अदालतकाे आदेशमा रिहा रिहा भएका युवा संगठन कपिलवस्तुका नेता चन्द पुनः गिरफ्तार

अदालतकाे आदेशमा रिहा रिहा भएका युवा संगठन कपिलवस्तुका नेता चन्द पुनः गिरफ्तार

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

११ बैशाख,परासी ।सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल कपिलवस्तुका जिल्ला सचिव दिलिप चन्दलाई बिहीबार नवलपरासीको जिल्ला अदालतको गेटबाट प्रहरीले पुनः पक्राउ गरेको छ ।

बिहिवार सार्वेच्चको आदेशमा रिहा भएलगत्तै चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको हो । उनी नेकपा महासचिव विप्लवका भजिता हुन् ।

बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाईपछि उनलाई सर्वाेच्चले थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल बार एशोसियशनका प्रतिनिधिको रोहबरमा आज दिलीपलाई थुनामुक्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले परासीको बुद्धचोकबाट पक्राउ गेको हो ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीय दिलीपका बाबु पनि विप्लव नेकपाको गतिविधिमा संलग्न रहेको आरोपमा तुलसीपुरमा थुनामा छन् ।

त्यसैगरी बर्दियाबाट पक्राउ परेका अखिल (क्रान्तिकारी) का नेता लोकेश जोशीलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराई धरौतीमा रिहा भएपनि पुनः पक्राउ गरि कपिलवस्तु लगेको छ । उनीसँगै पक्राउ परेका मीना चलाउनेलाई धरौती नबुझाएका कारण जिल्ला कारागार भैरहवा पठाएको छ । उनीहरु दुवैलाई केही महिना अगाडी रुपन्देही ल्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ