मदिरा सेवन गरी ट्राफिक डिभाइडर फुटाएकाे आराेपमा उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष पक्राउ

मदिरा सेवन गरी ट्राफिक डिभाइडर फुटाएकाे आराेपमा उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष पक्राउ

  • मङ्लबार, बैशाख १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

१६ वैशाख, कैलाली । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

कैलाली उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षसमेत रहेका बोगटीलाई मध्यरातमा नियन्त्रणमा लिएको उनले बताए ।   इलाका प्रहरी कार्यालय मलाखेतीले बोगटीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

कोरोनाको कारणले थुनामा राख्न नसकिने भन्दै प्रहरीले उनलाई राति १ बजेनै परिवारको जिम्मा लगाएको थियो । बोगटीलाई थुनामा नराखी मुद्धा चलाउने प्रहरीको तयारी छ ।

कोरोनाको त्रास रहेकाले बाेगटीलाई परिवारको जिम्मा लगाएकाे बताउदैँ  प्रहरी उपरीक्षक बस्नेतले थुनामा नराखे पनि उहाँमाथि मुद्धा दायर हुने जानकारी दिए । उनीविरुद्ध अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ