१३ वैशाख, काठमाडौं । काठमाडौंको तिलगंगामा कारको ठक्करबाट ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवान राधा कुमारी चन्द गम्भीर घाइते भएकी छन् ।
ड्युटीमा खटिएकी चन्दलाई बा २१ च ८५३० नम्बरको निजी कारले चन्दलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट चन्दको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगिएको छ । दुर्घटनालगत्तै केएमसी अस्पताल सिनामंगलमा लगिए पनि केएमसीले बीएण्डबी अस्पताल रिफर गरेको हो ।
ठक्कर दिने कार र त्यसका चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline