अनेमसंघ(क्रान्तिकारी)का अध्यक्ष बन्धु चन्द १५ महिनादेखि प्रहरी नियन्त्रणमा, जिल्ला प्रशासनबाट छुटेलगत्तै पुनः पक्राउ

अनेमसंघ(क्रान्तिकारी)का अध्यक्ष बन्धु चन्द १५ महिनादेखि प्रहरी नियन्त्रणमा, जिल्ला प्रशासनबाट छुटेलगत्तै पुनः पक्राउ

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

दाङ, १४ वैशाख ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले पुन पक्राउ गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेकी चन्दलाई आज जिल्ला प्रशासन कार्यालय दाङले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः गिरफ्तार गरेको हो । दाङको घोराही वडा प्रहरी कार्यालयको हिरासतमा रहेकी चन्दलाई आज जिल्ला प्रशासन कार्यालय दाङले २ हजार धरौटी रिहा गर्न आदेश दिएको थियो ।
२०७५ फागुन ११ गते अछामबाट पहिलो पटक गिरफ्तार नेतृ चन्दलाई अदालतले छाड्ने आदेश दिएपनि त्यसको उल्लङघन गर्दै प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ ।
चन्लाई गिरफ्तार गरेर अहिलेसम्म विभिन्न आधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाइ सकेको छ । सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङको जेल हिरासतमा प्रहरीले राखिएको थियोे तर चन्दलाई यसरी पटकपटक गिरफ्तार गरि जेल हिरासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छोड्ने आदेश दिइराखेको भएपनि माथिको आदेश भन्दै प्रहरीको टोलीले गिरफ्तार गरिरहेको छ ।
चन्दलाई पक्राउ परेको १८ दिनपछि नेपाल कम्युनिस्ट पाटीमाथि सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसयता नेकपाका सयौ नेता कार्र्यकर्ता पक्राउ परिसकेका छन् भने अझै केही हिरासत तथा जेलमा रहेका छन् । तर चन्दलाई पक्राउ गरेको १५ महिना भईसक्दा पनि रिहा गरिएको छैन । यसअघि चन्दका छोरा प्रतीक चन्दले दायर गरेको रिटमा सर्वोच्च अदालतले पनि कारण देखाउ आदेश जारी गर्दा बन्दीलाई स्थान परिवर्तन नगर्नु भनी आदेश दिइसकेको छ तर अदालतको आदेश विपरीत ठाउँ परिवर्तन गरि कपिलवस्तु लगिएको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी भगवानराजले अनेमसंघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष चन्दलाई जिल्ला प्रशासन कार्यालयले रिहा गर्ने आदेश दिइसकेको बेला पनि प्रहरीले पुनः गिरफ्तार गरेकोप्रति कडा आपत्ति जनाउदै प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा राजनीतिक पूर्वाग्रही ढंगले गिरफ्तार गरिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो (‘केही जिल्लाका प्रहरी सकारात्मक छन्, तर दाङ जिल्ला प्रहरी प्रमुख जनक भट्टराई केपी भक्त बनेर राजनीतिक पूर्वाग्रही ढंगले हाम्रा पार्टीका नेताकार्यकर्ताहरूलाई अहिले पनि गिरफ्तार गरिरहेका छन् ।’
केही दिन अघि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुवाससहित ४ जनालाई दाङ जिल्ला प्रहरीले पुनः गिरफ्तार गरेपनि पछि बाँके प्रहरीले रिहा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ