पर्सागढी नगरपालिका वडा नं. ९ मा व्यवस्थित रुपले राहत वितरण

पर्सागढी नगरपालिका वडा नं. ९ मा व्यवस्थित रुपले राहत वितरण

  • सोमवार, बैशाख १५, २०७७
  • दिपक चौरसिया

  • 15.2K
    SHARES

पर्सा १५, बैशाख । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा वडा नं. ९ का लकडाउन प्रभावित गरिब, अतिविपन्न परिवारको लागि राहत वितरण गरिएको छ ।

वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशन अनुसार वडा नं. ९ को तीनवटै गाउँका गरिब अतिविपन्न परिवारको पहिचान गरी १८१ जनालाई राहत उपलब्ध गराईएको जनाईएको छ ।

वडा भित्र पर्ने बर्डेवा, तेलिया र एकटांगा गाउँका गरिब, अतिविपन्न परिवारलाई आजै राहत वितरण गरिएको वडा नं. ९ का वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताए । प्रत्येक परिवारलाई २० किलो चामल, २ किलो मसुरो दाल, २ किलो नुन, खाने तेल १ लिटर, नुहाउने र लुगाधुने सावुन ४ पिस गरी बनाईएको राहत प्याकेज प्रति परिवारालई उपलब्ध गराईएको हो ।

वडामा कुल जनसंख्या ३ हजारको हराहरीमा छन, जसमध्ये सर्वपक्षिय समितिले नै १८१ जना अतिविपन्न परिवारलाई छनौट गरेको थिए वडा अध्यक्ष गौरोले बताए । राहत वितरण कार्यमा ईलाका प्रहरी कार्यालय एकटांगाले सामाजिक दुरी कायम गराउदै व्यवस्थित रुपले राहत वितरणमा सहयोग गरेका थिए ।

लकडाउन शुरु भएलगतै वडाका प्रत्येक व्यक्तिलाई माक्स, प्रत्येक परिवारमा सेनेटाईजर र हात धुने साबुन एक÷एक पिस आफनै लगानीमा वितरण गरेको वडा अध्यक्ष गौरेले बताए । विपद् कोषमा छुट्याएको तीन लाख रकम मध्ये केहि रकम जनताको राहतको लागि खर्च गरीसकेको र केही बाकि रहेको वडा अध्यक्ष गौरेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ