कोरोना नियन्त्रणमा सरकार असफल, मजदुरलाई राहत र विदेशबाट आउन चाहनेलाई ल्याउः सयुक्त दलित मोर्चा

कोरोना नियन्त्रणमा सरकार असफल, मजदुरलाई राहत र विदेशबाट आउन चाहनेलाई ल्याउः सयुक्त दलित मोर्चा

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

सरकार कोरोना नियन्त्रण गर्न असफल भयोः सयुक्त राजनीतिक दलित संघर्ष समिति
काठमाडौँ , १३ बैशाख । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति नेपालले वर्तमान सरकार कोरोना नियन्त्रण र रोकथाममा असफल भएको दाबी गरेको छ । समितिका संयोजक डम्बरबहादुर विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्य सामाग्री बेलैमा आपुर्ति नगर्नु, गर्दा पनि भ्रष्टाचार हुनु, राहत वितरणमा अनियमितता र पक्षपात हुनु, बालबच्चा च्यापेर महिला श्रमिक मजदुरहरु टाढा टाढा सम्म हिडेर गएको दृष्यले सरकारको लाचारी र हैसियत स्पष्ट भएको बताएको छ ।
सङ्घर्ष समितिमा दलित मुक्ति मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, समाजवादी दलित मुक्ति महासङ्घ, संयुक्त दलित अधिकार मञ्च, नेपाल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, राष्ट्रिय दलित मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र, विभेद मुक्ति प्रगतिशील समाज र जात व्यवस्था उन्मूलन मोर्चा नेपाल सहभागी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारी रोकथामको सम्भावना हुँदाहुँदै पनि नेपालको दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी र दलाल प्रवृत्तिका कारण पहिले नै आवश्यक पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ । अन्तर्रा्ष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्नेलाई समयमै परीक्षण गरिएन । नेपाल–भारत नाकामा नेपालीहरू स्वदेश फर्कनेबाहेक सम्पूर्ण भारतीयलगायत विदेशी नागरिकहरूका लागि बन्द गरिनुपथ्र्याे । पूर्वतयारीमा चरम लापरबाही गरेको सरकारले कोरोना सङ्क्रमणसँगै आवश्यक औजार, उपकरण खरिदप्रक्रिया सुरु गर्यो तर यो काम समयमा भएन र गरिएको पहलमा पनि कमिसन, घुसखोरी, नाफाखोरी गर्न खोजियो । यही मौकामा सम्पूर्ण क्षेत्रमा कालोबजारी, भ्रष्टाचार, अनियमितता बढाउनुका साथै आवश्यक वस्तुको मूल्यवृद्धि ह्वात्तै बढ्यो । राहत वितरणमा समेत पक्षपात र अनियमितताको कुरा सुनियो भने कतिपय ठाउँमा कुहिएको खाद्यान्न वितरण गरेर जनताको स्वास्थ्यमा खेलबाड गरेको देखियो । उता हजारौँ नेपालीहरू भारत–नेपाल सिमानामा अलपत्र परेको अवस्था छ । यस महाविपत्तिको समयमा गरिब जनता, ज्यालादारी मजदुर, किसानलगायत महिला र बिरामीहरू भोकभोकै आफ्ना लालाबालासहित हजारौँ मिल पैदल यात्रा गरी आफ्नो घरमा गइरहेको कारुणिक दृश्यले राज्य र सरकारको लाचारी र हैसियत छर्लङ्ग भएको छ । यसबाट के प्रस्ट भएको छ भने कोरोना भाइरस महामारीका विरुद्धको सङ्घर्षमा राज्य तथा नेपाल सरकार पूरै असफल भएको मात्र छैन, जनताको दृष्टिमा भ्रष्ट र बदनाम पनि हुन पुगेको छ । अब यसको उचित विकल्प खोज्नुपर्ने बेला टड्कारो बन्न गएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

मोर्चाले अन्तर्रा्ष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइनमा राखी कोरोना जाँच र उपचार गर्न, गाँउ गाँउमा कोरोनाको परीक्षण र उपचारको व्यवस्था गर्न , भारतीय सिमामा रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ल्याउने र क्वारेन्टाईनमा राख्ने, विदेशमा रहेका समेत आउन चाहेमा ल्याउने र क्वारेन्टाईनमा राखने, घर जान चाहेका मजदुर श्रमिकहरुलाई पुर्याउने व्यवस्था गर्ने अभावमा रहेका नागरिकहरुलाई गाँस बासको व्यवस्थापन गर्ने लगायतका काम गर्न सुझाव पनि दिएको छ ।

यसैबीच मोर्चाले एक अलग्गै विज्ञप्ति जारी गरी सामाजिक समानताका लागि लागिरहेका विद्धान डा.आनन्द तेलमुमडे र नागरिक अगुवा गौतम नवलखालाई भारत सरकारले गैर न्यायिक गिराफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । डा. भीमराव अम्बेडकरको जन्मदिनको दिन गिराफ्तार गरिएको भन्दै यसले भारतको लोकतन्त्र र धर्मनिरपेक्षताको धज्जी उडेको भन्दै आपत्ति जनाएको छ । यसका विरुद्ध उभिन सबैमा मोर्चाले अपील गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ