बैशाख १६ काठमाण्डौं । सिङ्गापुर गोर्खाज अन एन्ड सकस कोभिड १९ राहात समितिले गरेको सहयोग र क्रान्तिकारी मजदुर महासंघ ललितपुरका अध्यक्ष निशा राईको पहलमा ललितपुरका ईटाभट्टाका मजदुरहरुलाई मंगलबार राहात बाँडिएको छ।
ललितपुरको वडा नं-२८ अन्तर्गत तारा ईटाभट्टामा कार्यरत लकडाउनमा खान नपाएका १०४ मजदुरहरुलाई चामल दाल तेल लगायत खाद्य सामग्री राहात बाँडिएको हो।जिल्ला अध्यक्ष निशा राईले सरकारले पीडित मजदुरहरुलाई हेर्न नसकेको बताएकी छिन्।राहात पाएपछि मजदुरहरु खुशी भएका छन्।भट्टा मजदुरहरुको समस्या बुझ्न भट्टा मजदुर भइ काम गर्नुपर्ने राईले आफू विगतमा भट्टामा काम गर्दै आएको बताउँछिन्।
सरकारले सरकारी निकाय मार्फत राहात बाँडे पनि उपत्यकामा अधिकांश ईट्टा भट्टा र निर्माण मजदुरहरुले केही राहात नपाएको गुनासो भने यथावत छ।लकडाउन सुरु भए यता संस्थाले १२ सय बढी पीडितहरुलाई सहयोग गरिसकेको छ।
