अप्रत्यासीत रुपमा पार्टी विभाजन गर्न सजिलो बनाउने गरी चैत्र ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा ल्याएको अध्यादेश पार्टी भित्र र बाहिर चौतर्फी रुपमा दबाब पछि ९२ घण्टा भित्र फिर्ता भयो । जहाँ अर्को अध्यादेश पनि थियो संवैधानिक परिषद्को बैठकमा गणपुरक संख्या घटाउने । यो दाउ चाहीँ विपक्षीलाई थप पेलेर रिक्त करीब ३७ वटा संवैधानिक पदहरुमा आफ्ना मानिसहरु नियुक्त गर्ने अवसर जुटाउनु थियो ।
तर यी सबै आश्चर्यजनक डिजाईनमा प्रधानमन्त्री ओली नराम्रोसगँ असफल भएका छन् । अध्यादेशको औचित्य सावित गर्न समाजवादी पार्टी विभाजनका लागि महोत्तरीबाट जबरजस्ती सांसद सुरेन्द्र यादवलाई उठाएर ल्याईयो । जसमा ओलीका नजिककाहरु सक्रिय थिए महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व आईजिपी सर्वेन्द्र खनाल ।
यो प्रकणरण कानुनको परिभाषा अनुसार अपहरण कसुर प्रमाणित हुने खालको छ र समाजवादी पार्टीको दाबी पनि त्यही छ । तर पीडितले उजुरी नगर्दा सम्म यी तीन जनामाथि राज्यले कार्बाही गर्ने देखिदैन ।
पीडित सांसद डा. यादवले आफू अझै असुरक्षित भईरहेको सार्वजनिक रुपमा बताउने गरेका छन् । त्यो को हो जसले उनलाई असुरक्षित अनुभव गराईरहेको छ । यस प्रकणरको छानविन गर्न पनि चौतर्फी रुपमा उठिरहेको छ । काँग्रेस लगायतकाले त उठाउने नै भए पार्टी भित्रै पनि भीम रावल सहित थुप्रै नेताहरु यसको गंभीर छानविनको माग गरिरहेका छन् । पछिल्लो यो प्रकरणले सबै भन्दा धेरै घाटा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । उनीमाथि राजीनामाको माग बरिष्ठ नेताहरुले गर्न थालेका छन् । वामदेव गौतमदेखि झलनाथ खनालसम्म आक्रामक रुपमा प्रस्तुत भईरहेको देखिन्छ । जसले ओलीको पल्ला कमजोर छ भन्ने स्वत देखिन्छ । प्रचण्ड अध्यादेश फिर्ता लिन प्रस्ताव बोकेर बालुवाटार पुगेर प्रस्ताव राख्दा राख्दै राष्ट्रपतिले प्रमाणि नै गरे पछि चुप्प थिए । तर फिर्ता भए पछि थोरै खुसी देखिन्छन् ।
प्रधानमन्त्री ओली एकता अघि महाधिवेशनमा वामदेवकै बलमा पार्टीको नेतृत्व हत्याउन सफल भएका थिए । तर तिनै गौतमलाई पछि राष्ट्रिय सभामा सदस्य बनाउने सचिवालयको निर्णयको मसी सुक्न नपाउदै बनाउदिन जे गर्नुछ गर्नुस् भनेर धम्की दिएर युवराज खतिवडालाई अस्पतालको शैयाबाटै फेरी अर्थमन्त्री र सञ्चारमन्त्री बनाए । तर बामदेवका पक्षमा उनी चुईक्क बोलेका थिएनन् ।
यो सबै तरंगहरुका बीच आफू अल्पमत र अप्ठेरोमा पर्ने स्थिति देखिए पछि उनले प्रचण्डलाई बोलाएर मिलेर जाने भने पनि उनको भित्री मनशाय बालुवाटारको निवास नत्याग्ने नै छ । जब कि नैतिकता र सांगठनिक हिशाबले उनका लागि त्यो त्याग्नु अनिवार्य बन्ने स्थिति बन्दैछ ।
एक झण्डा भित्र बहु पार्टी जस्तो !
यस्तो देखिन्छ कि नेकपा एउटै झण्डा बहु पार्टी हो । त्यही झण्डा भित्र दुई वटा अध्यक्ष हुनु पनि त्यसैको संकेत हो । त्यही झण्डा भित्र केपी ओली सवोच्च स्थानमा छन् । उनलाई टेवा दिने र पछि लाग्ने एउटा पक्ति छ जो सार्वजनिक रुपमै अरु आफ्नै नेतालाई गाली गर्न सक्षम छन् । अर्का अध्यक्ष र शीर्ष नेताहलाई थाहै नदिई अरु पार्टी फुटाउन र सांसदनै कब्जा गरेर काठमाण्डौ ल्याउन पनि तयार छन् । यस्तै उनका प्रिय पात्र मध्य एक थिए गोकुल बास्कोटा जसको खेल ७० करोडको अडियो काण्डले केही शिथिल बनाएको छ ।
त्यस पछि रह्यो प्रचण्ड जो पार्टीका सहायक भूमिकाको अध्यक्ष छन् । उनी पूर्व माओवादीको नेतृत्व पनि भएकाले एकता गरेर आउने धेरै जसो उनको पछि हुने नै भए । यो एउटा समुह वा पार्टी भित्र पार्टी जस्तो देखिन्छ । जसले कार्यदिशा र क्रान्ति एवं सरकारका हिशाबले अलग्गै धार देखिने प्रयत्न गरेको छ । प्रचण्डसगँै एकतामा गएका राम बहादुर थापा भने अध्यादेश सहित विभिन्न एजेण्डामा ओलीको पक्षमा उभिदै आएका छन् । तर उनी निर्णायक स्थिति देखा पर्दा तठस्थ रहन सक्छन् ।
यस्तो लाग्छ कि नेकपा प्रतिपक्षीसगँ हैन आफै र आफ्नै भित्र प्रतिवाद गर्न आधा समय खर्च गर्दछ । आफ्नैलाई मिलाउन त्यो समयले पनि भ्याईरहेको छैन । त्यसकारण यो एकता मोर्चा वा गठबन्धन जस्तो मात्र भन्ने पनि गरिन्छ ।
त्यस पछि माधव नेपाल, झलनाथ खनाल र बामदेवलाई अहिले एउटै पार्टी भित्रको अर्को पार्टीको नेतृत्वको रुपमा विष्लेषण गरीन्छ । यो पक्ष अहिले अलि बढी प्रचण्डसगँ अन्तरक्रियामा रहे पनि यसले निर्णायक बेलामा न प्रचण्ड न ओलीको पक्षमा उभिने स्थिति देखिन्छ । हो अहिले यो धार संख्यामा कम भए पनि निर्णायक भूमिकामा देखिन्छ । जो पार्टी विभाजनको पक्षमा छैन ।
सोही पार्टीका नेताहरुले बताएको कुरालाई आधार बनाउने हो भने संख्यात्मक रुपमा नेकपा भित्रसबै भन्दा बलियो स्थितिमा पुगेका छन् । निर्वाचनमा एक्लै लड्दा सानो पार्टीमा खुम्चिने देखे पछि उनले एमालेसगँ पार्टी मिलाएका थिए । जतिखेर एमालेलाई पनि एक्लै लड्दा सत्ता बाहिर भईन्छ भन्ने पुर्वानुमान थियो ।
त्यसैले प्रचण्ड पार्टी विभाजन गरेर फेरी सानो पार्टी वा खुम्चिएको स्थितिमा बस्न चाहदैनन् । बरु पूर्व एमाले समुहभित्र देखापरेको अन्तरविरोध र शीतयुद्धको फाईदा लिने स्थितिमा छन् ।
बुझिए अनुसार कुल ४४ सदस्यीय स्थायी समितिमा ओलीका पक्षमा १२ जना छन् । जबकि प्रचण्डका पक्षमा १८ जना छन् । माधव नेपाल खनाल र गौतमका पक्षमा १३ जना छन् भने एक जना तठस्थ छन् ।
त्यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा प्रचण्ड एक्लैको पक्षमा २ सय जना छन् । जब कि अध्यक्ष ओलीको पक्षमा एक सय २७ मात्र छ । माधव नेपाल र गौतमको एक सय १० जना छन् भने तठस्त एक जना र तीन जना रिक्त छन् ।
त्यसै गरी एक सय ७४ जना पार्टीका सांसदहरुमा भने ओली बलियो स्थितिमा छन् । उनी एक्लैको पक्षमा ७२ जना सांसद छन् । यो भनेको पार्टी भित्र ४१.३ प्रतिशत हुन आउछ । जुन अध्यादेशले गरेको व्यवस्था अनुसार पार्टी विभाजन गर्न पुग्ने संख्या हो । अध्यादेशले ४० प्रतिशत भए हुने प्रावधान राखेको थियो । प्रचण्डको पक्षमा ५४ जना माधव नेपालको ३७ , गौतमको ४ , तठस्थ ५ र स्वतन्त्र दुई जना रहेका छन् ।
संसदीय दलका हिशाबले पार्टी विभाजन गर्न ओलीले चाहदा सक्ने भए पनि त्यसो गर्न उनले चाहेनन् , किन भने उनी अरु बाकीँ सबै कार्यकाल पूरा गर्न चाहन्छन् ।
यस्तो पदावली किन प्रयोग गरिएको हो भने कम्युनिष्ट पार्टी कार्यकर्तामा आधारीत, कमिटि प्रणालीमा आधारीत पार्टी हुने गर्दछ । तर यो पार्टी भित्र कसैको आलोचना गर्न बैठकको आवस्यकता पर्दैन । सञ्चारमाध्यम र सामाजिक सञ्जाल काफी छ । कतिपय तल्लो तहमा त कुटा कुटनै पनि भईरहेको छ । यस्तो लाग्छ कि नेकपा प्रतिपक्षीसगँ हैन आफै र आफ्नै भित्र प्रतिवाद गर्न आधा समय खर्च गर्दछ । आफ्नैलाई मिलाउन त्यो समयले पनि भ्याईरहेको छैन । त्यसकारण यो एकता मोर्चा वा गठबन्धन जस्तो मात्र भन्ने पनि गरिन्छ ।
वामदेव गौतमदेखि झलनाथ खनालसम्म आक्रामक रुपमा प्रस्तुत भईरहेको देखिन्छ । जसले ओलीको पल्ला कमजोर छ भन्ने स्वत देखिन्छ । प्रचण्ड अध्यादेश फिर्ता लिन प्रस्ताव बोकेर बालुवाटार पुगेर प्रस्ताव राख्दा राख्दै राष्ट्रपतिले प्रमाणि नै गरे पछि चुप्प थिए ।
अझ रोचक पक्ष के छ भने प्रचण्ड पनि नारायणकाजी, बादल लगायतका समुह मिलाउदै त्याहाँ पुगेकाले मन्त्रीहरु बनाउदा त्यस्ता समुहरुका अवशेसलाई जहिल्यै ध्यान नदिदा बबण्डर मच्चिने गर्दछ । गिरीराजमणि पोखरेल सदाबहार स्वास्थ्य र शिक्षा मन्त्री भईरहनु त्यस्तै एउटा प्रतिविम्मको रुपमा पूर्व माओवादी भित्र बुझाईछ । प्रचण्ड भित्र त्यो धारको प्रतिनिधित्व नारायणकाजी श्रेष्ठले गर्दछन् । ओली भित्र पनि मिलाउनु पर्ने त्यस्ता पात्रहरु हुन्छन् । त्यो समस्या अपेक्षाकृत कम नेपाल पक्षमा देखिन्छ ।
नेकपाको भविष्य के हुन्छ त ?
घटनाक्रमहरुले नेकपा अहिले नै विभाजन हुदैन भन्ने देखिन्छ । तर यसले समग्र एकको सन्देश दिन पनि सक्दैन । अहिले सरकार पार्टीले चलाउने कि सरकारले पार्टीले चलाउने भन्ने बहस पनि एकताको अभावमा आएका नाराहरु हुन् ।
वामदेवले खुलेरै र तल्लो स्तरमा सामाजिक सञ्जालहरुमा कार्यकर्ताहरुले राजीनामा माग्दै गर्दा ओली बरु अविस्वासको प्रस्तावको सामना गर्न तयार रहेको तर बालुवाटार नछाड्ने अडानमा छन् । ओली विश्वमै त्यस्ता दुर्लभ प्रधानमन्त्री हुन् जसको ६७ बर्षको उमेर भित्र १२ बर्षको अन्तरमा दुई पटक मृगौला प्रत्यारोपण गरिएको छ । शरीरमा चार वटा मृगौला छन् र पनि स्फुर्तिका साथ देशको कार्यकारी सत्ता हाँकीरहेका छन् । कहिले काहँी त्यस्तो अप्रत्यासीत र आश्चर्यजनक अध्यादेश र निर्णयहरु पार्टीका आफ्नै समकक्षि नेता र मन्त्रीहरुलाई समेत राय नलिएर ल्याएर तरंग छर्न सक्छन् । पत्रकारदेखि विपक्षीसम्म आफ्नै देखि अरु सम्मलाई छोटो उखान तुक्काको बलमा प्रतिवाद गर्न सक्छन् । र अहिले निजी निवास फर्कनुस् आराम गर्नुस् भनेर साथीहरुले भन्दा उनी अझै प्रतिवाद गर्न तयार छु , तर राजीनामा दिन्न भनिरहेका छन् । यो उनको खुबी हो , सक्रियता हो । एक हिशाबको आत्मबल पनि हो ।
उनले पार्टी भित्र आफ्नैले घेरेकोमा निकै चित्त दुखाईरहेका छन् । अरुले उनले सल्लाह नगरेको मनपरी गरेको भनेर चित्त दुखाईरहेका छन् । त्यो चित्त माझ्न स्थायी समितिको बैठक राखेर समिक्षा गरौँ भनेर २० जना स्थायी समितिले पत्र लेखेर बैठक माग गरेका छन् । जसलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले बालुवाटारमा सिरानीमा राखेका छन, प्रचण्डले खल्तीमा बोकेका छन् तर बैठक राख्न सकेका छैनन् वा चाहेका छैनन् ।
यी सबै अन्तरविरोधहरु र जनतामा बढ्दै गएको अलोकप्रियताले नेकपा भविष्यमा हुने निर्वाचनमा अहिलेकै जस्तो दुई तिहाई नजिक पुग्ने गरी जीतेर फेरी सिंहदरबारमा आउन सक्दैन भन्ने तात्कालीक पुर्वानुमान छ । समाजवादीका नेता राजेन्द्र श्रेष्ठको भनाई सापट लिने हो भने अब सिंहदरबारबाट नेकपाको विदाई हुनेछ र समाजवादीको प्रवेश ।
त्यो एउटा तर्क होला , तर नेकपा भित्रको आपसी विवाद र अन्तरविरोधले पार्टी कमजोर हुदै जानेछन् । कार्यकर्ताहरु निराश हुदै जानेछन् । यसको फल नेकपा कि खुम्चिने छ , कि टुक्रिनेछ । जे जे भए पनि परिणाम उनीहरुको चाहना र सपना जसरी आउने छैन ।