बैशाख १३ काठमाण्डौं । मुस्लिम समुदायको पर्व रमदानका अवसरमा काठमाण्डौमा रहेको जामे मस्जिदले ५ सय भन्दा धेरै विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
रमदानका अवसरमा उपत्यकामा रहेका मजदुर, दैनिक ज्यालादारी मजदुरलाई चामल, पिठो, प्याज, दाल, नुन, तेल सहितका खाद्य सामाग्री वितरण गरिएको जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनु भयो ।
बागबजार, ठमेल, लगायतका ठाँउमा कतिपय अति विपन्नको घर घरमा समेत राहत पुर्याउने काम गरेको उनले बताए । अरु पनि वडाहरुमा समन्वय गरेर राहत वितरण गर्ने अध्यक्ष समिमले बताए ।

उहाँले मिर्मिरेसगँ कुरा गर्दै मस्दिजमा सामाजिक दुरी कायम गरेर प्याकीगं गरी मुस्लिम , गैर मुस्लिम सबै खाले विपन्नलाई राहत दिएको भन्दै रमदानका अवसरमा देशकै लागि प्रार्थना गर्न आफूले आग्रह गरेको बताउनु भयो ।
मस्दिजमा प्रार्थना , भेला जस्ता सबै काम रोकिएको भन्दै उहाँले मुसलमान समुदाय लक्षित प्रहार भएकोमा भने दुखः व्यक्त गर्नु भयो । अध्यक्ष समिमले सबै मुसलमानलाई घर घरमै नमाद पढ्न आग्रह गर्नु भयो ।
