नेवि संघका नेता साउदको पहलमा लकडाउनको समयमा कञ्चनपुर फसेका सयौँ दार्चुलाबासीको उद्दार

नेवि संघका नेता साउदको पहलमा लकडाउनको समयमा कञ्चनपुर फसेका सयौँ दार्चुलाबासीको उद्दार

  • आइतवार, बैशाख १४, २०७७
  • डम्मर राज भट्ट

  • 7.3K
    SHARES

कन्चनपुर, बैशाख, १४। चीनको बुहान शहरबाट फैलिएको नोबल कोरोना भाईरस (कोभिड १९ ) विश्वभरी फैलिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले नेपालमा पनि गत चैत्र १० गतेदेखि (बन्दाबन्दी) लकडाउन गरेको छ ।

लकडाउन भएपछि दैनिक मजदुरी गरि गुजारा चलाउने, विद्यार्थी लगायत भाडामा बस्नेहरु सबैभन्दा बढि मारमा रहेका छन् । सुदूरपश्चिम प्रदेशको चीन र भारतसंग सीमा जोडिएको दार्चुला जिल्लाका स्थानीय अध्ययन, रोजगारी एव विभिन्न कामका लागि कञ्चनपुरमा रहेका दार्चुलाबासीको उद्दार गरिएको छ ।

नेवि संघ कञ्चनपुरका उपाध्यक्ष जन्मथलो दार्चुला भएका ईन्द्र साउदको पहलमा लकडाउनका कञ्चनपुरका विभिन्न स्थानमा फसेका दार्चुलाबासीको उद्दार गरिएको छ । काँग्रेस निकट नेवि संघ कञ्चनपुरका युवा नेता साउदको विशेष पहलमा आईतबार १ सय २५ जना दार्चुलाका स्थानीयको उद्दार गरिएको छ । नेवि संघ नेता साउदका अनुसार उनीहरुलाई तीन बसमा उद्दार गरेर कञ्चनपुरदेखि दार्चुला पठाईएको छ ।

ना८ख २३५७, ना७ख १३२६ र ना७ख५८७९नम्बरका तीन बसमा पठाईएको छ । नेता साउदका अनुसार लेकम गाउँपालिका प्रमुख प्रमानन्द जोशी र प्रमुख प्रशासकिय अधिकृत सहित सरोकारवाला निकायसंगको समन्वयमा लकडाउनमा फसेकालाई उद्दार गरिएको छ ।

‘हामी युवाले यति बेला नै आफ्ना गृह वा देशका नागरिकलाई उद्दार गर्ने हो, ‘उनले भने, ‘दुखमा उद्दार गरे पो जनतालाई राहत हुन्छ ।’ जिल्लामा बस्दा राशन म्यानेज भन्दा उनीहरुलाई घरमै पठाएर सुरक्षित बस्न आवश्यक रहेकाले उद्दार गरिएको बताए । ‘यो हाम्रो पहल र प्रयास मात्रै हो, ‘उनले भने, ‘आगामी दिनमा समेत दार्चुलाका स्थानीयको उद्दार गछौँ ।’ उद्दार गरिएका दार्चुलाबासीले लामो समयपछि घर जान पाएको खुसी व्यक्त गरेका छन् ।

उनीहरुले नेवि संघ नेता साउदको पहलमा कञ्चनपुरमा संकट परेका बेला जन्मभूमि जान पाएको बताएका छन् । आगामी दिनमा समेत दार्चुलाबासी सहित अन्य जिल्लाका संकटमा परेका विद्यार्थी, मजदुर, लगायतका नागरिकको उद्दार गर्ने नेवि संघ नेता साउदले प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले कोरोना बिरुद्धको अभियानका साथै आफ्नो पहलमा जतिसक्यो, संकटमा परेकाको उद्दार गर्ने जनाएका छन् । समस्यामा परेकाले आफुलाई सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ