प्रदेश नं २ सँग जोडिएको सिरहा र सप्तरीको सीमानाका सिल

प्रदेश नं २ सँग जोडिएको सिरहा र सप्तरीको सीमानाका सिल

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

वीरगञ्ज, १२ वैशाख । उदयपुर जिल्लामा कोरोना भाइरसको जोखिम वढेपछि प्रदेश नं २ सँग जोडिएको सिरहा र सप्तरीको सीमानाका सिल गरिएको छ । सो प्रदेशमा भारतीय सीमासँग जोडिएको आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर रहेको छ ।
सो क्षेत्रमा ३२९ चेक प्वाइन्ट स्थापना गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले सीमानाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो ।
भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले पर्साको अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको छ । अहिले त्यहाँ १२४ भारतीय नागरिक रहेको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले निःशुल्क खाने–बस्ने व्यवस्था मिलाइएको अध्यक्ष प्रकाश खेतानले बताउनुभयो । गत चैत १९ गतेदेखि सो केन्द्र र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा खाने–बस्ने व्यवस्था मिलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ