बृद्धा भत्ता थापेर फर्किदै गर्दा प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएर १५ सय रुपैयाको चिट् थमाएको गुनासो

बृद्धा भत्ता थापेर फर्किदै गर्दा प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएर १५ सय रुपैयाको चिट् थमाएको गुनासो

  • मङ्लबार, बैशाख १६, २०७७
  • दिपक चौरसिया

  • 9.7K
    SHARES

वीरगंज १६ बैशाख,सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि लागु गरेको लकडाउनले पर्सा लगायत देशभरीको जनजिवन पूर्ण रुपमा प्रभावित भएको छ । लकडाउनका कारण दैनिक ज्यालादारी तथा गरिब, अतिविपन्न परिवारको जनजीवनमा प्रभावित हुन पुगेको छ ।
लकडाउन बैशाख २५ गतेसम्म रहने सरकारले घोषणा समेत गरेको छ । लकडाउनबाट प्रभावितले आफनो जीवनसंग संर्घष गरीरहेको बेला पर्सा प्रहरीले भने, प्रभावितलाई झन पिडा थप्ने काम गरीरहेको पीडितको गुनासो छ ।

वीरगंजको घण्टाघर चौक आसपास रहेको वित्तिय संस्था तथा औषधी पसलहरुमा औषधी तथा बैंकहरुमा रकम झिक्न जिल्लाको ग्रामिण भेगबाट आउनेलाई प्रहरीले दुखः दिएको गुनासो गर्ने गरेका छन् ।
सरकारले उपलब्ध गराउँदै आएको समाजिक सुरक्षा भत्ता लिन वीरगंज आउँने एकमहिला देखि लिएर जेष्ठ नागरिकलाई समेत प्रहरीले दुखः दिने गरेको उनीहरुको गुनासो छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक लक्ष्मण गिरीले समाजिक सुरक्षा भत्ता लिन घण्टाघर स्थित रहेको कृषि विकास बैकमा आउँदा लकडाउनको  उलंघन गरेको भन्दै मोटरसाईकल नियन्त्रणमा लिएर १५ सय रुपैयाको चिट केही समय पछि थमाईदिएको गुनासो उनीहरुले गरेका छन् ।
पर्साकै करिब २० किलो मिटर पश्चिम ग्रामिण भेगबाट वीरगंज बैकबाट रकम झिकेर औषधी खरीद गर्न आएका रामबहादुर पंडीतको पनि यस्तै गुनासो छ ।  जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर २ निवासी ५५ बर्षिय पंडीत आमा र छोरी विरामी भएपछि बैकमा रकम झिक्न र त्यही पैसाले औषधी खरीद गर्न वीरगंज आईपुगेका थिए ।

बैकबाट रकम झिक्न पाएको छैन, बैक अगाडी आईपुगेका प्रहरी निरिक्षक गिरीले मोटरसाईकल नियन्त्रणमा लिई घण्टाघर स्थित विपि उद्यानको खाली जग्गामा प्रहरी नियन्त्रणमा राख्न लगाए । पंडीतले प्रहरी निरिक्षक गिरी अगाडी विलौना गर्दै जति सुकै दुख पोखेपनि कुनै सुनवाई नगरेनन् । अन्तत उनको उनको मोटरसाईकल जबरजस्ती खोसेर प्रहरी नियन्त्रणमा राख्न लगाए ।
बैक अगाडी कृषि बैकको चेक र डाक्टरको पुर्जा गराउँदै आफनो दुखेसो पोख्दै पंडीतले भने, लकडाउनमा प्रहरीले प्रभावितको उद्दार गर्नुपर्नेमा उल्टै पिडा थप्ने काम गरीरहेको बताए ।

हामी २० किलो मिटर पैदल हिडेर कसरी वीरगंजसम्म आउँन सक्छौं, या त प्रहरीले घरमै निशुल्क औषधी उपलब्ध गराई दिनु पर्यो होईन भने पिडा माथि पिडा थप्ने काम नगरिदिन प्रहरीलाई आग्रह गरे ।
वीरगंज महानगरपालिका वडा नम्बर १८ सौराहाका ७२ बर्षिय जंगी राय भार अरुको मोटरसाईकल माँगेर नाती संग समाजिक सुरक्षा भत्ता लिन सोमबार घण्टाघर स्थित कृषि विकास बैकमा पुगेका थिए । १ घण्टा लाईनमा बसेपछि रकम झिक्न उनको पालो आएको थियो । रकम झिकेर बाहिर आउँना साथ बैक अगाडी उभेका प्रहरी निरिक्षक गिरीले प्रहरी लगाएर उनको मोटरसाईकल खोसे । करिब १० किलो मिटर दुरीबाट उनी रकम झिन वीरगंजको घण्टाघर आईपुगेका थिए । प्रहरी भन्छ, लकडाउनमा मोटरसाईकल लिएर किन आएको हो, लकडाउन उलंघन गरेको आरोपमा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल नियन्त्रणमा लिएको केहि घण्टा पछि प्रहरीले १५ सय रुपैया जरिवाना काटेर मोटरसाईकल दिएर फर्काएको थियो । ७२ बर्षिय जेष्ठ नागरिक कसरी १० किलो मिटर पैदल हिडेर वीरगंज आउँन सक्छ ? उनका नाती मिथलेश रायले भने, आफनो समस्याबारे प्रहरीलाई गुहार लगाउँदा पनि केहि सुनवाई गरेन जबरजस्ती मोटरसाईकल नियन्त्रणमा लिएर १५ सय जरिवाना काटेर छाडे ।


उनले भने, समाजिक सुरक्षाबापत चार महिनाको ८ हजार रुपैया पाएका थिए त्यसमा पनि प्रहरीले १५ सय रुपैया जरिवाना काटेपछि हजुर बुवा निरास भएर फर्के । लकडाउनमा प्रभावितलाई उद्दार गर्नुपर्नेमा प्रहरीले थप पिडा नै दिएको उनले गुनासो गरे ।
सार्वजनिक सवारी साधन नचलेपछि मोटरसाईकल नै प्रयोग गरेर जिल्लाको ग्रामिण भेगका स्थानियले सोमबार कृषि विकास बैंकमा रकम झिन आउँदा एकदर्जन भन्दा बढी मोटरसाईकल प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।

प्रहरीले लकडाउनको बहानामा आफनो राजश्व बृद्धि गर्ने मनसायले आम सर्वसाधारणलाई दुख दिने नियतले मोटरसाईकल धमाधम नियन्त्रणमा लिने गरेको स्थानियले आरोप लगाएका छन ।

प्रहरीले पनि हाम्रा समस्या बुझनु पर्नेको हो, उनले भने, यदी कसैलाई पैसाकै आवश्यकता भयो भने, त्यो मान्छे १०÷२० किलो मिटर पैदल कसरी वीरगंज आउँछ, कि त ग्रामिण भेगका बैंक, औषधी तथा खाद्यन्नको सम्पूर्ण व्यवस्था गरोस् होईन भने, जनतालाई पिडा माथि पिडा थप्ने काम रोक्न उनीहरुले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ