लकडाउनमा पनि मल कालोबजारी गरेको पाईएपछि चालक सहित मल बिक्रेता पक्राउ

लकडाउनमा पनि मल कालोबजारी गरेको पाईएपछि चालक सहित मल बिक्रेता पक्राउ

  • शनिबार, बैशाख १३, २०७७
  • राहुल गुप्ता

  • 8.1K
    SHARES

कलैया बैशाख १३ । लकडाउनको समयमा समेत मल तस्करी गरेको भेटिए पछि प्रहरीले तस्करीको मल सहित दुई जनालाई बाराबाट पक्राउ गरेको छ । शुक्रबार बाराको बिशरामपुर गाउँपालिका वडा नं. २ स्थित माँ गायत्री खाद भण्डार पसलमा ना. ६ त ७३६८ नम्बरको ट्रयाक्टरमा मलखाद लोडगरि ल्याई कालो बजारी गर्नको लागि लुकाई छिपाई अनलोड गरिरहेको सुचनाका आधारमा प्रहरीले बरामद गरेका बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाट खटिएको प्रहरी टोलीले ४० बोरा मलखाद अनलोड गरिसकेको अवस्थामा फेला पारी ट्रयाक्टर रितपुर्वक खानतलासी गर्दा अनलोड गरिएकोको ४० बारो युरिया मल र उक्त ट्रयाक्टरमा लोड गरी राखेको १० बोरा युरिमा मल, डि.ए पि मल ३० बोरा र सलफेट मल १० बोरा गरी जम्मा ९० मलखाद बरामद गरेको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।


बरामद गरेको ट्रयाक्टर चालकको साथमा रहेको अतिथि कृषि सहकारी संस्था लि. प्रसौनी ६ बाराको नाउँको मल खरिद गरेको बिल दुई थान र माँ गायत्री खाद भण्डार प्राईभेट फर्म दर्ताका
प्रमाण पत्रको प्रतिलिपि समेत बरामद गरेका जनाए । बरामद गरी बरामद मल सम्बन्धमा बुझ्दा साल्ट ट्रेडिड. कापोरेसन लिमिटेड बिरगंजबाट अनुदानमा अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी ६ बाराको नाममा बिक्री भएको मिश्रले बताए ।
उत्त मल खाद कालो बजारी गर्ने उदेश्यले अतिथि कृषि सहकारी संस्था लि. प्रसौनी ६ बाराका संचालकले बिक्री गरेको तथा माँ गायत्री खाद भण्डारका संचालकले खरिद गरी ल्याएको पाईए पछि माँ गायत्री खाद भण्डारका संचालक बिश्रामपुर गाउँपालिका वडा नं. २ बस्ने महेन्द्र साह तेली र उक्त ट्रयाक्टर चालक रामबाबु पंडितलाई प्रहरीले प्रकाउ गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ