दाल कालोबजारी गरेको आरोपमा चाचान सहित ५ जना विरुद्ध कारवाही प्रक्रिया अगाडि बढयो

दाल कालोबजारी गरेको आरोपमा चाचान सहित ५ जना विरुद्ध कारवाही प्रक्रिया अगाडि बढयो

  • मङ्लबार, बैशाख १६, २०७७
  • दिपक चौरसिया

  • 8K
    SHARES

वीरगंज १६ बैशाख । बारा प्रहरीले आइतबार दाल कालोबजारी गरेको आरोपमा २ उद्योगका संचालक सहित ५ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । पक्राउ पर्नेमा बाराको परवानीपुर–४ स्थित नारायणी मोडेल पल्सेस इन्डस्ट्रिजका सञ्चालक मोहनलाल चाचान (अग्रवाल) र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवन कुमार साह छन् । उद्योगपतिद्वय चाचान र साहसँगै प्रहरीले चाचानको उद्योगमा कार्यरत कर्मचारी सुनील शर्मा, साहको उद्योगका कर्मचारी सुरेशप्रसाद र परवानीपुर–४ लिपनीमालमा रहेको महावीर ओभरसिज प्रालिका कर्मचारी सन्तोष झालाई पनि पक्राउ गरेको जनाईएको छ ।

दाल उद्योगका सञ्चालक चाचान र पवन साहलाई वीरगंज स्थित आफ्नै निवासबाट र कर्मचारीलाई भने उद्योगबाट नियन्त्रणमा लिइएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । लकडाउनको मौका छोपेर उद्योगबाट मसुरो दाल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ ।

प्रहरीका अनुसार ३ वटै उद्योगले लकडाउनभन्दा पहिले मसुरो दाल प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा बिक्री गरेका थिए । तर, चैत ११ देखि दाल प्रतिकेजी ९४ देखि ९८ रुपैयाँमा बिक्री गर्दै आएका छन् । बढी मूल्यमा दाल बिक्री गरेको गुनासोका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको टोलीले बजार र उद्योग अनुगमन गरेको थियो । पक्राउ परेकाहरु माथि कारवाही प्रक्रिया अगाडि बढाईएको बारा प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ