अविरल बर्षाका कारण बगरखेती नष्ट लाखौको क्षति स्वाभिमान किसान मारमा(तस्वीरसहित)

अविरल बर्षाका कारण बगरखेती नष्ट लाखौको क्षति स्वाभिमान किसान मारमा(तस्वीरसहित)

  • सोमवार, बैशाख १५, २०७७
  • डम्मर राज भट्ट

  • 12.5K
    SHARES

कञ्चनपुर, १५ बैशाख ।  दुई दिन लगातार आईतरबारदेखि कञ्चनपुर सहितका जिल्लामा परेको अबिरल बर्षाका कारण बगरखेती नष्ट भएको छ ।
यतिबेला सुख्खायाम हो, बर्षातको जस्तै दुईदिन पानी परेपछि कञ्चनपुरका विभिन्न नदी९खोलानालामा लगाईएको बगरखेती नष्ट भएको छ । जिल्लाको उत्तरी भेग नदीखोलाका सिरानीतर्फ परेको पानीका कारण दक्षिणतर्फ बढि क्षति भएको छ ।
जिल्लाको जोगबुढा, महाकाली, चौधर, दोदा, सुनबरा, स्याली, झर्नाखोला लगायतका खोलानालाका बगरमा लगाएको बेमौसमी तरकारीखेती नष्ट भएको हो । अविरल रुपमा परेको बर्षातले नदी, खोला नालामा पानीको सतह बढेपछि खेती नष्ट भएको किसानहरुले बताएका छन् ।
सयौँ किसानले लगाएको हजारौँ विगाहजति बगरखेती नष्ट भएपछि किसान मारमा परेका छन् ।
लालझाडी गाउँपालिका वडा नम्बर ३ ढुङ्गाका किसान गोमति रानाले तीन विगाह क्षेत्रफलमा लगाएको बगरखेती बर्षाका कारण नष्ट भएको बताए ।‘मैले दोदा नदिको बगरमा खेती गरेको थिए, ‘उनले भने, ‘पुरै नष्टभयो ।’ खेतिमा वाढि आएर नष्ट भएको उनले बताए। गाउँपालिका उनले बगरखेतिबाटै घरखर्च चलाउने गरेपनि बर्षातका कारण तरकारीखेती नष्ट भएको बताए ।

उनका अनुसार लौका, फर्सी, खिरा, सुर्खानी, खरभुजा, मुला, प्याज र टमाटर नष्ट भएको छ ।
त्यसै गरी लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देवका मान बहादुर राना र उन्का बुबाले लगाएको ढाई विगाह जति बगर खेती पनि नष्ट भएको छ । त्यस्तै लालझाडी गाउँपालिका ४ जाईका भज्जी रानाले लगाएको डेढ विगाह जति बगर खेती पनि नष्ट भएको छ । कृष्णपुर क्षेत्रका बगरखेती पनि नष्ट भएको जनचेतना समुहका सचिव सहदेव रानाले बताए । उनका अनुसार कृष्णपुर २ बनाराका दर्जनौँ किसानले बगरमा लगाएको खेति नष्ट भएको छ । लालझाँडी गाउँपालिका स्थानीय युवक भक्ता रानाले बगरखेती गरेर गुजारा चलाउने किसानलाई सरकारले राहत दिनुपर्नेमा जोडदिए ।
लालझाडी गाउँपालिका ३ का वडाध्यक्ष टिकाराम चौधरीले बर्षातका कारण ३ नम्बर र ६ नम्बर वडामा ७० र वडा नम्बर २ मा १६ विगाह जतिको बगरखेती नष्ट भएको बताए । ‘बालुवामा खेती हो, ‘उनले भने, ‘वाढिजस्तै आएर बगाएर लग्यो ।’ कोरोना भाईरस रोकथामका लागि गरिएको ।लकडाउनका कारण भारतबाट आयात हुने तरकारी बन्द भएपछि स्थानीय बजारमा बगरखेती सहित यहाँका स्थानीय किसानले लगाएको व्यवसायिक तरकारीखेतीबाटै आपूर्ति हुँदै गईरहेका बेला एक्कासी बाढी आएर बगरखेती नष्ट भएको हो ।
बगरखेती नष्ट भएपछि किसान मारमा परेकै छ, भने अर्कातिर उपभोक्ता समेत मारमा पर्ने देखिन्छ । लालझाडी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलाराम चौधरीले उक्त वडामा १५ जनाको बगरखेती नष्ट भएको बताए । उनले बगरखेतीका किसानको लगत संकलन गरेर उनीहरुको पीडा सम्बोधन गरिने बताए ।


कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बर्षातका कारण बगरखेती नष्ट भईरहेको सुचना आएपछि कति विगाह कति किसानको भने एकिन नआएको बताए । उनले बगरखेती नष्ट भएका किसानलाई सम्बन्धीत स्थानीय तहका कृषि शाखामा जानकारी गराउन आग्रह गरेका छन् । लकडाउनका बेला स्थानीय स्तरमा ताजा तरकारी उपलब्ध गराएका स्वाभिमानी किसान यतिबेला मारमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी