पार्टी नेतृत्व गुटको स्वार्थमा लिप्त हुन पुग्नु सहमति र सहकार्यको मर्म विपरित छ ।

निश्चित रुपमा आम जनता र पार्टीका इमान्दार नेता कार्यकर्ताको ठूलो पंति सकारका कियाकलाप पर्ति विलकुलै सन्तुष्ट छैनन । पार्टी सचिवालयको निर्णय तथा नेताहरु प्रचण्ड ,माधव नेपाल , झलनाथ खनाल बामदेव गौतम, विष्णु पौडेलहरु संग भएको सहमति प्रधानमन्त्री के पी ओली जीले कार्यान्वयन नगर्दा पार्टी भित्र अविश्वास सिर्जना हुन पुगेको तितो यथार्थ ओली जीले समयमै आत्म समिक्षा गर्दा राम्रो हुन्छ । सरकारलाई पार्टी नीति र विधिमा नचलाउदा आइपरेका विविध कठिनाइले पार्टीको सिङ्गो पंतिलाई जनता संग एकाकारको सवालमा अप्ठेरो अवस्था निर्माण गरिरहेको छ । हुँदा हुँदा अब अर्काको पार्टी नै फुटाउन पार्टीमा कुनै सरसल्लाह नै नगरी प्रधानमन्त्री ओली जीले आफु खुशी राजनीतिक दल संवन्धि अध्यादेश २०७७ ल्याउने, अर्काको पार्टीको संसद डा।सुरेन्द्र यादव अपहरण शैलीमा रातारात उठाउने जस्ता घृणित कार्यमा स्वयम् प्रधानमन्त्री जोडिएको अरोपमा संलग्न हुन पुगेको कुरा स्वयम् अपहरित भनिने डा.सुरेन्द्रले मिडियामा ब्यक्त गरेका विचारले सरकार पर्तिको जनविश्वास टुट्न पुगेको छ ।

  निष्कर्ष :

अहिले नेपाल जनजीवनले फेस गरिरहेका चुनौती नत राजाले नत प्रजापरिषदको टुङ्गोमा पुगेको काङ्ग्रेसले नत चौतर्फी असफल भएका ओली गुटले नत पटक पटक अवसर पाएर गुमाएका प्रचण्डले नै थेग्न सक्छन ।नेपाली समाज आर्थिक ,राजनीतिक ,सामाजिक नयाँ दिशावोधको खोजिमा छ ।त्यो नीतिगत नेतृत्व र दिर्घकालिन प्रकृतिका ७ राष्ट्रिय एजेण्डा साथै सामाजिक सरोकारका शिक्षा ,सवास्थ्य ,रोजगारी र आवास,शक्ति सन्तुलन र कानुनी लोककल्याणकारी राज केन्द्रीत राष्ट्रिय सहमतिको नीतिगत मार्ग दर्शन र ब्यवहारिक अवलम्बनबाट मात्र स्थापित हुन सक्छ ।अव कम्बल ओढेर घिउ खाँदै क्रान्तिकारी र प्रजातान्त्रिक रराष्ट्रवादी नौटङ्की गर्नेहरुका दिन र सीमा संकुचन हुदै गएका छन । आमूल परिवर्तनको सार्वभौम प्रवाह कसैले रोकेर रोकिदैन ।विश्व ब्यापी अभ्यासले पनि यही देखाएको छ र हाम्रो मूलुक पनि अप्ठ्याराहरु चिर्दै यही बाटोमा अघि बढ्छ ।इतिहाँसले असफल घोषित गरेकाहरुले जति टाउको फोडे पनि गुमेको विश्वास पाउन सक्दैन र राष्ट्रिय राजनीतिको मूल प्रवाहलाई वन्धक बनाउन पनि पाउदैनन ।वर्तमानमा चुनौति र संभावनाका पहाड बोकेर अगाडी बढीरहेको नेपाल र हामी नेपाली समयमै राष्ट्र पर्ति जिम्मेवार र जवाफ देही बन्न जरुरी छ । राष्ट्र र जनताको बारेमा धेरै नै जिम्मेवार बनि जनता प्रति जवाफदेही बन्न विलम्म गर्नु हुदैन ।सबै दलहरुका विच बलियो आन्तरिक एकता होस । सत्ताधारी पार्टी नेकपा९नेकपा० विभाजित नभई थप बलियो एकताका साथ अघि वढोस ।निसेधको राजनीति अन्त्य गरी राष्ट्रिय शक्ति सन्तुलन सहमति सहकार्य सहितको राष्ट्रिय एकताको बाटोमा मूलुक हिडाउन सडक र सदन दुबै पाटोका दलहरु नयाँ पुराना सबै शक्तिलाई समेट्न ओली ,प्रचण्ड ,देउवा ,मधेसवादी जिम्मेवार र जवाफदेही बन्न विलम्व गर्नु हुदैन ।संभव छ हाम्रै पालामा वैदेसिक हस्तछेप मुक्त खुशी र शुखी समृद्ध राष्ट्र निर्माण र राष्ट्रिय एकता । त्यसैले यस घडिमा सबै एकतावद्ध र जांगरिला बनी चुनौतिका पहाडहरु फोडी मूलुकलाई राष्ट्रिय स्वार्थका एजेण्डामा हिडाउन नचुकौ । अव नेपालको राष्ट्रिय राजनीति नयाँ राजनीतिक धुर्विकरणको मोडालिटीमा निश्चित रुपमा जान्छ ।यसर्थ सबै दलहरु एवं संवद्ध पक्ष एवं आम कम्युनिष्ट कार्यकर्ता , समर्थक ,जनपंति र सुवेच्छुक राष्ट्रवादी शक्तिले यस कथनी रकरनीलाई गंभिर बनि अवलोकन गरोस ।क्रान्ति तथा राष्ट्रिय मुक्ति एवं समृद्धि मिथ्या फिक्सनको कथा होइन ।यो समाजको आमुल परिवर्तनको जिवन्त प्रवाह हो ।

-लेखक सत्तारुढ नेकपाका युवा नेता हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी