कोरोनाको त्रास र पछिल्लो राजनीतिक हलचल

कोरोनाको त्रास र पछिल्लो राजनीतिक हलचल

  • बिहिबार, बैशाख ११, २०७७
  • नवराज तिमिल्सिना

  • 16.3K
    SHARES

कोरोना भाइरसको कारण ले विश्वमा यतिबेला सम्म करिब १लाख ८३ हजार मानिसहरुको मृत्यु बरण भैसकेको छ । करिब २७ लाख मानवहरु यश भाइरसका कारण ले सङ्क्रमित हुदै त्रासदी जीवन बिताउदै छट्पटाइ रहेका छन । थप अझै कति मानवहरुले आफ्नो अमुल्य जीवन गुमाउनु पर्ने हो ? थप कति मानबहरु सङ्क्रमित हुनु पर्ने हो यसको केही लेखाजोखा छैन ।यति बेला सिङ्गो मानव समुदाय नै यश भाइरसको विरुद्ध आफ्ना बल ,बुद्धि ,विवेक ,साधन स्रोत सबै प्रयोग गरि यश भाइरस बाट छिटो भन्दा छिटो मुक्ति पाउन का लागी प्रयत्नशील छ । यश बाट बिश्वको आर्थिक सड्ढट र यसबाट उत्पन्न हुने भोकमरी ,शिक्षा ,स्वास्थ ,लगायतका बिकाश का विभिन्न योजनाहरु मा कति असर पर्ला ,क्षति होला भन्ने अनुमान लगाउन सकिएको छैन । 
     बिस्वका विभिन्न देशहरु यतिबेला आफ्नो शक्ति त्यही कोरोना भाइरस माथि प्रयोग गरिएका छ्न । यस्तो दिन पनि आयो अमेरिकामा पेट्रोल पम्पमा पेट्रोल ,डिजेल गाडीहरूमा राख्दा पैसा तिर्नु को सट्टा उल्टै पैसा पाउन थालियो ,कति बिकराल स्थिति भएको छ । के यो आर्थिक समस्यामा ,आर्थिक गिरावटमा ,नेपाल अछुतो रहला ? आज नेपाल बाट विभिन्न देशमा गएका युवाहरू,विद्यार्थीहरु ,व्यावसायिहरु ,पुन नेपालमै फर्कने अबस्था आयो भने नेपालको हालत के होला ? देशमा आइरहेको रेमिटान्सको उर्जाले आर्थिक टेवा पुगेको अर्थतन्त्रको हालत के होला ?के यी बिषय मा बर्तमान सरकारले के सोचेको होला ? साच्चिकै नेपाल पनि अमेरिका जस्तो भयावह भयो भने नेपाल को हालत के होला ? के यो बिशयमा सरकारले के सोचेको होला ?
   आज आम नेपालिहरुको मस्तिष्क मा पलपलमा यस्तै सब्दहरु प्रस्फुटित हुने गरेका छ्न । तर ठिक यति नै बेला सरकार हस्पिटलहरु ब्यबस्थापन गर्नु पर्ने बेला ,टेस्ट को प्रक्रिया र दायरा हरु बढाउनु पर्ने बेला ,यदि बिदेश बाट लाखौं लाख नेपाली जनता  नेपाल आइहाले भने के गर्ने र कसरी ब्यबस्थापन गर्ने होला भन्ने बेला ,जनता  लकडाउनको कारणले आफ्नो घर परिवार सम्म जान नपाइ सडकमा दुख सास्ती खेपी रहेको बेला ,राहत र त्यस्को बितरणमा ध्यान नपुगेको बेला ,र नेपालको र नेपाली जनताको आसा र भरोसा अनि बिकाशका दुरगामी योजना हरु सहितको नंया आर्थिक बजेटको तयारी मा जुट्नु पर्ने बेला ,ठिक यति नै बेला सरकार जुन बिषयको अध्यादेशको कुम्लो लाई काधमा बोकेर हिडेको छ ,जस्ले यति बेला कुनै बिशय वा प्रसङ्गको अर्थ राख्दैन त्यस्तो बिषय र प्रसङको उठान के का लागि ? कस्का लागि ? र किन ? आफ्नो पार्टी र बर्तमान  मन्त्रीपरिषद् झन्डै दुई तिहाई को सेरोफेरोमा छ तर यो  अध्यादेश ल्याउन हतार किन ? के बिपत्ति पर्यो यतिखेर सरकारलाई ?आज आम मानिस मा यहि बिषयको चर्चा परिचर्चा हरु चलिरहेका छन् ।
यस्तो दिन पनि आयो अमेरिकामा पेट्रोल पम्पमा पेट्रोल ,डिजेल गाडीहरूमा राख्दा पैसा तिर्नु को सट्टा उल्टै पैसा पाउन थालियो ,कति बिकराल स्थिति भएको छ । के यो आर्थिक समस्यामा ,आर्थिक गिरावटमा ,नेपाल अछुतो रहला ? आज नेपाल बाट विभिन्न देशमा गएका युवाहरू,विद्यार्थीहरु ,व्यावसायिहरु ,पुन नेपालमै फर्कने अबस्था आयो भने नेपालको हालत के होला ? देशमा आइरहेको रेमिटान्सको उर्जाले आर्थिक टेवा पुगेको अर्थतन्त्रको हालत के होला ?के यी बिषय मा बर्तमान सरकारले के सोचेको होला ?
     सरकार ले केही कामै गर्नु नसकेको भने होइन ।कतिपय राम्रा काम हरु पनि भएका छ्न ,कति हुदैछ्न । तर यतिबेला को यो बेमौसमी बाजा बजाएर राजनिती क्षेत्र लाई ,राजनीति पार्टी हरुलाई तरङित बनाउन किमार्थ पनि सहि र असल काम भने पक्कै होइन । ७१ बर्ष को लामो इतिहास बोकेको पार्टी र ५ जना नेताहरु देशको प्रधानमन्त्री समेत भैसक्नु भएको यत्रो ठुलो पार्टी र सारा नेपाली जनता हरुले आसा र भरोसा गरेको पार्टी को सरकारले यस्ता निर्णय हरु चाल्दा पक्कै पनि राम्रो सन्देश जादैन । आगामी दिनहरुमा यस्ता निर्णय हरु गर्दा आफ्नो पार्टीको भबिस्य ,सरकारको भबिस्य स्वयं आफ्नै राजनीति ब्यक्तित्वको भबिस्य र सिङ्गो नेपाली हरुको सोची उक्त निर्णय ले राजनीति क्षेत्रमा पार्न सक्ने तत्कालीन र दुरगामी असरहरु के के हुन सक्नेछन् ? आफ्नो सरकार र पार्टी लाई पर्न सक्ने असरहरु के के हुन सक्नेछन् ? र त्यस पार्टी सङ आबद्ध लाखौं लाख कार्यकर्ता हरुको मनोबल ,भावना लाई कतिको असर पर्न सक्छ र देशमा रहेका विभिन्न पार्टी हरु सङको सम्बन्ध कस्तो रहन्छ भने बिशयमा सोच बिचार गरि आफ्ना पार्टी का निकायहरू सङ परामर्श गरि यस्ता निर्णय हरु ल्याउन राम्रो र उचित होला ?भन्ने आम कार्यकर्ता हरुको ,र नागरिक समाज को अभिमत पक्कै पनि होला ? पार्टी ले सरकार चलाउने होकि ? सरकार ले पार्टी चलाउने हो ? यी बिषय हरुको बृहत छलफल हुनु जरुरी हुन्छ ।
    जुन सुकै पार्टी सरकार मा जावस ,सरकार चलाओस तर पार्टी ले नै सरकार चलाउने हो । जुन सुकै पार्टी का लागि सब भन्दा खतरा भनेको गुट र उपगुट नै हो । चाकरीवाद नै हो र अनि नेताका वरिपरि घुमी स्वार्थ मा चुर्लुम्म डुबुल्की मार्ने स्वार्थी नेता र कार्यकर्ता हरुले नै पार्टी लाई कमजोर बनाइरहेका हुन्छन् ।हाम्रो पार्टी ,र हाम्रो पार्टी को सरकार भनेर गर्व गर्ने लाखौं कार्यकर्ता हरुको भावना ,मनोबल सधैं उच्च राख्न जरुरी हुन्छ ।नेता आफै नेता हुदैनन् । विभिन्न तह र तप्कामा खटी कार्यकर्ता को बुइ चढी जनताको बिश्वास जितेरनै माथिल्लो स्थान मा स्थस्पित हुने हो । ती बुइमा राख्ने र आफनो मत जाहेर गर्ने लाखौं लाख कार्यकर्ता हरुको र जनताहरुको भावना मा ठेस लाग्यो भने भबिस्य मा पार्टीको र नेताहरू को पनि भबिस्य अन्धकार बन्न सक्दछ ।
यति बेला कुनै बिशय वा प्रसङ्गको अर्थ राख्दैन त्यस्तो बिषय र प्रसङको उठान के का लागि ? कस्का लागि ? र किन ? आफ्नो पार्टी र बर्तमान  मन्त्रीपरिषद् झन्डै दुई तिहाई को सेरोफेरोमा छ तर यो  अध्यादेश ल्याउन हतार किन ? के बिपत्ति पर्यो यतिखेर सरकारलाई ?
यति बेला सारा प्रतिपक्षी राजनीति पार्टी हरु एकै थलोमा उभिएका छ्न । अझ जुन पार्टी बाट फुट हुन्छ भनेर सपना देखेर अद्द्यादेश ल्याइएको छ तिनै पार्टी हरु रातारात मिल्ने निर्णय हरु गरिरहेका छ्न भने उता आफ्नो पार्टी मा बिश्वास को खडेरी दिन प्रतिदिन बढी रहेको छ ।यस्ले के सन्देश देला त ? आम पार्टी का कार्यकर्ता हरुमा र आम नगरिक हरुमा ।आफ्नो घर सुरक्षित राख्न छोडेर अर्काको घर असुरक्षित छ त्यहाबाट फाइदा हुन्छ भन्ने सपनाहरू देख्नु कतिको समय सान्दर्भिक होला ? यो बिशय इतिहासकै गर्भ मा रहेको छ र भबिस्यले यसलाइ कसरी प्रमाणीकरण गर्ला ?
        यसकारण समय सापेक्ष ,समयले माग गरेपछि ,बिषय परिस्थिति उत्पन्न भएपछि मात्रै अद्द्यादेस हरु या पार्टी ले चाल्ने नया कदमहरु सुजबुज का साथ ,ल्याइनु पर्ने मत आज आम नागरिक को रहेको छ ।त्यसैले जनता प्रति ,पार्टी प्रति ,बर्तमान महामारी प्रति ,र सिङो नेपाल र नेपालिहरु प्रति मन मस्तिष्क ,बुद्धि विवेक ,को प्रयोग होस ।उज्वल भबिस्य आफ्नो मात्रै होइन सिङ्गो पार्टी को र नेपाली जनता हेरियोस हार्दिक सुभेक्षा ।
  -लेखक तिमिल्सीना समाजका अध्यक्ष हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी