ब्राउन सुगर सहित नवलपरासीमा एक जना पक्राउ

ब्राउन सुगर सहित नवलपरासीमा एक जना पक्राउ

  • सोमवार, बैशाख १५, २०७७
  • रबिन्द्र यादव

  • 5.7K
    SHARES

बैशाख १५ ,नवलपरासी पश्चिम । ब्राउन सुगर र लागूऔषधि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका वडान(३ कुस्मा गाउँका ३४ वर्षीया शेषकान्त उपाध्याय छन् ।

नवलपरासी पश्चिमको सीमावर्ती नाकाबाट शसस्त्र प्रहरी बल नेपाल बिओपी भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भुजहवा नाकाबाट फकर्दै गरेका शेषकान्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता बिरेन्द्र थापाले बताए ।

भारतमा आफ्नो सुराल गएको र फर्कदै गरेको अवस्थामा ब्राउन सुगर र लागूऔषधि सहित पक्राउ गरिएको थापाले बताए ।

लकडाउनको समयमा सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचाल गरेपनि एकान्त स्थानबाट उनले भारतीय स्कुटीमा राखेर लागूऔषध ल्याईएको थापाले बताए ।

उनको साथबाट ७र१५ ग्राम ब्राउन सुगर, विभिन्न नामका ८ सय १४ पिस लागूऔषध इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७ पिस बरामद भएको हो ।

पक्राउ परेका उपाध्याय र बरामद भएका लागूऔषध आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय परासी पठाइएको छ ।

सोधपुछ पछि प्रहरीले उपाध्यायकी श्रीमती र ३ बर्षिय छोरा भारत बाट आएको हुनाले दुबै जनालाई लोहरौलीमा रहेको क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ